४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

वैदिक साम्यवादका प्रवर्धक राष्ट्र गुरु योगी नरहरिनाथ र स्वाधीन नेपाल


२ चैत्र २०८१, आइतबार  


पूर्वीय दर्शनका ज्ञाता हुन्,राष्ट्र गुरु नरहरिनाथ। विक्रम सम्वत १९७१ फागुन १७ गते कालिकोटमा जन्मिएका गुरु सनातन धर्म,वैदिक ज्ञान र संस्कृतिका प्रवर्धक हुन्।

बुबा ललितसिंह थापा र आमा गौरा देवीका सुपुत्र योगी नरहरी नाथको बाल्यकालको नाम भने बलवीर कृष्ण थापा हो। जानकारहरूका अनुसार गुरु भारद्घाज गोत्री बझाङ्गी सिंह ठकुरीहरूको वंशज भएको बताइएको छ।


आठ वर्षको उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंह थापाले विक्रम सम्वत १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्न्यास लिएका थिए। त्यसपछि मात्र उनको नाम योगी नरहरिनाथ रहन गएको हो ।

कालीकोटको लालू गाउँमा जन्मिएका योगी नरहरीनाथ नेपालको पुरातत्त्विक खोज तथा अनुसन्धानका प्रकाण्ड विद्वान हुन्। नेपालको ऐतिहासिक तथा पुरातात्विक खोजलाई पूर्व मेची देखि पश्चिम महाकालीसम्म उनै योगीले अभियान चलाएका थिए।

योगीले देश दर्शनमा जीवन विताएका थिए। उनले स्वदेश एवं विदेशका धेरै ऐतिहासिक तथा पुरातात्त्विक स्थानहरूको भ्रमण अध्ययन गरेर धेरै उपयोगी पुस्तकहरु प्रकाशन गरे। पूर्वीय दर्शन ,धर्म, भाषा, इतिहास, समाजशास्त्र, दर्शनशास्त्र, आयुर्वेद, साहित्य जस्ता अनेकन विधामा उनले पुस्तक लेखे ।योगी वाङ्मयका ज्ञाता भएको जानकारहरू बताउँछन् ।

वेद, वेदान्त, दर्शन, इतिहास, लगायत मानव जीवन र जगतसंग सम्बन्धित विषयका पुस्तक लेखेका योगी नेपालमा मात्र होईन,भारत लगायतका धेरै देशमा सनातन धर्म , संस्कृतिको विषयमा प्रवचन दिन्थे।
गोरखनाथका अनुयायी योगी नरिहरिनाथले मानव, जीव र वनस्पती सबैको कल्याणको लागि खोज तथा अनुसन्धान गरे।

नेपालको दुर्गम बस्तीमा जन्मेका योगीले शिक्षा प्राप्तिका लागि सानै उमेरमा घर छोडेका थिए।
एक आदर्श पथप्रदर्शक गुरूका रूपमा स्थापित योगीले नौ बढी पत्रिकाको सम्पादन गरेका थिए। उनको इतिहास, समाजशास्त्र, दर्शनशास्त्र, आयुर्वेद, साहित्य भाषा र विभित्र जातजातिको वंशावली लगायत मानव उपयोगी ५ सय ७१ वटा पुस्तकहरू प्रकाशित छन् ।उनका कयौ कृतिहरुका पुस्तक तयार भैइसकेका पाण्डुलिपी पनि छन् ।

उनले लेखेका पुस्तकमा नेपालको शासकीय स्वरूप, शक्ति, उद्योगधन्दा, अर्थतन्त्र, रीति–थिती, धर्म, भाषा, शिक्षा, संस्कृति मौलिक विशेषताका आधार स्थम्भमाथि भइरहेको आक्रमणको सन्दर्भहरू रहेका छन् ।

राष्ट्रगुरू योगी नरहरिनाथलाई क्षिप्रानाथले नै बलवीरलाई कन्फटा जोगी बनाएका थिए। राष्ट्रगुरू योगीले भारतको बनारस, हरिद्वार, खन्ना हुँदैे मद्रासको संस्कृत विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए।सनातन सभ्यता र संस्कृति प्रवर्द्धनमा सक्रिय रहेका गुरूले नेपाल, भारत, तिब्बत, श्रीलंका, अफगानिस्तान, म्यानमारका मठमन्दिरहरूमा सत्संग गर्दै इतिहास, भाषा र संस्कृतिको ज्ञान आर्जन गरेका थिए।

धेरै भाषाहरुमा दक्खल गुरूले प्राचीन लिपी पनि जानेको तथ्य प्रमाण उनैले लेखेका कृति काफि छन् । राष्ट योगी नरहरिनाथका ५ सय ७१ वटा पुस्तक छन् ।उनले सङ्कलन गरेका ऐतिहासिक दस्तावेजहरू नियतवस समाप्त पार्न पटक पटक काेशीस गरिएको थियोे ।तैपनि हालसम्म करिब दुई हजारको संख्यामा अप्रकाशित पुस्तकका लागि तयार पारीएका पाण्डुलिपिहरू रहेेका छन् ।

विदेश मामिलाका जानकार अरूण सुवेदी भन्छन् ,”नेपाललाई संयुक्त राष्ट्र संघको सदस्यता दिनका लागि अमेरिकी सहयोग थियोे ।उसले सबै भन्दा पहिले १९४७ मा नेपालमा दूतावास खोलेको थियोे । जबकि छिमेकी चीन मौन थियो भने भारत नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता नदिने दाउँमा थियोे ।”

हाे, यस्तो बेलामा नेपालका ऐतिहासिक तथ्य र प्रमाण संकलन गरेर तत्कालीन सरकारलाई याेगी नरहरिनाथले सघाएका थिए। जतिबेला राजा महेन्द्रले देशको शासन बागडोर सम्हालेका थिए। राजा महेन्द्र पनि समकालीन विश्वमा कुशल राजनीतिज्ञ र कूटनीतिज्ञका रूपमा परिचित छन् ।उनै राजनीतिज्ञ शाहलाई ऐतिहासिक तथ्य र प्रमाण जुटाएर सघाउने व्यक्ति योगी नरहरिनाथ थिए।

छिमेकीहरूका कलुषित भावना र स्वार्थबाट देशको सार्वभौमिकताको रक्षा गर्न उनको योगदान रह्यो । जसको परिणाम हामी आ ज संयुक्त राष्ट्र संघको एक सदस्य भएर स्वतन्त्र रूपमा विचरण गर्न पाएका छौ,नेपाली भएर संसार स्वतन्त्र ,स्वाभिमान र स्वाधीनताका साथ जिउन पाएका छौ।


योगीले शैवागमको सोधखोज, धर्मजागरण हेतु कोटिहोम–२०७२ स्मारिकामा उल्लेख गरिए अुनुसार नेपालमा र विदेसमा गरी जम्मा १२९ स्थानमा कोटिहोम लगाएका थिए।नेपालमा संस्कृत विश्र्वविद्यालय खोल्न उनैले अलख जगाएका थिए। त्यसपछि २०४३ सालमा दाङमा साविकको महेन्द्र संस्कृत विश्वविद्यालय खुलेको थियोे ।

योगीले नेपालको स्वतन्त्रता स्वाधीनता र अस्तित्वको लागि ऐतिहासिक प्रमाणहरूको आधारमा पुस्तकहरु प्रकाशन गरे।स्वाधीन राष्ट्र निर्माणका लागि राजनीतिकना चेतना फैलाए।सरकारले पनि उनको नाममा हुलाक टिकट प्रकाशन गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  ८ : १२ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित