२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

जुम्लामा साढे ६१ करोडकाे स्याउ बिक्री, यश वर्ष २० हजार मेट्रिक टन उत्पादन


१६ कार्तिक २०८१, शुक्रबार  



यश वर्ष जुम्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ ।

कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको हाे।


यहाँका आठवटै स्थानीय तहको स्याउ विक्रिबाट ६१ करोड ४१ लाख रुपैयाँ जिल्लामा भित्र्याएको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिएका छन् । । जसमध्ये नौ हजार तीन सय ९१ मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात भएको छ ।

ट्रक, बस, जिप तथा हाइस र जहाजबाट समेत स्याउ निर्यात भएको कार्यालय प्रमुख देवकोटाले बताए । उनलेे भने,“बसबाट एक हजार छ सय ६० मेट्रिक टन, जिप र हाइसबाट छ सय ६४ मेट्रिक टन र जहाजबाट ७४ मेट्रिक टन र मालवाहक ट्रकबाट ६ हजार नौ सय ९३ मेट्रिक टन स्याउ निर्यात भएको छ ।”


जुम्ली किसानले प्रतिकेजी सरदर मूल्य रु ६० मा स्याउ विक्रि गर्दै आएका छन् ।थाेक व्यापारी किसानको घरमा पुगेर खरिद गर्ने गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८१, शुक्रबार  ८ : ०२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित