मंगलबार बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजोआज सोमबार पनि सुन यही मूल्यमा किनबेच भएको थियो ।
यसैबीच सोमबार चाँदीको मूल्य भने केही बढेको छ । सोमबार तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ८०५ रुपैयाँ पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।