२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

कांग्रेस नेता धनराज गुरुङमाथि पनि लाग्याे, सहकारी ठगीकाे आराेप


२४ भाद्र २०८१, सोमबार  


नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङमाथि पनि सहकारी ठगी आराेप लागेको छ। उनीमाथि सहकारी ठगीको आराेपमा अनुसन्धान सुरु भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।

ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्था ठगीको अभियोग उनीमाथि छ । उनकी पत्नी ज्योती गुरुङ सो सहकारीकी उपाध्यक्ष थिइन् । उनी उपाध्यक्ष हुँदा सहकारीको १५ करोड हिनामिना भएको हो ।

ज्योती हाल विदेशी गइसकेकी छिन् । हाल सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले नै धनराज र ज्योतीविरुद्ध सिआइबीमा उजुरी दिएका हुन्

ठगी प्रकरणमा आफु पनि मुछिने भएपछि धनराजले कानूनी रुपमा ज्योतीसँग सम्बन्ध बिच्छेद गराइसकेका छन् ।
ठगीमा धनराजले समेत सघाएको भन्दै उनीविरुद्ध समेत उजुरी परेको हो । सूर्य थापा नेतृत्वको संसदीय बिशेष छानविन समितिमा समेत धनराज गुरूङ विरुद्ध यस विषयमा उजुरी परेको बताइएको छ ।रास्वपा सांसद गणेश पराजुलीले सांसद गुरूङमाथि सहकारी ठगीको विषयमा छानबिन हुन्छ, कि नाइ भन्दै संसदमार्फत सरकारलाई प्रश्न गरेका थिए।

यसअघि रास्वपा सभापति रवि लामिछानेमाथि सहकारी ठगीको अभियोग लागेको छ । लामिछानेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ तर उनको मिलेमतो देखिने प्रष्ट प्रमाण भने फेला परेको छैन । ग्यालेक्सी टिभीको सञ्चालक हुँदा सहकारीको रकम हिनामिना गरेको अभियोग उनीमाथि छ

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  ५ : ११ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित