२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

जेनिथ अवार्डसंगै दाङ महिला जेसिस देशकै पहिलो !


१७ असार २०८२, मंगलबार  


दाङ महिला जेसिस जेनिथ अवार्डको साथै देशभरमै पहिलो भएको छ।उत्कृष्ट कार्य सम्पादन मूल्यांकनका आधारमा दाङ महिला जेसीज जेनिथ अवार्डका साथै देशभरमै पहिलो भएको हो।

नेपाल जेसीजले दिएको अन्तर्राष्ट्रिय स्तरको सम्पूर्ण काम निर्धारित समयमा कुशलतापूर्वक सम्पन्न गरे बापत पहिलो भएको हो। दाङ महिला जेसिसले कुल १०५ अंकमा गोल्डेन रेङ्किङ १०५ अंक नै प्राप्त गरी म‌ङ्गलबार जेनिथ इम्पावरमेन्ट अप्रिसियसन अवार्डकासाथ देशभर मै पहिलो भएको हो ।

दाङ महिला जेसीज एरिया ‘डी’ मा पर्दछ । यहाँ ५८ वटा शाखा रहेका छन् । नेपाल जेसीज अन्तरगत भने देशभर १ हजार ५०९ बढी शाखा रहेका छन् । दाङ महिला जेसीज वर्ष २०२५ की अध्यक्ष अनिता ढकालले अन्तर्राष्ट्रिय स्तरको मापदण्डमा रही नेपाल जेसीजले तोकेको कामलाई सफलतापूर्वक सम्पन्न गरी अवार्ड जित्दै देशभरमै पहिलो बन्न सफल भएको बताईन् ।

उनका अनुसार, हरेक तीन–तीन महिनाको कामको मुल्यांकन गरेर अवार्ड दिने गरिन्छ । नेपाल जेसीजले जनवरीदेखि मार्चसम्मको समग्र कामको मुल्यांकन गर्दा दाङ महिला जेसीजको कामले उत्कृष्टता हासिल गरेको हो।
उनले भनिन्,‘यो विधाको अवार्ड हामीले पहिलो पटक पाएका छौँ । कामको प्रतिफल पाएका छौँ । निकै खुशी अनि उत्साहित भएका छौँ’ स ‘यो अवार्डले हामीलाई इन्टरनेशनल अनुसार काम गर्न सक्छौँ भन्ने प्रमाणित गरेको छ । आगामी दिनमा दिईएको काम गर्न थप मार्ग निर्देश गर्न सघाएको छ ।’

नेपाल जेसीजको उच्च मूल्यांकनमा पर्नु नै दाङ महिला जेसीजका लागि ठूलो उपलब्धी रहेको पनि उनले बताईन्। दाङ महिला जेसीजको तोकेको कार्य क्षेत्रमा रही बुटिक तालिमदेखि व्यक्तित्व र नेतृत्व विकास तालिम, सचेतना लगायत विषयमा सफलता पूर्वक काम सम्पन्न गरेको महासचिव भीमा डिसीले बताईन् ।

जेनिथ अवार्ड अन्तरगत त्रिभुवननगर जेसीज, घोराही दोस्रो भएको छ भने तुलसीपुर नगर जेसीजले तेस्रो स्थानको अवार्ड जितेको छ । जेनिथ अवार्डमा चौथोमा कोहलपुर जेसीज, पाँचौँमा देवचुली जेसीज, छैठौँमा नेपालगञ्ज जेसीज, सातौँमा बुद्धभूमि जेसीज र आठौँमा भेरीगंगा जेसीज भएका छन् ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ९ : ०७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित