१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

आगामी आर्थिक वर्षमा १९ खर्बको बजेट ल्याउने सरकारी तयारी


७ फाल्गुन २०८१, बुधबार  



राजश्व उठाउन र पुँजीगत खर्च गर्न नसकेको सरकारले आर्थिक वर्ष २०८२/८३ मा १९ खर्बको बजेट ल्याउने सुरसार गरेको छ।

आगामी वर्षको बजेट १९ खर्बको सीमामा आउने भएको बताएको छ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको हो ।

यही अनुसार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको छ ।

चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट बनाइएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

आयोगले संवैधानिक निकाय, क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तथा तथा संघीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरूका लागि खर्चको सीमा तथा स्रोतसँगै मध्यकालीन खर्च संरचनाको खाका तयार पारेको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ९ : ०१ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित