सोमबार काभ्रेको पनौतीमा भीषण वर्षा भएको छ। वर्षातका कारण आएको बाढीमा परी एकजना महिला समेत बेपत्ता भएकी छन् । वर्षाले पनौती नगरपालिका वडा नम्बर ३, ५, ६, ४, ७, ८, ९, १० मा ठुलो क्षति पुगेको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् । कुलोले बगाउँदा पनौती नगरपालिका–५ सुब्बा गाउँकी एक महिला बेपत्ता भएको प्रहरीले जनाएको छ ।…