१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

हामी युवामैत्री वडा निर्माणमा छौ : वडाध्यक्ष थापा


२९ भाद्र २०८१, शनिबार  


एक काविल जनप्रतिनिधि हुन्, वडाध्यक्ष, हिरा बहादुर थापा ‘राजेन्द्र’ । सामाजिक जीवन र राजनीतिक जीवनको संयोजनबाट समाजमा स्थापित नेता हुन्। उनै स्थानीय जनप्रतिनिधि हिरा बहादुर थापा, बाबु निलबहादुर थापा र आमा कृष्णाकुमारी थापाको कोखबाट २०४४ साल साउन महिनाको ९ गते जन्मिएका हुन्।साविकको थाक्रे गाउँ विकास समितिको वडा नम्बर ३ मा उनको जन्म भएको थियो । सानै उमेरदेखि सामाजिक सेवामा तल्लीन थापाले प्रवेशिका परीक्षा २०६२मा महाकाली माध्यमिक विद्यालय सिम्लेबाट उत्तीर्ण गरेका थिए । उनले आधारभूत कम्म्युटर ज्ञान भएका वडाध्यक्ष थापाले वडाको योजना तर्जुमा तथा छनौट सम्बन्धि विभिन्न तालिम र प्रशिक्षण समेत लिएका छन्। सूचना प्रविधिसंग निकट रहेका उनी सामाजिक सञ्जाल र न्यूज पोर्टलहरुमा आउने समसामयीक विषयका मुद्दाहरुमा रुचि राख्ने गर्दछन्।.

राजनीतिक संलग्नताः नेकपा माओवादी केन्द्र २०५९ देखि अखिल क्रान्तिकारी विंद्यार्थी संगठनमा आवद्ध,माओवादीको सहायक संगठन वाइसियल जोडिएर २०६२÷६३ को जनआन्दोलनमा प्रत्यक्ष सहभागी भएका थिए ।

साविकको थाक्रे गाउँविकास समितिको वाइसियलको अध्यक्ष,पार्टीको सचिवालय सदस्यको रुपमा कार्य अनुभव छ, उनीसंग । उनी २०६७÷६८ मा पार्टीको गाउँ पार्टी सदस्य, २०७३ मा थाक्रे गाउँपालिका कमिटी सदस्य,२०८० सालदेखि हाल जिल्ला समन्वय समिटी सदस्य पदमा कार्यरत रहेका छन्।


२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा थाक्रे गाउँपालिका वडा नम्बर ६ का लागि नेकपा माओवादी केन्द्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर ८८७ मतका साथ विजयी भएका थिए, बहादुर थापा ‘राजेन्द्र’प्रतिद्धन्द्धी भन्दा २९१ मतान्तरले निर्वाचन जितेका थिए ।


उनको निकटम् प्रतिद्धन्द्धी नेकपा एमालेका पूर्ण बहादुर कार्कीले ५सय ९६ मत प्राप्त गरेका थिए। उनी पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा यसै वडामा विजयी भएका थिए, यति मात्रै होइन, २०५४ सालको स्थानीय निकाय भएको बेलामा पनि साविकको स्थानमा निर्वाचित भएका थिए । हाल थाक्रे गाउँपालिकाको अध्यक्ष रामकुमार आचार्य छन्, भने उनी नेकपा एमालेको तर्फबाट पालिका प्रमुख हुन्।

सामाजिक संलग्नता : दुःखी,गरिब, असाहय, विपन्न, दलित, महिला तथा बालबालिकाहरुको क्षेत्रमा आफ्नो क्षमता र दक्षता अनुसार मानवीय सेवा गर्दै आएका छन्। उनीहरुका लागि भौतिक, आर्थिक तथा सामाजिक सेवा गर्दै आएका वडाध्यक्ष हिरा बहादुर थापा ‘राजेन्द्र’ नमुना सांस्कृतिक परिवार (क्लब)सदस्य हुँदै कोषाध्यक्ष पदसम्म पुगेर काम गरेका थिए। वडाको विकासका लागि विभिन्न समयमा गठन भएका उपभोक्ता समिति र संस्थाहरुमा काम गरेको अनुभव छ,उनीसंग ।उनी गाउँको शिक्षामा सुधार ल्याउन भन्दै सेतीदेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिको सदस्य भए र पछि त्यसै विद्यालयको लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर काम गरे।


विद्यालयको भौतिक तथा शैक्षिक सुधारमा योगदान दिए । हाल उनी जिल्लाकै उत्कृष्ट र अब्बल मानिएको जनज्योति माध्यमिक विद्यालयको अध्यक्ष पदमा कार्यरत छन्। सामाजिक सेवामा संलग्न वडाध्यक्ष थापा आफ्नै व्यवसाय सञ्चालन गर्दै आएका छन् निर्माण सेवा तथा खानीजन्य वस्तुको उत्पादन तथा वितरणसंगै व्यापार व्यवसायी गर्दै आएका छन्। राजनीतिलाई सेवाको भावले अघि बढाएका उनी आफ्नै व्यवसायमा पनि उत्तिकै सक्रिय छन्।


वडाको अवस्थिति :
थाक्रे गाउँपालिका वडा नम्बर ६ यस वडाको क्षेत्रफल ३।२१ वर्गकिलोमिटर रहेको छ।यस वडाको आफ्नै भवन छैन । यस वडा नम्बर ६ समुन्द्री सतहदेखि ६१५ मिटर उचाइमा रहेको छ। यश वडाको सिमानामा रहेका कुनै पनि पालिका छैनन्। यसै गाउँपालिकाका २, ४, ५, ७, १० र ११ वडाहरु यस वडाका सिमानामा रहेका छन्। साविकको थाक्रे गाउँविकास समितिको वडा नम्बर ३ थियो । त्यही वडा गाउँपालिका भएपछि अहिले ६ नम्बर बनेको हो ।


शिक्षाको अवस्था :
यस वडामा जनजागृति माध्यमिक विद्यालय र सेतीदेवी माध्यमिक विद्याल रहेका छन्। जनजागृतिसंग ६ वटा भवन रहेका छन् भने,सेतीदेवी माध्यमिक विद्यालयको ३ वटा भवन रहेका छन्। जनजागृतिमा शिक्षक तथा कर्मचारीको संख्या ५० रहेको छ, भने सेतीदेवीमा १६ जना रहेका छन्। जनजागृतिमा विद्यार्थीको संख्या १३५१ र सेतीदेवीमा २४५ जना विद्यार्थीले अध्ययन गर्दछन् ।


वडाध्यक्ष थापा कृषि,उद्यम र रोजगारी सिर्जनामा सक्रिय :
यस वडा नम्बर ६मा राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडाको जनसंख्या ३ हजार २ सय ८५ रहेका छ। जस मध्ये ब्राम्हण र क्षेत्री ५२ प्रतिशत,जनजाति २८ प्रतिशत, दलित ५.६ प्रतिशत र अन्य जातजाति १४.४ प्रतिशत रहेका छन् । यस वडाको परिवारको संख्या ७५१ रहेको छ।


यस वडाको कुल क्षेत्रफल मध्ये १.३८ प्रतिशत जमिन कृृषियोग्य छ। यहाँ ८१ प्रतिशत मानिसहरु कृषिमा आवद्ध भएका छन्। यहाँको मुख्य बाली धान हो । कुल बाली उत्पादनमा धानको हिस्सा ३५.२१ प्रतिशत, मकै ४८.३९ प्रतिशत, अन्य बाली १६.४प्रतिशत रहेको छ।


वडाको रोजागारी तथा स्वरोजगारको अवस्था:
यस वडाको कुल जनसंख्याको ९.३६ प्रतिशत वैदेशिक रोजगारीमा गएका छन्, त्यस मध्ये ५.३ प्रतिशत मलेशिया लगायत खाडी मुलुकमा कामका लागि पुगेका छन्। भने पश्चिमा मुलुकमा जानेहरु ४.१७ प्रतिशत रहेको छ। स्वदेशी रोजगारी मध्ये शिक्षक, निजामती, सेना र प्रहरीको क्षेत्रमा जानेहरु ३.२१ प्रतिशत रहेका छन् भने निजी क्षेत्रले २१.७ प्रतिशत रोजगारी दिएको छ। यस्तै गरी स्वरोजगारमा रहेकाहरु २८.८३ प्रतिशत रहेका छन्।


जसमा उद्यम, पर्यटन, कृषि , व्यापार आदि क्षेत्रमा रहेका संख्या हो यो । यस वडामा ठूला उद्योगहरु सञ्चालनमा रहेका छैनन्। यहाँ साना तथा घरेलु उद्योगहरु रहेका छन्। जस्तैः मादल बनाउने, फलामका भाँडाकुँडा बनाउने,क्रिस्टल मालाको उद्योग, सिलाइकटाइ, कुटानीपिसानीका मिल सञ्चालन,कुखुरा पालन, बाख्रा पालन,बंगुर पालन र फलफूल खेतीका उद्यमहरु सञ्चालनमा रहेका छन्।


स्वास्थ्यको अवस्था : वडामा महादेवबेसी स्वास्थ्य चौकी रहेको छ। चारकोठे भवन रहेको छ। यस्तै एक तले आल्मुनियम पार्टिसियन गरिएको ४ कोठाको रहेको छ, भने एउटा एकतले भवन छ। यस स्वास्थ्य संस्थामा एक जना एमबीबीएस डाक्टर कार्यरत छन्,एक जना निजी श्रोतमा स्वास्थ्यकर्मी रहेका छन्।यो संस्थाबाट २४ सै घण्टा इमरजेन्सी सेवा प्रदान गरिन्छ।संस्थामा दैनिक ४० देखि ५० को हाराहारीमा बिरामीले उपचार सेवा पाउँदै आएका छन्। ल्याब सेवा मार्फत विभिन्न रोगहरुको चेकजाँच गरिन्छ। यस्तै गरी यहाँ बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। प्रसुती सेवाका लागि यो सेन्टरमा सुत्केरी गराइन्छ। यस संस्थामा भिडियो एक्सरे सम्मको सुविधा छ।


मानवीय सेवा तथा राहतमा वडा:
वडा नम्बर ६ का बाढी पहिरो पीडित, आर्थिक विपन्नता, जेष्ठ नागरिक तथा अशक्त महिलाहरुलाई विभिन्न शीर्षकमा आर्थिक तथा खाद्यान्न सहयोगका कार्यक्रमहरु सम्पन्न ।

सुरक्षित र भयरहित युवामैत्री वडा निर्माण:
वडा नम्बर ६ लाई अपराध तथा दुर्घटनामुक्त बनाउन विद्यालय तहका विद्यार्थीलाई लागू औषध दूर्व्यसनी रोकथाम तथा सवारी दुर्घटना सम्बन्धि अभिमुखिकरण ।

वडास्तरीय छलफल:
वडाबाट प्रवाह हुने सेवा तथा भौतिक विकास पूर्वाधारका विषयमा स्थानीयहरुसंगको छलफल, सामूहिक छलफलबाट वडाका भौतिक तथा मानवीय विकासमा सक्रिय वडा ।

वडाको पर्यटन प्रवद्र्धन :
थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेका सार्वजनिक सम्पत्तिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका प्रयासहरु, पूर्वाधार निर्माण र प्रवद्र्धनात्मक कामहरु सम्पन्न।

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  १० : १४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित