२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

बालिका उर्मिला चाैधरीमाथि भएको ज्यादती छानबिन गर्न थारू कल्याणकारीणी सभाकाे माग


२० भाद्र २०८१, बिहिबार  


थारू कल्याणाकारिणी सभाले प्रदेश सांसद रेखा विक शर्माले बालिका उर्मािला चाैधरी माथि गरेको ज्यादतीको छानबिन गर्न माग गरेको छ।

कल्याकारिणी सभाका सभापति अशाेककुमार चाैधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सत्य तथ्य छानबिन गरि दाेषीलाई कारबाही गर्न र पीडितलाई न्याय दिन माग गरिएको हाे।

पीडित उर्मिला चाैधरीलाई एमाले प्रदेश सांसद विकले करिब ७ वर्ष देखि काठमाडौमै बाल श्रमिककाे रूपमा कम्लहरी बनाएर राखेको पाईएकाे थियोे ।काठमाडौ महानगरपालिका मेयर बालेन्द्र साहकाे पहलमा बालिकाको उद्दार गरिएको थियोे ।बालिकालाई कम्लहरी बनाएर राख्ने सांसद रेखा विक शर्मालाई कारबाही गर्न मेयर बालेन साहले माग गर्दै आएका थिए।तर,सत्ताकाे आडमा सांसद विक पक्राउ नपरेकी हुन्।

प्रधानमन्त्री केपी अाेलीकै दबाबमा प्रहरीले उनलाई पक्राउ नगरेको बताईएकाे छ।यसै विषयमा प्रधानमन्त्री अाेली र मेयर बालेनबीच विवाद चर्किएको हाे।एमाले कार्यकर्ता यति घटनाको बचाउ गर्दै आएका थिए।यति गम्भीर विषयमा पूर्व कम्लहरी तथा एमाले नेतृ शान्ता चाैधरी माैन छिन्।कम्लहरीकै नाममा राजनीतिमा जाेडिएकी उनको माैनता अाेलीकै डरले भएको टिप्पणी भएको छ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहिबार  ४ : ०९ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित