४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

अमेरिकाबाट विद्यावारिधि गरेका राजकुमार राई राजावादीको लुटपाट अभियोगमा मुद्दा झेल्दै !


२० चैत्र २०८१, बिहिबार  


यी मानिस हुन्, डाक्टर राजकुमार राई।खोटाङका यी राईले अमेरिकाबाट विद्यावारिधि गरेका छन् ।तर, डाक्टर राई भने अहिले चैत १५ को राजावादी, हिंसा र लुटपाटमा संलग्न भएको अभियोगमा मुद्दा खेपिरहेका छन् ।

कांग्रेस र रास्वपा हुदै पछिल्लो समय राजावादी, हिंसा र लुटपाटमा यिनी पुगे ।तीनकुने आन्दोलनमा हिंसा भड्काएको र भाटभटेनी सुपरस्टोरमा लुटपाटको आरोप झेलिरहेका छन् ।तीनकुनेमा राजावादीले मच्चाएको हिंसामा दुई जनाको ज्यान गएको छ।

गएको पुस १३ गते भएको जिल्ला अधिवेशनमा ६ मत ल्याएर जिल्ला अध्यक्ष पदमा पराजित भएका थिए राई भने त्यस अघि कांग्रेसमा क्रियाशील थिए । २०७२ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधिमा विजयी राई २०७८ मा भएको सातौं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए।

खोटाङको रावाबेसी गाउँपालिका -१ कुभिण्डे स्थायी घर भएका राईले अमेरिकाबाट विद्यावारिधि गरेका छन् । स्थानीयहरूका अनुसार उनी २०५/र५३ सालताका अमेरिका छिरेका थिए। त्यहाँ करिब १५ वर्ष बसेर नेपाल फर्किए । अमेरिकाबाट विद्यारिधि सकेर स्वदेश फर्केका उनी २०६६/६७ सालताका देखि कांग्रेसको राजनीतिमा क्रियाशील भए ।

कांग्रेसको राजनीतिक पृष्ठभूमिबाट सक्रिय राजनीतिमा रहेका एक विद्वत मानिस हुन्।

तर, राजावादी आन्दोलनमा हिंसा भड्काएको अभियोगमा प्रहरीले थुनामा छन् ।उनीसँगै पक्राउ गरेकामध्ये ४१ जनालाई म्याद थप गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । पहिलो पटक उनलाई ५ दिन र दोस्रो पटक ६ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बिहिबार  ४ : ०० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित