६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

लाङटाङ पदयात्राका पत्रकारहरुलाई भिलेज हाइल्याण्ड रिसोर्टद्वारा विदाइ


१९ जेष्ठ २०८२, आइतबार  



लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानमा आवद्ध पत्रकारहरु लाङटाङ पदयात्राको स्थलगत रिपोर्टिङमा जाने भएका छन् । लाङटाङ क्षेत्रको स्थलगत रिपोटिङका लागि उनीहरु जाने भएका हुन्।


लाङटाङ पदयात्राका लागि जाने प्रतिष्ठानमा आवद्ध पत्रकारहरुलाई भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोट भक्तपुरले आइतबार एक कार्यक्रमकाबीच विदाइ गरेको छ। भिलेज हाइल्याण्डका अध्यक्ष रामसुन्दर बकेले पत्रकारहरुलाई भादगाउँले टोपी र खादा ओढाएर विदाइ गरेका हुन्।


विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बकेले लाङटाङ पदयात्राको रिपोटिङमा जान लागेकोमा खुशी व्यक्त गरे । मुलधारमा क्रियाशील पत्रकारहरु यसरी स्थलगत रिर्पोटिङमा जानुले त्यस क्षेत्रका विविध विषयमा खबर सम्प्रेषण हुने विश्वास व्यक्त गरे। लाङटाङ क्षेत्र विश्व बजारमा आकर्षक गन्तव्य भएपनि बफर जोन सहित ग्रामीण जीवनशैली, संस्कृति, परम्परा, भाषा र साहित्य लगायतका विषयमा खोज पत्रकारिता गर्न पनि सुझाए ।


यसका साथै अध्यक्ष बकेले भक्तपुरको रानीकोट ऐतिहासिक, प्राचीन र पौराणिक महत्वको गन्तव्य भएको बताए । तत्कालीन राजाहरुको दरबारदेखि महाभारतको युद्धसंग जोडिएको यस क्षेत्र इतिहास,श्रुती र स्मृतिका कथनहरुमा जोडिएको उनले बताए । रानीकोट पर्यटकीय महत्वको गन्तव्य भएकोले यसको प्रचार प्रसारमा सबैको साथ र सहयोग अझै हुनेमा उनले विश्वास व्यक्त गरे।


प्राचीन मात्रै होइन, प्रकृतिको अद्भुत सुन्दर दृष्यहरुको अवलोकन पनि गर्न सकिने भएकोले यस क्षेत्र पर्यटकको रोजाइमा परेको उनले बताए । राजधानीदेखि करिब २५ किलोमिटर दक्षिण पूर्वमा पर्ने रानीकोट तत्कालीन भक्तपुरका राजा भूपतेन्द्र मल्ल गृष्मकालीन सिजनमा बसाइ सर्ने गरेको इतिहासमा पाइन्छ।


लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठान र बागमती प्रदेश पर्यटन मन्त्रालयको सहकार्यमा त्यस क्षेत्रको कार्यक्रम तथा खोजमूलक खबर संप्रेषणका लागि पत्रकारहरु लाङटाङ निस्किन लागेका हुन्।

यही मिति २०८२ साल जेष्ठ २० गतेदेखि यही जेष्ठ २४ गतेसम्म पत्रकारहरु यस क्षेत्रमा रहने छन्। स्थलगत रिर्पोिङमा निस्किन लागेका पत्रकाहरुलाई युनिक एड्भेन्चर इन्टरनेसनल प्रालिले पदयात्राका लागि आवस्यक पर्ने सामग्री सहयोग गरेको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ४ : १३ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित