एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
यस नवनिर्मित भवनको वैदिक विधिपूर्वक पूजा अर्चना गरि बैंकको कर्पोरेट कार्यालय स्थानान्तरण गरिएको हो। बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालबाट मिति २०८२ ज्येष्ठ १० गते उद्घाटन गरिएको हो।
पूजा तथा उद्घाटन समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यस अघि रहेको थापाथली, काठमाडौं–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरुको कार्यालय लगायत विभिन्न विभागहरु आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरु कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो ।
कार्यालय स्थानान्तरण भएसँगै ग्राहक तथा सरोकारवालाहरुले यस स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरु लिनेछन् । कमलादीस्थित कर्पोरेट कार्यालयले स्थानान्तरण भएपछि सेवा प्रवाहमा अझै सहजता विश्वास बैंकले लिएको छ ।








