३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

सात महिनापछि एनपीएलको आम्दानी खर्च सार्वजनिक क्यानलाई साढे दुई करोड


१७ श्रावण २०८२, शुक्रबार  


बहुर्चिचत पहिलो पटक नेपालमा आयोजित नेपाल प्रिमियर लीगको आम्दानी खर्च लामो समयपछि सार्वजनिक गरिएको छ। गएको साल २०८१ पुस ६ गते सम्पन्न लीगको आम्दानी खर्चको विवरण क्यानले बिहीबार सार्वजनिक गरेको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार क्यानले एनपीएल आयोजना गरेर २७ करोड ६९ लाख आम्दानी गरेको सार्वजनिक गरिएको छ।


नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमिति बैठकले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको आयद्दव्यय विवरण सार्वजनिक गरेको हो । बिहीबार बसेको बैठकमा गभर्निङ काउन्सिलले पेस गरेको प्रतिवेदनलाई छलफलपछि अनुमोदन गर्ने निर्णय गरिएको हो ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार पहिलो संस्करणबाट कुल २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको छ । त्यस्तै, कुल खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ भएको उल्लेख छ।

आम्दानी र खर्चको अन्तर ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ नाफा भएको क्यानले जनाएको छ। यस नाफामध्ये ५० प्रतिशत अर्थात् ४ करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ आठ फ्रेन्चाइज टोलीलाई बाँडिएको छ । बाँकी ३ करोड १६ लाख ५० हजार ७८९ रुपैयाँमध्ये ७० लाख प्रदेश क्रिकेट संघलाई र २ करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानको भागमा परेको छ ।

क्यानले यस प्रतिवेदनलाई आगामी संस्करणहरूलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन उपयोगी आधारका रूपमा प्रयोग गरिने जनाएको छ ।

बिहीबारको बैठकमा अन्य एजेन्डा पनि रहेपनि मुख्यतया एनपीएलको आर्थिक विवरणबारे नै छलफल गरिएको क्यानले जनाएको छ ।क्यान प्रवक्ता छुम्बी लामाले विज्ञप्तिमार्फत जानकारी दिँदै एनपीएल परिचालन परिषदले प्रस्तुत गरेको पहिलो संस्करणको आय–व्यय विवरण अध्ययनपछि आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गरिने बताएका छन्।

यससँगै क्यानले एनपीएलको सफल सुरुआतसँगै संस्थागत आम्दानी बढाउने दिशामा ठोस पाइला चालेको संकेत गरेको छ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शुक्रबार  ६ : ०८ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित