२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

आइएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा विशेष छुट !


१९ मंसिर २०८१, बुधबार  


आइएमईका सेवाग्राहीलाई विशेष छुटकाे व्यवस्था हुने भएको छ। आइएमईले विदेशबाट पठाएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई केबुल कारको यात्रामा विशेष छुट दिने भएको हाे। आइएमई मार्फत कारोबार गरेका सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबुल कारको टिकेटमा २० प्रतिशत छुट पाउने भएका हुन् ।

आइएमई मार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आइएमई पे मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबुलकारमा छुट प्राप्त गर्न सक्ने बताइएको छ ।

रकम प्राप्त गरेको तीन महिनासम्म सो रसिद देखाएर छुट लिन सकिने छ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ७ : ०० बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित