पश्चिमी वायुकाे प्रभाव देशभर परेको छ।पश्चिम नेपालका हिमाली जिल्लामा हिमपात भएको छ। कर्णाली प्रदेशको हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिएका हुन्।
उनलेे भने,”यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको छ।”
उनका अनुसार जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।
सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।
जल तथा माैसम विज्ञान पूर्वानुमान महाशाखाले पश्चिमी वायुका कारण माैसम बदली रहने बताएको छ। हिमाली जिल्लामा हिमपात र अन्य स्थानमा वर्षाकाे सम्भावना रहेको बताएको हाे। माैसममा भएको बदलीले देशभर अत्यधिक चिसो बढीको उसको भनाइ छ।चिसोबाट वचन समेत सबै आग्रह गरेको छ।








