२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

रेमिटान्समा आइएमई लिमिटेड, सबैभन्दा अघि


३१ श्रावण २०८१, बिहिबार  


आइएमई र जीएमई रेमिटको मर्जरपछिको आएमई लिमिटेड बनेको छ।गएको बुधबारदेखि एकीकृत कारोबार शुभारम्भ भएसंगै रेमिट क्षेत्रमासबैभन्दा ठूलो कम्पनी बनेको छ ।

आजभन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अहिले संसार भर रहेका नेपालीको राेजाइमा परेको छ।त्यतिमात्र होइन आइएमई भनेको अहिले पैसा पठाउने कामकै पर्याय जस्तो बनेको छ । पैसा पठाउने भनेको नै आइएमइ गर्ने हो भन्ने पर्याय बन्न सफल भएको छ जुन ज्यादै खुसीको कुरा नभएको अध्यक्ष चन्द्र ढकालले बताए ।


एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्ब भन्दा बढीको कम्पनी भएको छ । यस ग्रुपमार्फत सरकारको प्राथमिकता र आम नागरिकको आवश्यकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको छ । आइएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औैपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीको रुपमा आइएमईको योगदान धेरै नै छ । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि यसै ग्रुपबाट सञ्चालित बैंक तथा वित्तीय संस्थाको रहेको छ । मुल कुरामा विश्सनीयता हाे।यही विश्वसनीयता हासिल गरेकै आ एमई ग्रुप सबैभन्दा सफल व्यवसायीक कम्पनी बनेको हाे।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ९ : ०० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित