२०६१ माघ १९ मा संवैधानिक तथा सैन्य कु गर्दा श्रीलंकामा बस्दै आएका तत्कालीन पूर्व पञ्च डाक्टर तुल्सी गिरीको सल्लाहमा ज्ञानेन्द्र शाहले प्रत्यक्ष सत्ता चलाउँदा शाहवंशीय परम्पराको समूल अन्त्य भयो।
उनकै सत्ता महत्वकाँक्षाकै कारण गणतन्त्र स्थापना भयो।गणतन्त्र स्थापनको करिब १७ वर्षपछि सडकमा बढेको असन्तुष्टिको भावनामा खेलेर पूर्वपञ्च न्यूजिल्याण्ड बस्दै आएका ८६ वर्षीय नवराज सुवेदीलाई अघि सारेर गुमेको राजगद्दी फर्काउने दाउँमा छन् ।
तुल्सी गिरी र कमल थापाको सल्लाहले हिजो सत्ता गयो । अब पूर्व पञ्च सुवेदीको सल्लाहले नागार्जुनबाट पनि धपाउला कि ?

पञ्चायत ढलेसंगै गुमनाम थिए ,तत्कालीन राष्ट्रिय पञ्चायत अध्यक्ष नवराज सुवेदी । प्रजातन्त्रको पुनःस्थापनापछि उनी न्यूजिल्याण्डमा बस्दै आएका थिए। ३४/३५ उनी पर्दाभित्रै थिए। उनलाई खासै हाम्रो पुस्ताले समेत राम्रोसँग चिन्दैन। नयाँ पुस्ता त पूरै बेखबर छ।
गएको फागुन ७ मा प्रजातन्त्र दिवसको शुभकामना दिएर सक्रियता भएका ज्ञानेन्द्र शाह फागुन २५ मा आइपुग्दा नारायणहिटी छिरिहाल्छु भन्नेमा देखिन्थे। सडकमा बीस पच्चीस हजार मानिसको भीड देखेर हौसिएका उनलाई स्वागतमा पुगेका राजावादीहरू विभाजित भए ।राजा फर्काउन कसम खाएका दुर्गा प्रसाईं निर्मल निवासमा निषेध गरिए । निर्मल निवासका पहरियाहरूले प्रसाईलाई मात्रै निषेध गरेनन् । आजीवन राजा राजा भन्दै आएका र पार्टी बलियो बनाएका लिङ्देन निर्मल निवासको उपेक्षामा परे।

व्यापारीक पृष्ठभूमिका शाह राजनीतिलाई नाफामै हेर्छन् । व्यापारमा सफल भए पनि राजनीतिमा उनी महामुर्ख हुन्। कागताली परेर दुई पटक श्रीपेच पहिरिने अवसर पाएका उनी २०५८ को दरबार हत्या काण्डपछि राजा भए ।

संवैधानिक राजा भएका उनी सत्ता लोलुपता पलायो। २०५९ असोज १८ र २०६१ माघ १९ को घटनाले शाहवंशीय परम्परा विनाश भयो। २००७ साल कार्तिक २३ गते राजगद्दीमा तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले बसालेका थिए।पछि उनैले गल्ती भएको प्रायश्चित गरेका थिए। वीरेन्द्रको वंशनाशपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले श्रीपेच पहिराइ दिए।अन्तिममा उनलाई राजनीतिमा नजरबन्द गर्न खोजे। संवैधानिक कु गर्न र प्रत्यक्ष सत्ता हातमा लिएर चलाउन डाक्टर तुल्सी गिरी र कृतिनिधि विष्टलाई उपाध्यक्ष बनाएर मन्त्रीपरिषद् अध्यक्ष स्वयं भए ।कमल थापा लगायतलाई तेस्रो तहमा राखेर सैन्य शासन चलाउन थाले।तुल्सी गिरी,कमल थापा लगायतको सल्लाहमा सत्ता चलाउने दुस्साहस गर्दा अढाई सय वर्षको वंशगत व्यवस्था सदाको लागि ढल्यो।

देशमा समावेशी गणतन्त्रको स्थापना भयो।गणतन्त्र १७ वर्षको भैरहँदा फेरि उनी पूर्व पञ्चको अगुवाइ नारायणहिटी फर्किन खोजेका छन् ।अधिकांश न्यूजिल्याण्डमा बस्दै आ एका नवराज सुवेदीलाई बोलाएर उनकै नेतृत्वमा गणतन्त्र ढाल्ने योजना उनको देखिन्छ ।श्रीलंकामा बस्दै आएका तुल्सी गिरीका सल्लाहमा राजकाज चलाउँदा शाहवंशको अन्त्य भयो ।
अब ८६ वर्षिय सुवेदीले राजसंस्था पुनःस्थापना गराउलान् या नागार्जुनबाट पनि ज्ञानेन्द्र धपाईएलान ररु यो मुल प्रश्न हो।भोटले पत्याईएका लिङ्देन र भीडले पत्याएका प्रसाईंलाई शाहले पत्याएनन्। सडकमा सय जना मानिस उभ्याउन पनि नसक्ने वयोवृद्धलाई आन्दोलनको नेतृत्व गर्न कसले प्रस्ताव गर्यो रु यही विषयमा राजावादीहरूबीच अविश्वास मात्रै बढेको छैन। प्रसाईं र लिङ्देनहरूले अस्विकार गरेका छन् । प्रसाईले राजावादी बैठकमा देखिएको वस्तुस्थिति र मनोविज्ञानले राजा फर्काउन असम्भव बन्दै गएको एक युट्यूबरसंगको सम्वादमा बताएका छन् ।

उता, लिङ्देन र शाहीले राप्रपाले मुद्दा निरन्तर उठाउने र आ फ्नै बुतमा संघर्ष गर्ने अनि जनजिविकाको सवालमा सरकारलाई खबरदारी गर्ने बताएका छन् ।गएको सोमबार राजसंस्था व्यूँताउने गरि संघर्ष समिति बनेको छ। समिति बनेसंगै अप्रत्याशित पात्र अगाडि सारिएपछि लिङ्देन र प्रसाई बिच्किएका छन् । यही कारण राप्रपा विभाजनको खतरा पनि देखिएको छ। लिङ्देनले हुर्काएको पार्टी विभाजन गर्नेसम्मका कोशीस भएको राप्रपाका एक नेताले बताए ।
त्यसैगरी अन्टसन्ट बोलेर भीड जम्मा गर्न सक्ने प्रसाईंको आफ्नै दोकान छ। अघिपछि भाडाका फौज देखाएर सान देखाउने प्रसाईं अत्यन्तै विवादास्पद पात्र हुन्। व्यवसायमा अस्वभाविक धन आर्जन गरेका उनी टुरिष्ट नेता हुन्।कांग्रेस माओवादी र एमाले भएका उनी यति बेला राष्टवादी नेता भनेर कहलाउँछन्।लिङ्देन ,सुवेदी र प्रसाईं समूह राजसंस्था पुनःस्थापना कि राजतन्त्र भन्नेमै अलमल छ।कुनै निश्चित एजेन्डा छैन यीनीहरूसंग। राजसंस्था फर्किए पछि सरकारले गर्ने रोडम्याप के हो रु कुनै ड्राफ्ट छैन।
यश समूहमा पूर्व पन्च र अवसरवादी समूह बाहेक अलिक स्थापित बौद्धिक समूह पनि देखिन्न। अहिलेसम्म हेर्दा यो हाहा हुहुमै चलिरहेको छ। एमाले सांसद रघुजी पन्तले टिप्पणी गरेजस्तै हाहा र हुहुमै सिमित छ।त्यसैमा पनि कोही पूर्व ,कोही पश्चिम फर्किएका छन् । एकले अर्कोलाई स्विकार्न सकेका छैनन् ।
गणतन्त्रका शासबलाई झुस्काएपनि यीनीहरू शिया र सुन्नी झै आफै भिडिरहेका छन् । ज्ञानेन्द्र शाह अप्रत्याशित पात्र आन्दोलनको कमान्डर टपक्क टिपेर अघि सारेपछि हौसिएका राजावादीहरू निराशा छन् ,यतिबेला ।