३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

लुम्बिनी टुरिजम मिडिया अर्गनाइजेसनको अध्यक्षमा शर्मा,बरिस्ठ उपाध्यक्षमा धिताल


१० जेष्ठ २०८२, शुक्रबार  


लुम्बिनी टुरिजम मिडिया अर्गनाइजेसनको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले १५ सदस्यीय कार्यसमिति सर्वसम्मतले निर्वाचित गरेको छ।

अधिवेशनले केशव शर्मा दाहालको अध्यक्षतामा कार्यसमिति निर्वाचित गरेको हो।अर्गनाइजेसनको बरिस्ठ उपाध्यक्षमा शिला धिताल ,महिला उपाध्यक्षमा अप्सरा गौतम, महासचिवमा सुदर्शन आचार्य,,उपमहासचिवमा तेजना पण्डित,सचिवमा रेखा श्रेष्ठ, सहसचिवमा कल्पना सानू भट्टराई र कोषाध्यक्षमा रक्तिम दैलेखीलाई चयन गरिएको छ।


सदस्यहरूमा तेजवीर विक,डीआर न्यौपाने,हेमलता जिसी, संगीता थापा, ममता थापा,पुष्पा साउँद र प्रस्तुत कोइराला रहेका छन् ।

अर्गानाईजेसनको अधिवेशनले लाङटाङ मिडिया ट्रेकिङ र सिभिल एभियसन एण्ड जोर्नालिजम सम्बन्धि कार्यक्रम पनि गर्ने निर्णय गरेको छ। अधिवेशनले सदस्य हेमलता जिसीको संयोजकत्वको उपसमितिले आवस्यक प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको छ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार  ८ : ०५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित