१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

बुधाअष्टमी भगवान शिव- पार्वतीकाे पूजा -अर्चना


२६ भाद्र २०८१, बुधबार  



आज बुधाष्टमी व्रतका दिन विशेषतः भगवान शिव पार्वतीको पूजा अर्चना गर्ने चलन रहेको छ । यस दिनको व्रतको विशेष महत्व रहेको छ ।

हिन्दू धर्म ग्रन्थमा उल्लेख भएअनुसार व्रत संस्कारमध्ये एक बुधाष्टमी शुक्ल अष्टमीमा पर्ने बुधबारका दिन पर्ने गर्दछ । यस दिन व्रत बस्नाले मृत्युपछि नर्क जानु नपर्ने मान्यता छ ।

आजका दिन बुध ग्रहसमक्ष भक्तले आफ्ना भावना र कामना राख्ने चलन हुन्छ । यस अर्थमा पनि यो दिनलाई बुधाष्टमी भनिएको हो ।

यस दिन बुध ग्रहलाई विशेष नैवेध अर्पण गरिन्छ । साथै पूजा सकिएपछि मात्र यी नैवेद्यलगायत प्रसादी वितरण गर्न र भोजन गर्न दिइन्छ ।

यसका अलावा भगवान बुद्धको धातुमा अकिंत प्रतिमामा पनि अर्चना गर्ने चलन पनि आजका दिनमा पाइन्छ ।

बुद्ध अष्ठमी व्रतका महिमा ब्रह्माण्ड पुराणमा पाइन्छ । बुध ग्रहको दोष भएका मानिसका लागि यस दिनको व्रतले विशेष फल दिने धार्मिक मान्यता छ

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ७ : ०९ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित