३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

दलको सदस्यता त्याग्न किन सक्दैनन्,शिक्षक ?


१५ बैशाख २०८२, सोमबार  


शिक्षकहरूले जागिरे माग राखेर करिब एक महिनादेखि नयाँ वानेश्वर ,विजुली बजार र माइतीघर मण्डला तताइरहेका छन् ।

२६ औं दिन प्रहरीलाई जिस्क्याउन थालेका उनीहरूमाथि प्रहरीले बल प्रयोग गर्यो। निषेधित क्षेत्र भनेर लेखिएको व्यारिकेट तोडेर अघि बढ्न थालेपछि प्रहरीले आफ्नो कर्तव्य पूरा गर्यो।

समाजका बौद्धिक वर्ग भनिएका शिक्षकले आईतबार विवेक गुमाए ।सरकारले शिक्षकले मागे अनुसारको सबै पूरा गर्न सक्दिनँ ,ढुकुटी छैन।अनि शिक्षकले गुणस्तरमा खेलाँची गरे भनिसक्यो। शिक्षकले हामीले मन्त्री प्रधानमन्त्री बनायौ, हाम्रो माग पूरा नभए फाल्छौ भन्दै आए ।

४८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेकोमा सरकारी विद्यालयले १२ प्रतिशत मात्रै उत्तीर्ण गराउने गरेका छन् । सरकारले एक प्रतिशत विद्यार्थीमाथि लगानी गर्दा १२ प्रतिशत परिणाम शिक्षकमाथि नैतिक दबाब उत्तिकै छ। शिक्षकका माग सरकारले सुन्नु पर्छ।किनकि शिक्षक पनि यही देशका नागरिक हुन्।उनीहरूले दशकौदेखि माग राख्दै आएका छन् ।

यश अघि पनि यी शिक्षकले अवसर पाएका पनि थिए। आ न्तरिकका नाममा अवसर पाएपनि अधिकांश अनुत्तीर्ण भए ।तिनै अनुत्तीर्णहरूले सीधै स्थायी र निजामती सरह सेवा सुविधा मागिरहेका छन् ।एकातिर राज्ले वर्षमा एक खर्ब लगानी गरेको छ।परिणाममा १२ प्रतिशत उत्तीर्णको दृष्तान्तले सरकार सबै माग सम्बोधन गरिहाल्न अवस्थामा देखिन्न।

शिक्षकहरू सरकारलाई गलाउन र ढलाउन भन्दै सडकमा छन् ।सडकमा नाँचगान,रमाइलो गरिरहेका उनीहरूले आईतबार प्रहरीसंग सिङ्गौरी खेल्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो।प्रहरीले बल प्रयोग गर्दा पत्रकार सहित ६० बढी शिक्षक घाइते भए ।

सरकारले विद्यालय फर्क शिक्षा विधेयक प्रक्रियामा छ। सरकारले ऐन ल्याउँछ भनेर दोहोर्याईरहेको छ।तर ,आ न्दोनकारी शिक्षकले मेरै गोरूको बाह्रै टक्का भनिरहेका छन् ।सरकार पनि टसमस छैन। राष्ट्रको क्षमता भन्दा बाहिरको माग भन्दै सरकारले संवाद र छलफलमा त्यत्ती जाँगर देखाएको छैन।

शिक्षकले विद्यालयमा ताला लगाएर सडक तताइरहेका छन् ।५५ लाख बालबालिकाको भविष्य अन्यौलमा छ। यस्तो विषम परिस्थितिमा देश छ। उता, राजावादीको उग्रता उस्तै छ। यस्तो बेलामा सरकारलाई शिक्षकले सघाउनु पर्ने थियोे ।तर, उनीहरूको एकाङ्गी जागिरे आन्दोलनले उपत्यकाको ट्राफिक समस्यादेखि विद्यालय बन्दले थप समस्या बल्झिरहेको छ।

यस्तो बेलामा सरकारले गम्भीर नदेखाउने र शिक्षकले विवेक गुमाउने हो भने,स्थिति अझै विकराल हुन सक्छ। शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने जस्तो वार कि पारमा छ,स्थिति ।यसरी स्थिति प्रतिकुल बन्दै गएपछि आईतबार झडप भएको हो।शिक्षक आन्दोलनप्रति प्रतिपक्षी दल बाहेक कसैको नैतिक समर्थन देखिन्न।

यही बीचमा शिक्षकहरू पछि फर्किने छाँट पनि देखिएको छैन।शिक्षकहरूले प्रहरीको लाठा र भाटा खाए।चौतर्फी दलको कार्यकर्ता भएको ,छोराछोरीलाई निजी विद्यालय अध्ययन गराएको जस्तो धेरै आरोप भएपनि उनीहरूले अहिलेसम्म दलको सदस्यता त्यागेका घोषणा गरेका छैनन् ।

शिक्षक संगठनका नाममा थुप्रै संगठन छन् । दलपिच्छे यस्ता संगठनकै कारण शिक्षा क्षेत्र ध्वस्त छ। कुनै पनि शिक्षक दलविहिन हुन सक्दैन । दलमा नजोडिए हाजिर हुन पनि दिदैन । दलको सिण्डिकेटमा छ, सार्वजनिक शिक्षा ।यही राजनीतिक दलको पासोमा छन् शिक्षक पनि । उनीहरूमाथि जतिसुकै दमन सरकारले गरेपनि दल त्याग्न सक्दैनन् ।

यति लामो दिनसम्म सडकमा रहेका उनीहरूले दलले नसघाएको भन्दै दल त्याग गर्न हिम्मत गरेनन् । पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले पनि शिक्षकहरूलाई आग्रह गरिन्, – तपाईंहरू शिक्षक हुनुहाेस्, दलका कार्यकर्ता हाेईन।’


यसैबाट पनि प्रष्ट हुन्छ कि उनीहरू दलप्रति ज्यादै फादार छन्।सरकारी जागिर ढुक्क बनाएर पार्टी राजनीतिलाई पनि सशक्त बनाउने उनीहरूको मनशाय देखिन्छ ।यदि त्यसो होईन भने सार्वजनिक शिक्षा सुधार्न दल त्याग र सरकारी विद्यालयमा सन्तति अध्ययन गराउने विषयमा प्रतिवद्धता जनाउँनु पर्दथ्यो।तर, यश विषयमा उनीहरू पूरा मौन छन् ।जसका कारण भीड जम्मा गरेपनि शिक्षक आन्दोलनले नैतिक तागत देखाउन सकेको छैन।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : ०४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित