२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कक्षाका लागि ५० सीट सुनिश्चित


२१ भाद्र २०८१, शुक्रबार  


चिकित्सा शिक्षा आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनको लागि पहिलो वर्ष ५० सिट सुनिश्चित गरेको छ। प्रतिष्ठानका रजिस्ट्रार श्याम लम्सालले प्रतिष्ठानका लागि ५० सीट सुनिश्चित भएको सरजु अनलाइनलाई बताए ।

उनका अनुसार आयाेगबाट सुनिश्चित गरिएको ५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबीबीएस पढ्न पाउनेछन् ।

प्रतिष्ठानको विकासमा एमबीबीएस पढाइ महत्त्वपूर्ण भएको भन्दै पत्रकार सुशील गाैतमले यश विषयमा कसैले राजनीति गर्न नहुने सुझाएका छन् ।सामाजिक सञ्जालमा लेख्दै उनी भन्छन्,” दाङकाे राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइका लागि पहिलोपटक पचास सिट सहित स्विकृृति प्राप्त भएको छ। यस प्रकृयामा लाग्ने सबै धन्यवादका पात्र हुनुहुन्छ । दाङकाे शिक्षा , स्वास्थ , यातायात लगायतका विषय सबै दाङ निवासीका साझा सराेकारका विषय हुन। यस्ता विषयमा सिङ्गो दाङ एकमत हुनु पर्दछ। मेराे क्षेत्र(भेग) , मेराे दल, मेरा मतदाता, चुनावकाे जाेड घटाउ जस्ता स्वार्थमा लागेर हामी अन्य कतिपय जिल्ला भन्दा तुलनात्मक रुपमा पछि पर्याै। अब त्यसबाट छिटो मुक्ति भएर दाङकाे विकासका लागि सहकार्यकाे संस्कृति विकास गराै।”
हाे, पक्कै पनि याे साझा मुद्दा हाे।यसलाई राजनीतिक रङ दिनु सवर्था गलत छ।दाङले जुन माैका पाएकाे छ,यसलाई सुदृढ गर्ने दायित्व सबैकाे हाे।यसकाे समग्र विकासका लागि राजनीतिक घेरा बाहिर रहे सेेवा गर्नु नै बुद्धिमानी हाे।

प्रतिष्ठानले करिब ७ वर्षपछि एमबीबीएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो । हाल प्रतिष्ठानमा बीएस्सी र बीएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन चालु अवस्थामा रहेको छ।

प्रकाशित मिति : २१ भाद्र २०८१, शुक्रबार  ९ : ०६ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित