नेपाल वायुसेवा निगमको ए- ३३० वाइडबडी जहाज ‘नाइन एन-एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा भर्न थालेको छ।
जहाजको नियमित सि-चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो ।
प्रवक्ता पाैडेलले भने,’अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि-चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियाे । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।’
उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले सरजु अनलाइनलाई बताए ।








