३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

मजदुरमारा तुल्सीपुर चेम्बर अफ कमर्स ,मजदुरको ३२ लाख रकम नदिएर ठेकेदार सम्पर्कविहिन


२७ फाल्गुन २०८१, मंगलबार  


तुल्सीपुर चेम्बर अफ कमर्सबाट मजदुरहरू ठगिएका छन् । तुलसीपुरमा सञ्चालन भएको महोत्सवबाट मजदुरहरु ठगिएका हुन् ।

तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा यही फागुन १ गते देखि १७ गतेसम्म सञ्चालन भएको दोस्रो तुलसीपुर महोत्सव २०८१ मा स्टल बनाउने काम गरेका मजदुरहरु ठगिएका हुन् ।

तुलसीपुर चेम्बर अफ कमर्शले १० जना मजदुरको झण्डै साढे ३२ लाख रुपैयाँ अहिलेसम्म भुक्तानी नगरेको पीडितहरूले बताएका छन् ।उनीहरूले महोत्सव सकिएको धेरै दिन भैसक्दा पनि आ फूहरूले पाउनु पर्ने पारिश्रमिक नपाएको पीडितहरुले आज रिपोटर्स क्लव तुलसीपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा सबैभन्दा धेरै रकम ठगिएका पीडित गणेशप्रसाद पन्थीले बताएका छन्् ।उनले आफ्नो मात्रै १५ लाख रुपैयाँ पाउन बाकी रहेको बताएका हुन्। कपिलवस्तुको शिवराज नगरपालिका–५ का पन्थीले महोत्सवमा झण्डै ५ सय ३६ वटा स्टल निर्माण लगाएतको गरी १६ लाख रुपैयाँमा सम्झौता भएपनि १ लाख मात्रै पाएको पत्रकार सम्मेलनमा बताए उनले बाँकी १५ लाख रुपैया नपाएपछि दिलाइदिनका लागि प्रहरी प्रशासनमा धाएपनि कसैले सुनुवाइ नगरेपछि बाध्य भएर पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्नु परेको दुखेसो पोखे।


महोत्सव नसकिदै सबै रकम दिने सहमति भएपनि चेम्बरले महोत्सव सकिएको १० दिन बितिसक्दा समेत आफुहरुले पैसा नपाएको पीडितहरुले बताए ।
तुल्सीप उप–महानगरपालिकाबाट चेम्बरले महोत्सव सञ्चालनका लागि अनुमति लिएको थियोे ।तर, सेटिङमा काठमाडौ र सुर्खेतका ठेकेदारहरूलाई महोत्सवको जिम्मा दिईएको थियोे । अहिले ठेकेदार सम्पर्कबिहिन भएपछि मजदुरहरू बिचल्लीमा परेका हुन्।

काठमाडौं र सुर्खेतका ठेकेदार घनश्याम श्रेष्ठ, राजु अधिकारी लगायतका व्यक्ति अहिले सम्पर्कविहिन छन् । ठेकेदारसँग समन्वय गराइदिन आग्रह गर्दा चेम्बरका अध्यक्षले वास्ता नगरेको पीडितले दुखेसो गरेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : ११ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित