मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ९अहिराज० पक्राउ परेका छन् ।
उनलाई आइतबार काठमाडौ प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।
बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।
जिल्ला अदालत काठमाडौंबाट गत जेठमा पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको थियो । उनमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ ।








