पक्कै पनि हाम्रो आर्थिक दैनिकीलाई डिजिटल कारोबारले निकै सहज बनाएको छ। आजभोलि ठूला व्यापारिक कम्पलेक्समा मात्रै होइन, चिया पसलदेखि तरकारी पसलमा पनि हामी मोबाइल बैंकिङबाट भुक्तानी गर्दछौ, हामीले गर्ने आर्थिक लेनदेन गर्ने सजिलो माध्यम भएको छ,मोबाइल बैंकिङ र एटीएम प्रविधि । सूचना प्रविधिको तीब्र विकाससंगै डिजिटल कारोबारले प्रभुत्व जमाएको छ।
हिजो बैक पुगेर चेक साटेर मात्रै पैसा निकाल्न सकिन्थ्यो। आज त्यसलाई एटीएम प्रविधिले क्रमश विस्थापन ग¥यो। पछिल्लो समय एटीमसंगै मोबाइल बैकिङले झनै सहज बनाइदिएको छ। जसले हाम्रो कारोबार सहज र सुरक्षित भएको छ। पछिल्लो समय नेपालमा पनि विद्युतीय (डिजिटल) कारोबारको लोकप्रियता ह्वात्तै बढेको छ। अझै कोरोना महामारीका कारण डिजिटल कारोबारको लोकप्रियता झनै बढेर गएको हो ।पछिल्लो समय क्यूआर (Quick Response)कोडको प्रयोगले त झन् डिजिटल कारोबारमा सर्वसाधारणको आकर्षण निकै बढेको छ। इन्टरनेटको पहुँच हुने गरेका स्थानमा डिजिटल कारोबारले लोकप्रियता यसरी पाएको हो ।
तर, यसरी भइरहेको छ, डिजिटल ठगी:
पछिल्लो समय डिजिटल कारोबार क्षेत्रमा क्युआर र एटिएम प्रविधि निकै आक्रमक भएका छन्। चिया पसलदेखि ठूला ठूला कम्पलेक्समा पनि नगदरहित कारोबार हुने गरेको छ। यसले हाम्रो आर्थिक दैनिकीलाइ ज्यादै सहज बनाएको छ। यस विषयमा कसैको विमति नहोला । तर, डिजिटल कारोबारोको नामा ग्राहक ठगिएका छन्। ग्राहकहरु ठगिएको घटनाहरु नौलो त होइनन्।यति ठूलो ठगी भइरहँदा पनि सरकारले यसलाई व्यवस्थित गर्न सकेको छैन । यद्यपि डिजिटल कारोबारोमा आफू ठगिएको भन्दै जाजरकोटका अविन विकले सामाजिक सञ्जालमा पोस्ट्याएका थिए। उनले सञ्जालमा पोस्ट्याएको विषयलाई कोड गर्दै प्रधानमन्त्री केपी ओलीले आफ्नो पेजमा शेयर गरेका थिए । अविन जस्ता हजारौ ग्राहकहरुले अनावश्यकरुपमा मोबाइल बैंकिङ गर्दा दैनिक ७० रुपैयासम्म काटिएको भन्दै गुनासो गरेका थिए। त्यही विषयलाई उठाएर प्रधानमन्त्री ओलीले शेयर गरेपनि आज दुई हप्ता भैसक्दा पनि चार्जका नाममा रकम काटिनेक्रम रोकिएको छैन । उनले सम्बन्धित अधिकारीसंग छलफल गरेर चार्जका नाममा रकम काटिने समस्या हल गरिने बाचा गरेका थिए। उनको बाचा बाचामै सीमित छ।
प्रधानमन्त्रीले समस्या हल गर्ने बाचापछि पनि डिजिटल कारोबारको नाममा ठगिनेक्रम जारी छ। यस्तै ठगिएको भन्दै एक जना ग्राहकले सञ्जालमा चार्जका नाममा रकम काटिएको विवरण सामाजिक सञ्जालमा पोष्ट गरेका छन्। गरिमा बैकका ग्राहक रहेका उनले रु १० पठाउँदा ११ रुपैया ३० पैसा काटिएको देखिन्छ।मोबाइल बैंकिङका नाममा यसरी ठगिने लाखौ ग्राहक छन्। एक बैकबाट अर्काे बैकमा रकमान्तरण गर्दा यसरी रकम काटिने गरेको छ। यसरी काटिएको रकम डिजिटल ठगी भएको भन्दै समस्या हल गर्न सरकारसंग आग्रह गरेका छन्। सरकार ओठे आश्वासन दिएर पन्छिदै आएको छ। डिजिटल भुक्तानीका नाममा यसरी सर्वसाधारणको रकम काटिदा कति पैसा बाहिरिन्छ भन्ने तथ्य यकिन नभएपनि डिजिटलको नाममा लाखौ ग्राहक ठगिएका छन्, लुटिएका छन्। राज्य संयन्त्र मौन छ।
चुपचाप राष्ट्र बैक:
नेपाल राष्ट्र बैंकले पनि पछिल्लो समय डिजिटल कारोबारलाई निकै बढावा दिएको छ ।राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई प्रश्रय दिँदै बैंक तथा वित्तीय संस्थाका अतिरिक्त आईएमई पे, प्रभु पे, खल्ती, मोरु, क्यू पे, स्मार्टकार्ड, ई सेवा, सेल पे, सिजी पे, पे टाइम, र मोहर पे कार्ड लगायत भुक्तानी सेवाप्रदायक कम्पनीलाई आर्थिक कारोबारका लागि अनुमति दिएको हो ।यीनै कम्पनीहरुले डिजिटल कारोबारका नाममा यसरी ठगी गर्दै आएका छन्। तर,नियामक निकाय राष्ट्र बैक बेखर जस्तै छ।
के हो, डिजिटल बैंकिङ ?
सजिलो भाषमा भन्दा विना कसरत गरिने बैंकिङ कारोबार नै डिजिटल कारोबार हो । अझै यसलाई प्रष्टसँग भन्नुपर्दा इन्टरनेटको पहुँच भएको स्थानदेखि भौतिक रुपमा बैंकमा उपस्थित नभइ विद्युतिय माध्यमबाट पैसाको कारोबार गर्न सकिने तरिका हो । अहिले लगभग अधिकांश क्षेत्रमा डिजिटल प्रविधिमार्फत् कार्य सम्पादन तथा कार्य व्यवस्थापन गरिँदै आएको छ । जसले गर्दा कार्य सम्पादनमा सहज हुनुको साथै समय तथा लागत पनि घटेको छ । त्यति मात्रै होइन, डिजिटल प्रविधिले बैंकिङ क्षेत्रको कारोबार समेत मितव्यायी र पारदर्शी समेत बनाएको छ ।डिजिटल बैंकिङको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुबाट ग्राहकहरुले आफ्नै घरबाट सजिलैसँग कारोबार गर्न सक्छन् । यसो हुँदा बैंकसम्म धाउनु पर्दैन ।त्यतिमात्रै नभएर घरमा बसीबसी बैंक खाता खोल्न सकिने, रकम ट्रान्सफर गर्न सकिने, कर्जाको माग गर्न सकिने तथा अन्य सम्पूर्ण विद्युतिय कारोबारबाट विभिन्न सेवाहरुको शुल्क तिर्न सकिने हुन्छ । त्यसका साथै डिजिटल माध्यमबाट गरेको कारोबारको जानकारी पनि तुरुन्तै पाइने हुनाले बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग निकै लाभदायक सावित भएको हो ।
डिजिटल कारोबारको यस्तो छ,इतिहास:
नेपालमा डिजिटल कारोबारको इतिहास हेर्ने हो भने त्यति धेरै लामो छैन । यसको इतिहास केलाउने हो भने सबै भन्दा पहिले निजी स्तरको वाणिज्य बैंक नबिल बैंकबाट डिजिटल कारोबारको सुरुवात भएको पाइन्छ यस बैंकले नेपालमा डिजिटल भुक्तानीको अवधारणाको सुरुवात गरेको हो । नबिलले सन् १९९० मा क्रेडिट कार्डको माध्यमबाट डिजिटल भुक्तानी शुरुवात गर्दै नेपालमै पहिलो पटक डिजिटल कारोबारको थालनी गरेको थियोे । त्यसपछि अन्य बैंक तथा वित्तीय संस्थाहरुले पनि विस्तारै बैंकिङ कारोबारलाई डिजिटल प्रणालीमा लैजान थालेको देखिन्छ । त्यस्तै सन् १९९५ मा हिमालय बैंकले एटिएमको सुरुवात ग¥यो । त्यस्तै कुमारी बैंकले २००२ मा इन्टरनेट बैंकिङको सुरुवात ग(यो । निजी स्तरका बैंकहरुकले डिजिटल कारोबारको थालनी गरेपछि नेपालमा ई सेवाको अवधारण आयो । नेपालमा वास्तविक डिजिटल बैंकिङको सुरुवात भने सन् २००९ देखि भएको देखिन्छ ।
राष्ट्र बैंकले कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न सकिने व्यवस्था गरेको छ । सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानी गर्न सकिनेछ । त्यस्तै, विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न पनि सकिन्छ । त्यस्तै,शिक्षण संस्था विद्यालयरकलेज, स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवा कारोबारको भुक्तानी गर्नुपर्ने बिल बमोजिमको रकम भुक्तानी गर्न, र धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रहरूको कारोबार गरे बापत सेवाग्राही ग्राहकबाटरलाई प्रति भुक्तानी कारोबार गर्न सकिने व्यवस्था छ ।
डिजिटल कारोबारले नेपालमा पनि ठूलै क्रान्ति ल्याएको छ । यस माध्यमबाट कारोबार गर्दा समयको बचत, भ्रष्टाचार तथा अपराधिक क्रियाकलाप सम्पत्ति सुदृढिकरण जस्ता कार्य समेत नियन्त्रणमा आएका छन् । जसले गर्दा हरेक काम सहज ढंगले भइरहेको छ ।त्यसका साथै डिजिटल प्रविधिबाट नगद रहित कारोबार गरि अर्थव्यवस्था व्यवस्थित तवरले चलायमान बनाउन समेत सकिन्छ । शाखा रहित बैंकिङ क्यूरा, पिओएस मेसिन, डेबिटर क्रेडिट कार्ड, स्मार्ट बैंकिङ, फोन पे जस्ता डिजिटल सेवाहरुको माध्यमबाट सुरक्षित बैंकिङ कारोबार गर्न सकिन्छ ।
यस्तो छ, सरकारी नीति :
प्रविधीको विकाससँगै सरकारले कागजी नोटको प्रयोग घटाउँदै डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्ने नीति लिँदै आएको छ । बजेटमै पनि नगद कारोबारलाई क्रमशः न्यूनीकरण गर्दै भुक्तानी प्रणालीमा सुरक्षित कार्ड तथा इन्टरनेटको प्रयोगलाई प्राथमिकता दिइने विषय समेटिएको छ । त्यस्तै,खानेपानी र विद्युत् सेवाशुल्कको भुक्तानी विद्युतीय माध्यमबाट गर्ने व्यवस्था गरिने पनि बजेटमा उल्लेख गरिएको छ । त्यसैगरी,मूल्य अभिवृद्धि करको संकलन प्रभावकारी तुल्याउन उपभोक्ताले वस्तु तथा सेवा खरिदको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्ने तथा त्यसरी भुक्तानी गरिएको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम भुक्तानीकर्ताको बैंक खातामा स्वतः जम्मा हुने व्यवस्था समेत गरेको छ ।
बजेटले गत आर्थिक वर्षदेखि सबै किसिमको भुक्तानी विद्युतीय माध्यमबाट गर्न सक्ने व्यवस्था मिलाउने उल्लेख गरेको थियो । जुन काम अहिले धमाधम भइरहेको छ । प्रविधिको विकाससँगै बैंकिङ प्रणालीमा भुक्तानी सहज बनाउन आर्थिक कारोबारलाई डिजिटलमा लैजान र नगद कारोबारलाई निरुत्साहन गर्न सरकारले विभिन्न योजना अघि सारिरहेको छ । विद्युतीय कारोबारले नोट निष्कासनमा लाग्ने खर्च कटौती मात्रै होइन, कारोबारमा पारदर्शीता तथा कर प्रशासनमा सहजीकरणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
यस्तो छ डिजिटल कारोबारमा भूक्तानी सम्बन्धि सीमा:
नेपाल राष्ट्र बैंकले २०७६ पुस १७ गते जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन ९२०७६० लाई चैत ९ गते संशोधन गरेको थियो। जसअनुसार राष्ट्र बैंकले मोबाइल बैंकिङ क्यूआर कोडसमेतबाट उपभोक्ताहरुले प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने सीमा तोकेको छ ।
राष्ट्र बैंकले डिजिटल कारोबारतर्फ अधिकतम मोवाइल बैंकिङ मा १ लाख र इन्टरनेट बैंकिङ तर्फ १० लाखका हिसाबले रकम भुक्तानी गर्न प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । मोबाइल तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी सम्बन्धी कारोबारको जोखिम मूल्याङ्कन र व्यवस्थापन गर्ने जिम्मेवारी अनुमति पत्र प्राप्त सम्बन्धित संस्थाहरूको हुने भएकोले संस्थाहरूले यसमा आ–आफ्नो जोखिमको स्तरलाई आधार मानी आन्तरिक सीमा कायम गर्न सक्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।यसरी भुक्तानी कारोबार गरिएको रकमको विवरण अद्यावधिक गरी राख्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।
त्यस्तै,वालेटको माध्यमबाट गरिने फण्ड ट्रान्सफर तथा भुक्तानीको सीमा अधिकतम २५ हजार तोकेको छ । साथै, वालेटबाट वालेट वाहककोे बैंक खातामा रकमान्तर गर्दा कुनैे सीमा लाग्ने छैन । त्यस्तै,भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमा ग्राहकले भुक्तानी सम्बन्धी कार्यको लागि नगदै वा ट्रान्सफर गरी रकम जम्मा गर्न सक्नेछन् ।नगद जम्मा गर्दा सम्बन्धित भुक्तानी सेवा प्रदायकबाट नियुक्त आधिकारिक एजेन्ट मार्फत गर्न सकिनेछ । तर, ग्राहकले माग गरेको अवस्थामा एजेन्टमार्फत् प्रति महिना २५ हजार भन्दा बढी नहुने गरी प्रति दिन ५ हजारसम्म नगद भुक्तानी गर्न सकिने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।
यस्तो छ, डिजिटल कारोबारको पछिल्लो अवस्था
पछिल्लो समय डिजिटल कारोबारलाई आक्रमक बनाएको छ क्यूआर कोडले । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नक्साल तरकारी बजारबाट क्यूआरको उद्घाटन गरेपछि डिजिटल कारोबारमा नयाँ उचाई थपिएको छ । पछिल्लो समय आरटिजिएस,मोबाइल बैंकिङ,एटिएम,प्वाइन्ट अफ सेल,डेबिट कार्ड,क्रेडिट कार्ड लगायतमार्फत गरिने कारोबार बढीरहेकोछ ।
राष्ट्र बैंकका अनुसार मंसिरसम्म सबैभन्दा बढी कारोबार आरटिजिएस प्रणलीबाट भएकोे छ । यस प्रणालीबाट १३ खर्ब भन्दा बढी कारोबार भएको छ । त्यस्तै,एटिएमबाट ५६ अर्व २५ करोड ६० लाख,कनेक्ट आइपिएसमार्फत २ खर्व ५९ करोड कारोबार भएको छ । त्यस्तै,डेविट कार्डमार्फत् ९० अब १ करोड ५० लाख,क्रेडिट कार्डमार्फत् १ अर्ब २० करोड,प्रिपेड कार्डमार्फत् ८ करोड ९ लाख ,इन्टरनेटबाट ७ अर्ब २० करोड ६० लाख, मोबाइल बैकिङ ३० अर्ब २८ करोड ७० लाख, वालेटबाट ८ अर्ब ९८ करोड ७० लाख कारोबार भएको छ । डिजिटल कारोबारलाई प्रभावकारी बनाउन भूक्तानी सेवा प्रदायक कम्पनीहरुलाई पनि अनुमति दिएको छ । ती कम्पनीहरुको कारोबार पनि आक्रामक रुपमा अगाडि बढेको छ ।
नेपाल राष्ट्र बैंकले वित्तीय पहुँच विस्तारअन्तर्गत् विद्युतीय भुक्तानी प्रणालीको विकासलाई प्राथमिकतामा राखेको छ ।राष्ट्र बैंकले चालू वर्षको मौद्रिक नीतिमा मोबाइल र इन्टरनेटमार्फत् भुक्तानी सेवा विस्तार गरी दुर्गम स्थानमा वित्तीय पहुँच पु¥याउन भुक्तानी सेवाप्रदायक संस्थालाई प्रोत्साहन गरिने नीति अवलम्बन गरेको छ ।सन २०१६ डिसेम्बरमा भारत सरकारले ५ सय र १ हजार दरका पूराना नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ पनि डिजिटल कारोबारले प्राथमिकता पाएको छ । त्यसलगत्तै नेपालमा पनि भारु ५०० र १००० दरका नोटहरु प्रतिबन्ध लगाइएको थियो ।सरकारले मुद्रा सन्धी गर्ने विभिन्न निर्णयका कारण नोटको कारोबार प्रभावित भइरहेका बेला डिजिटल कारोबारले उचाई चुम्दै गएको देखिन्छ ।