४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

जनयुद्धले ल्याएको रूपान्तरण: राेल्पाका चिल्ला सडक र भरपर्दाे सञ्चार सेवा


२७ आश्विन २०८१, आइतबार  


एकताका यस्ता दिन थिए, जतिबेला , हाम्रै पुुस्तालाई गाडी चढ्न त के देख्न पनि मुुश्किल हुन्थ्यो ।हजुरबुबाका नुन ढुवानी कथा सुन्थ्याै हामी । दाङको काेईलाबासबाट नुन लिएर दैनिकी गुजारेेका कथा हामीलाई हजुरबुबाले सुनाउदा नुन बेच्ने काेईलाबास कस्ताे हाेला भन्ने लाग्थ्यो ।

हजुरबुबाका कथा अनुसार काेइलाबास हेर्ने रहर पनि हुन्थ्याे। लिबाङदेखि दाङ पुग्न हिडेर २ दिन लाग्थ्यो ।काेईलाबास पुग्न त तीन दिन बढी चाहिन्थ्याे।हजुरबुबाकाे यथार्थ कथा सुनेर हुर्केका हामीले नयाँ अनुभव गरेको छाै र गर्याै पनि अहिले ।समयकाे पदचाप निरन्तर बढीरह्याे। आज सडक घर आँँगनमा पुगेपछि हाम्रो पुस्ताकाे दैनिकीमा ठूलो बदलाव आएकाे छ।

पञ्चायत कालमा प्यूठानकाे चकचकेदेखि लिबाङ सदरमुकामसम्म सडकको रेखाँकन भएको थियोे ।त्यतिबेला बालाराम घर्ती मगर र रेखबहादुर सुवेदी राष्ट्रिय पञ्चायतमा पुगेका थिए, हजुरबुबाले हामीलाई सुनाए अनुसार त्यो सडकको रेखाँकन तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य बालाराम घर्ती मगरकाे पहलमा भएको थियोे ।यही सडकमा २०४९/ ५० सालदेखि सार्वजनिक सवारी साधनले सेवा दिन थाले।तर, सडक कच्ची थियोे ।लिबाङदेखि भालुबाङ पुग्न झण्डै एक दिन लाग्थ्यो ।१०७ किलोमिटर हाे,याे सडकको दूरी । पहाडी क्षेत्रमा बढीमा तीन घण्टाकाे दुरी भएपनि सडकको दूरावस्थाले राेल्पा यात्रा निकै कठिन थियोे ।

माडी पुल,खुङ्गी राेल्पा

तैपनि राेल्पालीहरू यहि कठिनपूर्ण यात्रा गर्न बाध्य थिए। २०५२ मा माअाेवादी जनयुद्ध शुरू भयाे,विकासका सबै कामहरू ठप्प भए। राज्यले बम बारूद दियाे।तर, विकास दिएन।सदरमुकाम तारबारमै काेचियाे।विकास पूर्वाधार भन्दा पनि जीवन रक्षा पहिलो शर्त बन्याे,राेल्पालीहरूकाे।

जलजला यातायात व्यवसायी समितिका तत्कालीन महासचिव तथा युवा व्यवसायी रामचन्द्र थापा भन्छन् ,”राेल्पा बदलिएको छ, हिजोको त्याे त्रासदीपूर्ण दिनहरू त छैनन् नै ।आज राेल्पामा सडक र सञ्चारकाे तीब्र विकास भएको छ।”

विगतका ती नारकीय क्षणलाई स्मरण गर्दै युवा व्यवसायी थापा थप्दै भन्छन् , “अहिले ४ घण्टामा घाेराहीदेखि लिबाङ पुग्न सकिन्छ ।सडक र सञ्चारकाे विकास भएको छ, अब राेल्पालाई उत्पादनसंग जाेड्नुपर्छ।”

७६ वडा भएको राेल्पामा स्थानीय र राष्ट्रिय सडकहरू जाेडिएका छन् । सहिद मार्ग एउटा राष्ट्रिय सडक हाे,भने भालुवाङ- चकचके – लिबाङ अर्को महत्त्वपूर्ण सडक हाे।पञ्चायत कालमै रेखाँकन भएको याे सडक २०६४ सालमा कालाेपत्रे गरिएको थियोे । दाङ- सल्यान – रूकुम सडक र याे सडक एकैसाथ कालाेपत्रे गरिएको भए पनि दाङ- सल्यान – रूकुम सडकको अवस्था दयनीय छ।चकचके लिबाङ सडक धेरै राम्रो छ,सडक विभागले राम्रो पहल गरेकोले सडककाे गुणस्तरीयता कायम भएको व्यवसायी बसन्तराज शर्मा बताउँछन् । उनी भन्छन् , “राेल्पा भ्रमणमा आउने जाेकाेहीले पनि सडकको दूरावस्था भाेग्नु पर्दैन ।किन कि सडक एक लेनकाे भए पनि कहि कतै खाल्डाखुल्डी र पहिराे छैन।पहिराे झरे या खाल्डाखुल्डी परेमा सडक विभागले तत्कालै मर्मत सम्भार गर्दछ।”

राेल्पामा सबैभन्दा विकास भएको क्षेत्र सडक हाे। यहाँ १ हजार किलोमिटर सडक खुलेको छ। राेल्पाका सुगमदेखि दुर्गममा ढुवानी तथा सवारी साधन सहजै पुग्ने गरेका छन् । एक अर्थमा भन्ने हाे भने राेल्पा चक्रपथ जस्तै बनेको छ। जुनसुकै ठाउँमा पुग्न पनि अब कठिन छैन। करिब अढाइ लाख जनसंख्या भएको राेल्पामा २०६४ यता निरन्तर माअाेवादीकाे पकडमा छ।संघीय तथा प्रदेशमा समेत माअाेवादीकाे पकड रहेको राेल्पामा ७६ वडा मध्ये अधिकाँश उसले जितेको छ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  ९ : ०७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित