कांग्रेस एमालेको बुइ चढेर सत्ताको तर मार्न पल्कियो,माओवादी अधिकांश समय।गणतन्त्रको अधिकांश समय सत्तामै उक्लिएको माओवादी जब एमाले कांग्रेस गठबन्धनले सत्ताबाट फालियो। तब सडक सम्झियो,जनता खोज्न थाल्यो ।
सत्तामा रहँदा तुलनात्मक रूपमा केही सकारात्मक काम गरेपनि त्यसको संप्रेषणमा निकै कमजोर देखियो माओवादी । गएको असार १५ को दही च्युराले फालिएपछि होस खुल्यो माओवादीको।सत्ताको तर खान पल्केको माओवादी प्रारम्भमा निकै रन्थन्नियो।यही झोकमै जन सम्बन्ध सुधारमा हिडेको उसलाई बौरिने वातावरण बन्दै गयो।त्यसको तथ्य गएको मंसिर १६ मा सम्पन्न उपनिर्वाचनमा प्राप्त सफलता दर्शाएको थियोे । उपनिर्वाचनमा पहिलो दल बनेको उसको तागत स्ववियु निर्वाचनको नतिजा झन फराकिलो भयो।
गुगलमा भेटिन्छ भन्ने माओवादी आलोचकलाई मुखभरी जवाफ पुगेको हुनुपर्छ ।तर, यत्ति परिणामले मात्तिने गरेमा यसै भन्न गाह्रो हुन सक्छ ।
पछिल्ला समय माओवादीको अस्तित्वमाथि पटक–पटक प्रश्न उठ्दै आउनुमा पार्टीभित्र निरन्तर भएका विभाजन, सांगठनिक कमजोरी, जनतासँगको कमजोर सम्बन्ध र सरकारमा रहँदा प्रभावकारी काम गर्न नसकेको आरोप हो।यद्यपि हालै सम्पन्न उपनिर्वाचन र स्ववियु निर्वाचनको नतिजाले भने गतिलो जवाफ दिएको छ।
केही महिनाअघि सम्पन्न उपनिर्वाचनमा माओवादी केन्द्रले राम्रै प्रदर्शन गरेको थियो । विभिन्न क्षेत्रमा पार्टीले आफूलाई बलियो रूपमा उभ्याउन सकेको देखियो । यी परिणामले माओवादी अझै प्रतिस्पर्धात्मक रहेको प्रमाणित गर्दछ। तर, पर्याप्त भने होईन।
यसैगरी, हालै सम्पन्न स्ववियु निर्वाचनमा पनि माओवादीनिकट अखिल (क्रान्तिकारी) ले प्रभावशाली प्रदर्शन देखाएको छ । कर्णाली प्रदेश मा २६ त्रिभुवन विश्वविद्यालय अन्तरगतका क्याम्पस १२ क्याम्पस जित्नुले आधार क्षेत्र पुनः सुरक्षित गरेको देखिन्छ । पछिल्लो नतिजा अनुसार ८१ स्ववियु सभापति जित्दा अनेरास्ववियु ९१ र नेविसंघ १०८ क्याम्पस जितेको छन् । यो आँकडा बढ्न सक्छ ।गएको स्ववियु निर्वाचन परिणाममा अखिल खुम्चियो भने नेविसंघले विगत सुरक्षित गरेको देखिन्छ ।
यो सामग्री तयार पार्दासम्म देशभरका क्याम्पसमा बलियो उपस्थिति जनाउँदै संगठनले ८१ क्याम्पसमा जित दर्ता गरेको छ । यो परिणाम विद्यार्थी राजनीतिमा माओवादीको पकड अझै कायमै रहेको संकेत पनि हो ।
यति मात्रै हाेईन,मोरङको मोरङ महेन्द्र क्याम्पस लगायतका ठूलो शहरी क्याम्पसमा पनि जित्नुले माओवादी गाउँ मात्रै शहरमा पनि बलियो भएको देखाउँछ।गएको स्थानीय उपनिर्वाचनमा कीर्तिपुरमा दोश्रो स्थानमा उक्लिनुले शहर पनि बलियो बन्दै गएको देखिन्छ ।आगामी २०८४ अघि सत्तामा लोभ नगरेमा जनसम्बन्ध र जनविश्वास बढ्ने पक्का छ।गणतन्त्र माथि खतरा पनि बढी रहेकोले यशकाे सुदृढीकरण गर्नु पनि उसको दायित्व हो।जनसम्बन्धसंगै व्यवस्थाको रक्षा पनि उसले गर्न पर्ने भएकोले सत्ता भन्दा जनतातिर फर्किनु उसको हित त हुन्छ नै ।देशको पनि हित हुनेछ ।
पार्टीले प्रभाव पुनः बौराउनुमा जनसम्बन्ध नै हो।तराई मधेस अभियानको सकारात्मक प्रभाव परेको देखिन्छ ।नेताहरूमाथि लागेको दाग पखाल्न र नेतृत्व गरेका गम्भीर गल्ती जनतासंग क्षमायाचना गरेमा तंग्रिने सम्भावना छ।
सत्ता विरू्दध विषबमन जस्ता अराजनीतिक क्रियाकलाप गर्न बन्द गर्नु पर्छ। जनताले हेरिरहेको छ।कसले गलत गरेको या सही ।यसर्थ एमाले कांग्रेसको निन्दा गर्न जरुरी छैन।यसैमा पनि प्रचण्ड जत्तिको उचाइको नेताले निम्छरो टिप्पणी आफैमा अशोभनीय हो।
सिद्धान्त र तर्कका कुरा भन्दा जनताले आचरण र व्यवहार चाहेका छन्।भ्रष्टाचार र कुशासनले आ जित जनतालाई भरोसा दिन सके २०८४ स्वर्णिम हुन सक्छ।यसतर्फ नेतृत्वको बुद्धि फिरोस्।