दीगाे पर्यटन र पर्यावरणका लागि दाङमा यही कार्तिक २२ गते एक बृहत् कार्यक्रमकाे आयाेजना गरिएको छ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको मुख्य आयाेजना र सरजु अनलाईन डटकमकाे मिडिया संयाेजनमा कार्यक्रमकाे आयाेजना हुन लागेको हाे।
“सुन्दर दाङ, सम्वृद्ध दाङ” भन्ने मुल संकल्पकासाथ साझा याेजना तथा कार्यक्रमकाे प्रस्तुतिकरण हुनेछ ।
यश विषयमा बुधबार दाङ जिल्ला उद्योग वाणिज्य संघको कार्यालयमा विज्ञ र व्यवासायीबीच छलफल भएको हाे। दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जाेशीले छलफल कार्यक्रमकाे संयाेजन गरेका थिए। अध्यक्ष जाेशीका अनुसार यही कार्तिक २२ गते दीगो पर्यटन विकासका लागि विज्ञहरूले कार्यक्रम र याेजनाकाे साझा संकल्प तयार गरि पेश गर्नेछन् ।

उनीहरूले विगतमा पर्यटन र पर्यावरणीय मुद्दामा भएका र हुन नसकेका कामहरूसहित साझा याेजना प्रस्तुत गर्नेछन् ।पर्यटकीय आकर्षणका लागि आवस्यक पूर्वाधार, प्रवर्द्धन, बजार ,लगानीसंगै पर्यटन उद्यमशीलताकाे दीगाे याेजनाकाे सुझाव प्रस्तुत गर्नेछन् । कार्यक्रममा संघीय सांसद, प्रदेश मन्त्री तथा सांसद र दशवटै पालिका प्रमुखहरूलाई कार्य,कारण र परिणामसहितकाे अवधारणागत याेजना बुझाईनेछ ।तीनै तहका सरकारले यही अवधारणा अनुसार आगामी दिनमा पर्यटन प्रवर्द्धन र पर्यावरणका लागि नीति कार्यक्रम र याेजना बनाउने छन् ।

त्यसको लागि निजी क्षेत्र र मिडियाले निरन्तर निगरानी र खबरदारी गर्नेछन् । पर्यटनकाे विषयमा साझा भावना र साझा याेजनासहित ऐक्यबद्धता ,संलग्नता र सक्रियता बढाईनेछ। पर्यटन क्षेत्रमा राज्यका निकायलाई जिम्मेवार बनाउन यस्तो कार्यक्रमकाे साथ अघि बढ्न लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जाेशीले जानकारी दिए।

त्यसैगरी दाङकाे पर्यटकीय सम्भावना अथाह भएपनि साझा याेजना र संकल्प नभएकोले अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष नरेश श्रेष्ठले बताए। उपाध्यक्ष श्रेष्ठ भन्छन्,”हामीसंग पर्यटनको विकल्प छैन। त्यसका लागि अब राज्यसंग हामीले संकल्प खाेजेका छाै। त्यो संकल्प पूरा गराउने गरी हामी अघि बढेका हाै । अबको दिनमा कुनै पनि बाहनामा पर्यटन पूर्वाधार जस्तै: टरिगाउँ विमानस्थलदेखि चारलेन सडक सम्पन्न गर्ने गरि निगरानी बढाउन साझा संकल्पका लागि यही कार्तिक २२ मा विज्ञहरूसहित साझा याेजना बनाउन जुटेका छाै।”
छलफल कार्यक्रममा पुरातत्त्वविद् प्राध्यापक शिव सुवेदीले दाङको पर्यटनको विषयमा राज्यलाई ईमानदारीताका साथ कार्यान्वयन गर्न गरि याेजनागत सुझाव दिनुपर्ने बताएका छन्।त्यसको लागि साझा दस्तावेजीकरणकाे छलफलमा जुटेको उनलेे बताए ।

त्यसैगरी छलफल कार्यक्रममा डाक्टर गाेविन्द आचार्यले सरकारलाई पर्यटन पूर्वाधार र प्रवर्द्धनका लागि जिम्मेवार बनाउने गरि साझा याेजना बनाईनु पर्ने बताएका छन् । उनले यश अघि धेरै राम्रा याेजना बनेपनि कार्यान्वयनमा गम्भीर नभएको बताए ।अब नयाँ संकल्पलाई जिम्मेवारपूर्ण ढंगले कार्यान्वयन गराउनु पर्नेमा उनको जाेड थियोे ।
दाङ जिल्ला उद्योग वाणिज्य संघकाे मुख्य आयाेजना र सरजु अनलाइन डटकमकाे मिडिया संयाेजनमा हुने यश कार्यक्रममा विज्ञ तथा पर्यटन अध्ययेताहरूले दाङ विकासकाे साझा धारणा बनाउन अनाैपचारिक छलफलसहित कार्य थालेका छन् । साझा याेजना कार्तिक २२ गते तीनै तहका जनप्रतिनिधिलाई बुझाईनेछ। दाङ विकासकाे संकल्पसहित उनीहरूले साेही अनुसार कार्यान्वयन गर्न गराउन प्रतिवद्धता व्यक्त गर्नेछन् र कार्यक्रममा पर्यटन सम्बद्ध क्षेत्र र निकायलाई निम्तो गरिनेछ । विज्ञ समूहमा उद्योग वाणिज्यसंघका उपाध्यक्ष नरेश श्रेष्ठ,डाक्टर गाेविन्द आचार्य, दाङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमराज बन्जाडे, पुरातत्त्व विद् प्राध्यापक शिव सुवेदी , विज्ञ किशोरचन्द्र गाैतम, पर्यटन पत्रकार महासंघ अध्यक्ष धनिराम शर्मा( ऋतुविचार),पत्रकार लीला शाह,संस्कृति विद अशाेक थारू,छविलाल काेपिला,विष्णु देवकोटा,प्राज्ञ अरूण शर्मा र सरजु अनलाईन अध्यक्ष तथा सञ्चार उद्यमी शिला धिताल रहेका छन् ।