३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

टान अध्यक्षमा सागर पाण्डे विजयी


१८ भाद्र २०८१, मंगलबार  


ट्रेकिङ व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन्।

कांग्रेस एमाले गठबन्धनका साझा उम्मेदवार राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी भएका हुन्। पाण्डे माओवादी केन्द्र निकट मानिन्छन्। पाण्डेलाई माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी र स्वतन्त्र व्यवसायीको साथ थियो।

आज बिहान सम्पन्न मतगणना अनुसार पाण्डेले ५८० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सापकोटाले ४८० मत प्राप्त गरेका छन्।

टानको वरिष्ठ उपाध्यक्षमा भने सापकोटा प्यानलका कर्मा शेर्पा र प्रथम उपाध्यक्षमा सापकोटा समूहकै विष्णुप्रसाद लम्साल निर्वाचित भएका छन् । द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन्।

महासचिवममा भने पाण्डे समूहका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा रिन्जी जाङबु शेर्पा, कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन्।

सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन्।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ८ : १५ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित