२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025

गुरिल्ला पदमार्गकाे मेटिदै डाेब !


३१ जेष्ठ २०८१, बिहिबार  


सन २०१३ मार्च तारिख तिरकाे तिथि -मिति हुँदाे हाे,जतिबेला काठमाडौ ठमेलकाे थकाली खाजा घरमा,अमेरिकन लेखक तथा अनुसन्धानकर्ता एलन्जाे लुईस लिनस(Alonzo Lucius Lyons)ले एउटा गम्भीर टिप्पणी गरेका थिए।नेपाली ,मगर र थारू भाषामा राम्रोसँग बाेल्न सक्थे उनी। पटक-पटक बड्डा ( राेल्पा, रूकुम, दाङ र प्युठानमा बाेलीचालीमा अधिक प्रयाेग हुने मित्र शब्द ) भनेर सम्बाेधन गर्ने उनले राेल्पाली लवजमा हामी सबैकाे बीचमा एउटा यस्तो कडा टिप्पणी गरेका थिए।

जहाँ उनलेे भनेका थिए,” माओवादी विचार ,दर्शन र आन्दोलनप्रति मेरो पूरा विमति छ।तर,माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि हिजोको त्याे विरासतलाई अक्षुण राख्न सक्नु पर्छ। विडम्बना ,त्यो सम्भावना देखिएन।उनीहरूलाई आन्दाेलनप्रति गाैरव भन्दा पैसा कमाउने ध्याउन्न बढी देखे मैले, उनीहरूले आन्दोलनलाई बेचिखाने भए”एलेन्जाेकाे त्यतिबेलाकाे त्याे टिप्पणीले भने मेरो टाउकाे निकै चर्किएको थियोे,किनकि मलाई प्रचण्डसहितकाे नेतृत्वप्रति ज्यादा विश्वास थियोे ।यसै कारणले पनि हाेला , म ‘जनयुद्धकालीन मूर्त या अमूर्त सम्पदा’को संरक्षण र प्रवर्द्धन गर्नु पर्छ,भन्दै निरन्तर कलम चलाउँथे र अहिले पनि उत्तिकै जारी छ,मेरो कलम।तर,एलेन्जाे त्यो टिप्पणी क्रमश: सत्य सावित भयाे,माओवादी आफ्नै रगत बगाएको धर्ती विर्स्याे ,ईतिहास भुल्याे।

करिब ११ वर्ष अघिकाे त्यतिबेलाकाे समयमा अमेरिकन लेखक तथा अनुसन्धानकर्ता एलेन्जाेले भरखरै “द गुरिल्ला ट्रेक” नामकाे खाेज तथा अनुसन्धानमूलक पुस्तक लेखेका थिए।हिमालयन म्याप हाउसले प्रकाशन तथा वितरण गरेको थियोे ।उक्त पुस्तकमा छापिएका तस्बिरहरू कैद गर्ने फाेटाे पत्रकार हुन्,सुरेन्द्र राना ।

नक्शामा गुरिल्ला पदमार्ग

उनको अनुसन्धान तथा लेखनसंग सायद मुद्दा मिल्दाे भएरै हाेला, हामी छाेटाे भेटमा पनि यीनै विषयमा चर्चा गर्दैथ्याै र घाेत्लिन्थ्याै।यस्ताे सम्वादकाे माहाेलमा थिए,पश्चिमका हिम आराेही मनबहादुर खत्री र अर्का एकजना जर्मनी साथी ।तर,उनी अंग्रेजी भन्दा जर्मन भाषामा बाेल्थे,अनि साथी एलेन्जाेले नेपाली झर्राे भाषामा बाेलेकाे हेरेरै उनी मुस्कुराउँथे।याे अवसर जुरेकाे पनि करिब ११वर्ष भएछ।साथी एलेन्जाे यतिबेला थाईल्याण्डमा छन्।उसले केही समय अघि विद्युतीय हुलाकबाट के छ बड्डा भन्दै सन्देश पठाउथ्याे,तर, आजभाेलि उ पनि सम्पर्कविहीन जस्तै छ।


पंक्तिकारले यति लामो सन्दर्भ किन जाेड्याे हाेला भन्ने जिज्ञासा पनि लाग्न सक्छ तपाईंलाई ।तर ,यश घटनाको सन्दर्भ उही माओवादी जनयुद्ध कालमा सिर्जित मूर्त या अमूर्त सम्पदाको उत्खनन, प्रवर्धन र बजारीकरण गरि यश क्षेत्रकाे पर्यटनको ढाेका उघार्न हाे।माअाेवादी आन्दोलनसंगै म्याग्दीदेखि रूकुम, राेल्पा र जाजरकोटसम्मकाे सामाजिक तथा सांस्कृतिक अध्ययन गरेको उसले “गुरिल्ला पदमार्ग “यश क्षेत्रकाे विकास र समृद्धिकाे आधार बन्नुपर्छ ,माओवादी नेतृत्वले इमानदारीता देखाउनुपर्छ ,भन्ने उदेश्यले लेखेको थियोे ।

एलेन्जाले द गुरिल्ला ट्रेक पुस्तकमा काेरिएका वजनदार शब्द चित्रकाे चरित्र देखाएन माओवादी नेतृत्वले ।पटकपटक सत्तामा पुगेपनि ती क्षेत्रहरूप्रति उपेक्षा गर्दै आयाे।तैपनि आगामी आर्थिक वर्ष २०८१/८२ काे बजेटमा गुरिल्ला पदमार्गकाे विषय समावेश गरेको छ,माओवादी नेतृत्व सरकारले ।विगतमा पनि गुरिल्ला पदमार्गकाे मुद्दा बजेट किताबमा लिपिवद्ध नभएको भने हाेईन,तर,नतिजा निराशाजनक छ।

यश विषयमा राेल्पा नगरपालिकाका पूर्व नगर प्रमुख पूर्ण केसी सरकारहरू फेरबदल हुने र कसैको प्राथमिकतामा पर्ने कसैले उपेक्षा गर्ने प्रवृत्ति भएको बताउँछन् ।पूर्व नगर प्रमुख केसीले भनेको कुरामा सत्यता पनि छ।तर,आफ्नाे रगत र पसिना बगाएको विषयमा माओवादी गम्भीर नभएको भने पक्का हाे।


सरकारले बेवास्ता गरेपनि यश क्षेत्रमा विदेशी पाहुनालाई पुराउँदै आएका छन् , पश्चिमका हिम आराेही मनबहादुर खत्रीले ।उनलेे दिएको जानकारी अनुसार यश क्षेत्रमा ७ वटा समूहले पदमार्गबाट अवलोकन भ्रमण गरिसकेका छन् ।

उनी भन्छन्,”बन्दाेबस्तीकाे ज्यादै समस्या छ,पदमार्गकाे रूटमा छिटफुट हाेटेल हाेमस्टे भए पनि व्यस्थित नभएको मात्रै हाेईन,साह्रै महंगा छन्, म्यादीतिरका”
उनै खत्रीले काठमाडौबाट पाेखरा-बेनी-ढाेरपाटन-फागुने रिभरसाईड-पेल्मा – तकसेरा – मैकाेट- सिस्नेकाे चारगाउँदेखि नाईगाड भएर स्यार्पु पुर्याउदै अाएका छन् विदेशी पर्यटकलाई।वेयस्टर्न नेपाल वेबसाइटबाट उनकै मेहनतमा प्रवर्द्धनका सफ्ट काम पनि भएका छन् ।

यश गुरिल्ला पदमार्गमा तीनवटा रूट छन् ।पहिलो रूट पाेखरादेखि ढाेरपाटनबाट तकसेरा हुदै जलजला(राेल्पा) अनि सुलिचाैरमा आएर टुंगिन्छ,जसकाे पदयात्रा १९ दिनमा भ्याईन्छ।दाेश्राे रूट १४ दिन र तेस्रो रूट रूकुमकाे मुसिकाेट खलंगा पुगेर सुलिचाैर आईपुगिन्छ, २७ दिनमा।


केही वर्ष पछि यश ट्रेलकाे थप अध्ययन तथा प्रकाशन गर्न भन्दै अन्नपूर्ण पाेष्टका तत्कालीन पत्रकार गजेन्द्र बाेहरा र पंक्तिकारले सन २०१७ मार्चकाे अन्तिमदेखि यश क्षेत्रकाे पदयात्रा गरेका थियौ ।हाम्रो करिब १५ दिनकाे पदयात्रामा हामीले अपेक्षा गरे जस्तो नतिजा पाएका थिएनाै।

तत्कालीन माओवादी छापामारले प्रयाेग गरेको गाेरेटाे र बङकरहरू पुरिएका थिए।तालिम केन्द्र र जनवादी विद्यालयसंगै कम्युनहरू ढलिसकेका थिए।कारण यीनीहरूकाे जगेर्ना कसैले गरेन।

जसले “गुरिला पदमार्ग” भनेर नाम राखे, उनीहरू नै गुमनाम भएपछि पदमार्गका डाेबहरू मेटिदै गएको हाे,भन्छन् तकसेरा सामुदायिक हाेमस्टे सञ्चालन समितिका अध्यक्ष मैत्या घर्ती। “समाजवादकाे नारा बाेकेकाे माओवादी आज आफै माफियावादी भएपछि ती ऐतिहासिक बलिदानका बिम्बहरू नामेट भएको उनकाे दाबी छ।


हाे, पक्कै पनि राज्यले युद्धकालीन वस्तुको संरक्षण भन्दा कृत्रिम सिमेन्टका शालिक, गेट र भ्युटावरमा लगानी बढायाे। जसले गर्दा त्यतिबेलाका जीवन्त इतिहासका डाेबहरू मेटिदै गए। यदि तिनीहरूकाे उत्खनन र प्रवर्द्धनमा अझै साेचिएन भने जनयुद्ध श्रुती ग्रन्थकाे कथा जस्तै हुनेमा दुई मत नहाेला भन्न सकिन्न ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ३ : ०८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित