२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

टरिगाउँ विमानस्थल विस्तारमा प्रधानमन्त्री ओलीको प्रतिवद्धता, साविकको राप्तीलाई ठूलो राहत


१ जेष्ठ २०८२, बुधबार  



मंगलबार संसदको बैठकमा प्रधानमन्त्री केपी ओलीले एउटा बाचा गरे।त्यो बाचा थियोे ,लामो समयदेखि अधुरो रहेको दाङ टरिगाउँ विमानस्थल विस्तारको आयोजना।

स्थानीयले दर्जनौं पटक विस्तारको माग लिएर प्रधानमन्त्री तहसम्म पहल गरेपनि वर्षौदेखि अधुरै थियोे ।तर, यश पटकको बजेटमा विमानस्थल विस्तारको कार्यक्रम राखिने बाचा प्रधानमन्त्री ओलीले दिएपछि अब यसले लय पकड्नेमा स्थानीयले विश्वास गरेका छन् ।

संसदको बैठकमा दाङ क्षेत्र नम्बर ३ का सांसद दीपक गिरीले टरिगाउँ विमानस्थल विस्तारमा सबै सरकारले बेवास्ता गरेको भन्दै गुनासो रााखेका थिए। आ फ्नै शेरबहादुर देउवा , प्रचण्ड र ओ लीसंग धेरै पटक माग राखेपनि सुनुवाइ नभएको भन्दै धारणा राखेका थिए। पूर्व मन्त्री समेत रहेका गिरीको ध्यानाकर्षणपछि प्रधानमन्त्री ओली टरिगाउँ विमानस्थल विस्तार र घोराही तुल्सीपुर चारलेन सडक विषयमा प्रतिवद्धता जनाएका हुन्।

दाङको लाइफलाइनको रूपका हेरिएका यी आ योजना हुँदा दाङको प्रतिष्ठा र गौरवमा ठेस लागेको थियोे ।यद्यपि अब यश आयोजना अघि बढ्ने भएको छ। यसका लागि एमाले महासचिव शंकर पोखेरेल, एमाले नेताद्वय घनश्याम पाण्डे, कोमल वली, नगरप्रमुख टीकाराम खड्का ,तुल्सीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल र वर्तमान अध्यक्ष विनिल केसी लगायतको पहलले विमानस्थल विस्तारको मुद्दा परिणामुखी बन्न थालेको हो।

साविकको राप्तीको विकासको आधार बनेको टरिगाउँ विमानस्थल भैरहवा विमानस्थल भन्दा पुरानो भएपनि अहिलेसम्मका सरकारहरूले उपेक्षा गर्दै आएका थिए।तर, मंगलबार प्रधानमन्त्री ओलीको प्रतिवद्धतापछि दंगालीको घर आँगनमै हवाई सेवा पाउने सपना पूरा हुने देखिन्छ ।

विक्रम सम्वत २०११ सालमा सञ्चालनमा आएको यस दाङको टरिगाउँ विमानस्थल नेपालकै पुरानो विमानस्थलमध्ये एक हो। जहाँ २०११ सालपछि तत्कालीन शाही नेपाली वायु सेवा निगमको सानो जहाजले उडान सुरु गरेको थियो ।

२०११ सालदेखि ०४२ सालसम्म यो विमानस्थलमा विमान सेवा नियमित सञ्चालन हुँदै आएको थियो । तर ०४३ देखि ०६० सालसम्म झण्डै १७ वर्ष विमानस्थल बन्द भयो । बन्द विमानस्थल २०६० देखि २०६६ सम्म पुनः सञ्चालन आयो । २०६६ देखि फेरि विमानस्थल बन्द भयो ।

यो विमानस्थलमा २०७१ सालदेखि विमान सेवा नियमित चल्दै आइरहेको छ । यद्यपि धावनमार्ग सानो भएका कारण साना विमानले मात्र यहाँ सेवा प्रदान गर्दै आएका छन् ।

२०११ सालमा सेवा आरम्भ गरेको विमानस्थलको २०६६ सालमा ३० मिटर चौडाई र ७ सय ५० मिटर लम्बाईसहितको धावनमार्ग कालोपत्रे भयो । त्यही धावनमार्गमा अहिले सानो जहाजले हप्तामा ६ दिन सेवा सञ्चालन गर्दै आएको छ ।

लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको दाङमा विमान सेवाको दायरा विस्तार गर्न विमानस्थल स्तरोन्नति अपरिहार्य भएको छ । दाङ साबिक राप्ती अञ्चलको ५ जिल्लाको प्रमुख व्यापारिक केन्द्र अर्थात् ट्रान्जिट प्वाइन्ट पनि हो । तर विमानस्थलको स्तरोन्नति अभावका कारण साना विमानले मात्र सेवा सञ्चालन गर्दै आएका छन् भने विमान सेवा महँगो समेत हुन पुगेको छ ।

टरिगाउँ विमानस्थल विस्तारका विकल्प

नियमित सेवा र विमानस्थलको स्तरोन्नतिका लागि नेपाल सरकारले पहिलो पटक चार विकल्पसहित योजना अघि बढाएको छ । जस अन्तर्गत चारै विकल्पमा अनुमानित बजेट सहितको गुरुयोजना तय गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल स्तरोन्नतिको काम अघि सारेको छ ।

चार विकल्पमध्ये सञ्चालित धावनमार्गको स्तरोन्नति नै प्राथमिकतामा परेको छ ।

तुलसीपुर उपमहानगरपालिका उपप्रमुख तथा विमानस्थल निर्माण सहयोग समितिका संयोजक स्यानी चौधरीले प्राधिकरणले विमानस्थलको विस्तृत योजनाको प्रतिवेदनमा विमानस्थलको विस्तारका लागि चार विकल्पसहितको विस्तृत प्रतिवेदन तयार पारेको बताइन् । जसमा ६ देखि १६ अर्बसम्मको लागत योजना तयार गरेको उनको भनाइ छ ।

धावनमार्ग ७५० मिटरबाट १ हजार २५० मिटर लम्बाई बनाउन र ३ सय मिटर चौडा तुल्याउन ६ अर्बको अनुमानित लागत लाग्ने जनाइएको छ । यस्तै १५ सय मिटर लामो धावनमार्ग निर्माण गर्न ९ अर्ब, १९ सय मिटर लामो धावन मार्ग बनाउन १६ अर्ब लाग्ने गरी योजना तयार गरिएको छ ।

टरिगाउँ विमानस्थलका लागि भएकै धावनमार्ग स्तरोन्नति गरी ७५० मिटर बाट १२५० मिटर लम्बाई निर्माणका लागि सिफारिस गरिएको उपप्रमुख चौधरीले बताइन् । दाङमा हाल ट्वनीअटर जहाज चल्दै आइरहे पनि धावनमार्गको स्तरोन्नतिको अभावका कारण अन्य विमानले सेवा आरम्भ गर्न सक्ने अवस्था छैन । जसका कारण प्रादेशिक राजधानी केन्द्र विकासमा समेत प्रभावित बनिरहेकाले तत्काल धावनमार्गको स्तरोन्नति जरुरीको विषय भएको हो।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  ६ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित