२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

बालेनसंग किन डराउँछ, सत्ता ?


१९ भाद्र २०८१, बुधबार  


बागमती किनाराका सुकुम्बासी हटाउने विषयदेखि प्रारम्भ भएको थियो, बालेकोट बालेन विवाद । जुन विवादको निरन्तर श्रृंखला झन उछालिएको छ। पछिल्लो समय प्रदेश सांसद रेखा शर्माले एक नाबालिककालाई घरमै राखेर श्रम शोषण गरेको विषयले चर्किएको विवाद यतिबेला समाजिक सञ्जालको पेज अनफलोसम्म पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक पेजमा मंगलबारदेखि निरन्तर अनफलो जारी छ।

बालेनका समर्थकहरुले चलाएको अनफलो अभियानको प्रभावले सरकारप्रतिको अविश्वास र आक्रोश बढेको देखाउँछ। यद्यपि यसले राष्ट्रिय राजनीतिमा तात्विक भिन्नता नल्याउने भएपनि मुख्य दलका लागि निकै चुनौती भने पक्का हो । सञ्जालमा जारी प्राक्सी वारले बालेनको उचाइ बढाइरहेको छ, भने प्रधानमन्त्री ओलीप्रतिको आम बुझाइमा झनै नकारात्मक प्रभाव परिरहेको छ ।यो कुनै मत नभएपनि जनमत अवस्य हो। यो नगरिक विद्रोह नभएपनि असन्तुष्टि हो । यो कुनै नेताको देवत्वकरण नभएपनि असन्तुष्टिको शाश्वत सत्य हो । निर्णायक मत नभएपनि पुराना दलहरुप्रतिको वितृष्णाको सामूहिक प्रतिवाद हो । नयाँ पुस्ता कुनै पनि विचार र वाद भन्दा कामको मूल्यांकन गरेर धारणा बनाउँछ भन्ने एउटा तथ्यको उदाहरण हो, यो।


यस्ता उदाहरणका साझा पात्र हुन् मेयर बालेन्द्र साह । उनै साह काठमाडौ महनगरको मेयरमा निर्वाचित भएर आउँदा पुस्तेनी सत्ताको निरन्तरता भत्किएको थियो । उनले स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौ महानगरको मेयरमा विजय भएपछि धेरैले धेरै धारणा बनाएका थिए । कतिपयले नानीमैया महर्जनले चुनाव जितेको उदाहरण पेश गरे त कसैले व्यगं पनि गरे । एमाले अध्यक्ष तथा हालका प्रधानमन्त्री केपी ओलीले स्वतन्त्र उम्मेदवार बालेन, गोपी र हर्कले जित्दा व्यगं गरेका थिए। उनले केटाकेटी आए गुलेली खेलाए, मत्याङग्राको सत्यनाश भनेर व्यगं गरेका थिए। यस्तै माओवादी अध्यक्ष प्रचण्डले बालेन, गोपी र हर्कहरुको जित गणतन्त्रको फूलबारीमा फूलेका फूल भनेका थिए, भने कांग्रेस सभापति शेरबहादुर देउवा नतिजाको विषयमा प्रतिक्रियाविहीन बने ।उनीहरुको जितसंगै जनतामा केही नयाँपनको आशा पनि पलायो, उनीहरुको जितसंगै पुराना दलहरुको भविष्यको विषयमा आंकलन र विश्लेषण पनि खुबै भए। त्यो विश्लेषण जस्तै संघीय निर्वाचनमा नयाँ शक्तिहरुको अस्वभाविक उदय भयो। पुरानाहरु केही शहरबाट खेदिए।


स्थानीय निर्वाचनको नतिजासंगै मेयर बालेन एक्सनमा उत्रिए। पहिलो काम उनले काठमाडौको फोहोरको डंगुर उठाए। फोहोरी राजनीतिले दुर्गन्धित काठमाडौ फोहोरले पुरिएको थियो । फोहोरको दीगो समाधान गर्न त बाँकी नै छ। तर, बालेन साह मेयर भएर आएपछि काठमाडौमा आम मान्छेले फोहोर देख्न परेको छैन । काठमाडौको फोहोरलाई हालसम्म व्यवस्थित गर्दै आएका छन्, मेयर बालेन्द्र साहले । यही फोहोर व्यवस्थापनकै विषयमा सिंहदरबारसंग महानगरको विवाद चर्कियो । फोहोरको दीगो समाधानमा नसघाएको भन्दै बालेनले आक्रोश पोखे, उनले आक्रोश मात्रै पोखेनन्। उनले सामाजिक सञ्जालमा सिंहदरबारमा आगो लगाउने सम्मका अभिव्यक्ति दिएका थिए । बालेनको अभिव्यक्ति विरुद्ध सिंहदरबार पनि आक्रमक बन्यो। तत्कालीन कांग्रेस माओवादी गठबन्धनका प्रधानमन्त्री प्रचण्ड थिए।

बालेनको अभिव्यक्तिलाई लिएर तत्कालीन सरकारले उनीमाथि कारबाही चलाउनुपर्नेसम्मको छलफल ग¥यो । तर,बालेनमािथको कारबाही त्यत्ति सहज देखेको थिएन, सत्ताले । किनकी बालेनको लोकपृयताको उचाइ निकै अग्लीसकेको थियो । जब गठबन्धन भत्कियो, तब बालेनमाथि कारबाही गर्ने विषयमा भएको छलफल बाहिरियो। माओवादी कांग्रेसबीच यस विषयमा पोलापोल पनि भयो । तर, बालेनमाथि कारबाही गर्ने कुनै त्यस्तो शक्तिले आँट गरेनन्। पछिल्लो समय एमाले कांग्रेस गठबन्धन पनि बालेनमाथि कारबाह िगर्ने सोचकासाथ अघि बढेको देखिन्छ, केही दिन अघि कांग्रेस सभापति शेरबहादुर देउवालाई बालेनको गतिविधि नियन्त्रण गरिनुपर्छ भन्दै अभिव्यक्ति दिएको खबर बाहिरिएका थिए । तर, बालेन आफ्नो अडानबाट टसमस हुने देखिन्न। बरु मुख्य दलहरुको हरेक दिन धोती खुस्किदै गएको छ। जुनसुकै सुत्र लगाएर भएपनि बालेनलाई कमजोर बनाउने उनीहरुको उदेश्य निस्काम भएको छ।

नदी अतिक्रकमणको समस्या ठूलो छ, उपत्यकामा । दलमा आवद्ध मानिसहरुले नदी किनारा कब्जा गरेका छन्। अनुमानित तथ्यांक अनुसार यस्ता मानिसहरुको सख्या करिब ५ लाख जतिको छ। जसलाई मेयर बालेन साहले स्थानान्तरण गरेर नदीको बहावलाई प्राकृतिकरुपमा चल्न दिनुपर्ने योजना अघि सारे । नदी किनारामा बस्ती बस्न नपाउने गरी २०६५ मा सरकारले नीतिगत निर्णय गरेकोथियो । त्यही नीतिकै आधारमा मेयर बालेन साहले नदी किनारका बस्ती हटाउन उर्दी जारी गरे । सुकुम्बासीको नामममा वर्षाे नदी किनारा कब्जा गरेर महल बनाएकाहरुले टेरेनन्। बालेनले डोजर लिएर गएपछि प्रतिवाद गरे। सुकम्बासीका नाममा नदी किनारा कब्जा गरेकाहरुलाई दलहरुले साथ दिए। यसमा पनि विशेष गरी एमाले काठमाडौ महानगरविरुद्ध उत्रियो । मेयर साहले नदी किनाराका बस्तीलाई गिरीबन्धु टी स्टेटमा सार्न सकिन्छ, भन्दै स्टाटर लेखे, जबकी सर्वाेच्चले गएको सालमा गिरीबन्धुको जग्गाको विषयमा भएको निर्णय गलत भएको ठहर गर्दै तत्कालीन ओली सरकारको निर्णय कार्यान्वयन नगर्न नगराउनु भनेको थियो ।

यस विषयमा तत्कलाीन प्रचण्ड सरकारले पनि मेयर बालेनलाई साथ दिएन एमालेसंगै चोचोमोचो मिलायो । जुन कुरा सर्वाेच्चमा पुगेको थियो । सर्वाेच्चले पनि गएको साल २०८० पुस ३ गते फैसला गरिदियो । सर्वाेच्चको फैसला नदीको प्राकृतिक अधिकारलाई सुरक्षित र सुनिश्चित गर्ने भाव र उदेश्यबाट आएको थियो । त्यही फैसलालाई कार्यान्वयन गराउन मेयर बालेन सक्रिय छन्, उनको कदममा उपमेयर सुनिता डंगोलको विमती छ। नदी किनारामा बसकाको उचित व्यवस्थापन नगरी फैसला कार्यान्वयन गर्न नहुने उनको अडान देखिन्छ। यद्यपि मेयर बालेन आफ्नो कदमबाट पछि हच्किने देखिन्न। सामाजिक सञ्जालमा आएका उनका धारणाले उनको चट्टानी अडान यथावत नै देखिन्छ।


अर्को प्रसंग हो, सार्वजनिक जग्गाको खोजी । २०४६ को राजनतिक परिवर्तन पछि काठमाडौ उपत्यका मिचाह मानिसहरुबाट अतिक्रमित छ। सत्ताको पहुँचका बलमा टाठाबाठाहरुले नदी किनारा मात्रै होइन, सार्वजनिक जग्गा पनि कब्जा गरे। सार्वंजनिक चौरदेखि देव देवालयका जग्गा कतै बाँकी राखिएन। शक्तिको आडमा सरकारी जग्गा खाने भूमाफिया र दलालहरु सक्रिय भए। यी सबै एमाले कांगेस र पछिल्लो समय माओवादीका कार्यकर्ता पनि मिसिए। सत्ताको शक्तिलाई मुठ्ठीमा राखेको माफिया गिरोहले कब्जा गरेको सार्वजनिक सम्पत्तिमाथिको अतिक्रमण विरुद्ध एक्सन लिए मेयर बालेन साहले। राजनीतिक पहुँच र बलका भरमा कब्जा गरिएको सरकारी जमिन खोज्दै जाँदा उनले बानेश्वरबाट काम थाले। उनको पहिलो काममा माफियाहरु आक्रमक भए,मािफयाहरुलाई साथ दिदै एमाले बालेनसंग पाखुरी सुर्कायो, त्यसका लागि एमाले नेता महेश बस्नै निकै खटिए। माफियाहरु पोस्ने गरी एमाले नेता महशे बस्नेत पाखुरी सुर्काए पनि मेयर बालेन डगमग भएनन्। उनको सार्वजनिक जग्गा खोज्ने र माफिया मुक्त बनाउने अभियान अहिलेपनि जारी छ। २ वर्षको कार्यअवधिमा काठमाडौ फराकिलो र सुन्दर पनि भएको छ।

त्यस्तै गरी मेयर बालेनले न्यूरोडको फुटपाथलाई विस्तार गर्न खोजे, सत्तालाई त्यसलाई अवरोध ग¥यो, वर्षाैदेखि पार्किङको नाममा जनताबाट पैसा उठाउने धन्दा चलाइरहेको समूहलाई ठूलो धक्का लाग्यो। मेयर बालेनले न्यूरोडको पार्किङ अधुरो धरहराको अन्डग्राउण्डमा व्यवस्था गरिदिए। न्यूरोड खुला मात्रै भएन, जनताको दैनिक लाखौ पैसा जोगियो, मािफयाहरुको दुहुनो गाई बनेको पाकिङ धन्दामा ब्रेक लाग्यो, त्यसका विरुद्ध दलका कार्यकर्ता आगो भए, बालेन विरुद्ध । त्यसमा पनि एमाले सबै भन्दा बढी आक्रोश भयो, सडकको फोहोर उठाएर काठमाडौ महानगरले सडक विभागकै दैलोमा फालिदियो, बालेनको विरुद्धमा एकथरीले विषवमन गरे । त्यसको विषयमा प्रधानमन्त्री केपी ओलीले पाकिङ शुल्क उठाउनुपर्ने तर्क गर्दै आए, देशको प्रधानमन्त्रीको पदले त्यो र्हैसियत दिन्छ, या दिदैन उनले केही स्वार्थ समूहका लागि बोलिदिए। २२अर्बको वक्यौता असुली भन्दा उनलाई २० रुपैया पार्किङ शुल्क महत्व लाग्यो। यस विषयमा पनि काठमाडौका मेयर र एमाले पंक्तिबीच सञ्जाल वार चल्यो, अहिले पनि जारी छ। तर, जति जति मेयर बालेनसंग पाखुरी सुकाउँछन् उनीहरु सिद्धिएका छन्।बालेनसंगको पाखुरी सुर्काइ पनि एमालेका लागि निकै महंगो बन्ने विश्लेषण गरिएको छ।


बालेन आफैमा इन्जिनियर हुन्, स्वयं आफै प्राविधिक भएको हिसाबले पनि शहरीकरणको ज्ञान उनीसंग छ। प्राचीन सम्पदाहरुको खोजी तथा उत्खनन् र प्रवद्र्धनमा उनी नमुना नै बनिसके । हिटीदेखि बुद्धको मूर्तिको खोज्ने मात्रै होइन, टुकुचा फर्काउने उनको अभियान यथावत छ। उनका यस्ता लोकपृय कामले उनको उचाइ अग्लिदो छ, पुराना दलहरुप्रतिको जनताको क्रेज घट्दो दरमा छ। संघीय निर्वाचनमा पनि नयाँ शक्तिहरुले चमत्कारिक विजय हासिल गरे। पुराना र खारिएका दल एमाले, माओवादी र कांग्रेस खुम्चिए ।


स्थानीय तहको निर्वाचन जितेसंगै मेयर बालेन्द्र साह महानगरभित्रका सार्वजनिक सम्पत्तिको संरक्षण र उत्खनन्मा लागे। प्रारम्भमा लामो समयदेखि सार्वजनिक जग्गा हडपेर अकुत सम्पत्ति कमाएकाहरुले कब्जा गरेका जमिन खोज्न थाले । यद्यपि मेयर बालेन विरुद्ध कुर्लिए उनीरु । बालेनले कानून विपरित गरिएका यस्ता अवैध संरचनामा डोजरको अभियान चलाए, जुन अहिलेपनि निरन्तर जारी छ। ३५ वर्षदेखि शासन सत्तामा रहेर पनि देश र जनताको लागि कुनै सम्झनयोग्य काम नगरेका उनीहरु र उनका कार्यकर्ताहरु बालेनमाथि आक्रमण गर्दै आएका छन्। जो अहिलेपनि यथावत छ। जनताको आक्रोश छ। गणतन्त्र जस्तो उन्नत व्यवस्था स्थापना भएपनि देश र जनताको दुःखका दिन गएनन्। सत्ताधारीहरुका परिवार र आफन्त बाहेक आम नागरिकका लागि गणतन्त्र अझै आएको छैन । सत्ता परिवर्तन भएपनि देश परिवर्तन भएन। शान्ति प्रक्रियाको झण्डै दुइ दशक भैसक्दा पनि जनतामा कुनै शान्ति र सम्वृद्धिको गुन्जायस देखिन्न । दलीय सिण्डिकेट र एकमनावादकै कारण मुलुकभित्र भ्रष्ट राजनीतिको रुख मात्रै होइन, यसका हाँगाविँगा उस्तै सप्रिए ।

यही बेथिति र विकृतिकै कारण जनता बालेन जिन्दावाद भन्ने अवस्थामा पुगेका हुन्। बालेनको कुनै दल छैन, न त उनीसंग संगठन छ। तर, पनि इमानको राजनीतिको तागत निकै बलशाली हुँदो रहिछ भन्ने शिक्षा बालेनले दिएका छन्।उनीसंग पनि हजारो कमजोरीहरु होलान्, उनको सन्का शैली गलत छ। विवेक भन्दा आवेगलाई उनले चलाएको आरोप पनि उनीमाथि छ। तर, सत्य योहोकी उनमा कुनै लोभ लालसा र स्वार्थ देखिन्न । जसका कारण सिंहदरबारले जतिसुकै षड्यन्त्रका तुनाुबुना बुनेपनि उनी गल्ने कुनै छाँट देखिन्न । बरु उनी झन् पछि झन् बलियो भएका छन्। सत्ताधारीहरुको राजनीतिक भविष्यका लागि काउछो बनेका छन्। बालेनको यही लोकपृयताले २०८४ को निर्वाचन झनै महंगो हुनेछ, भने दलहरुको भविष्य पनि संकटमा पर्ने देखिन्छ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  २ : १० बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित