२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

उद्योग वाणिज्य महासंघ अध्यक्ष ढकाल भन्छन् – “नागरिक लगानी कोषको रकम उत्पादन क्षेत्रमा लगाऔं”


३ चैत्र २०८१, सोमबार  


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक क्षेत्र र रोजगारी बढाउने क्षेत्रमा प्रयोग गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले कोषको ध्यान उक्त कार्यतर्फ जानुपर्ने बताएका हुन् ।

अध्यक्ष ढकालले नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका कोषहरुको लगानी पूर्वाधार निर्माण,रोजगारी सिर्जना, पर्यटन प्रवर्धन गर्न, हाइड्रोपावर लगायतका क्षेत्रमा उपयोग गर्नुपर्ने बताए ।
उनले कोषहरुको करिव ५२ प्रतिशत भन्दा बढी रकम बैंक तथा वित्तीय संस्थाहरुमा फिक्स डिपोजिटको रुपमा रहेको भन्दै यसको उपयोग रोजगारी सिर्जना, विकास निर्माणका क्षेत्रमा गर्नुपर्ने बताए ।

अध्यक्ष ढकालले जम्मा भएका फण्डहरु विकास निर्माण, उत्पादनशील क्षेत्र र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्नेगरी अघि बढ्नुपर्ने सुझाव दिएका हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०८१, सोमबार  १२ : १४ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित