२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

आउँदाे आईतबार र साेमबार वर्षात र हिमपातकाे प्रक्षेपण !


२१ मंसिर २०८१, शुक्रबार  



जल तथा मौसम विज्ञान विभागले आइतबार र सोमबार पश्चिम नेपालमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ ।

विभागले शुक्रबार विशेष बुलेटिन जारी गरी यो जानकारी दिएको हो । बुलेटिनमा लेखिएअनुसार पश्चिमी वायुसँगै पश्चिमी न्यून प्रणाली नेपाल भित्रिदै छ । यो प्रणाली पश्चिम नेपालबाट प्रवेश गर्ने भएकाले प्रभाव पनि पश्चिम क्षेत्रमै बढी पर्नेछ ।

साथै देशभर जाडो बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले भनेको छ ।

विभागका अनुसार यो प्रणालीको प्रभावले मंसिर २३ गते (आइतबार) साँझदेखि मंसिर २४ गते (सोमबार) रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने छ ।

यसैगरी गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ ।

साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण छ ।

गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ८ : ०८ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित