कृषि तथा पशु पन्छी विकास मन्त्रालयका अनुसार यश वर्ष करिब ६० लाख मेट्रिक धान उत्पादन भएको छ।
गएको असोजे वर्षातले ५८ हजार हेक्टर खेतको धान नष्ट गरेपनि यश वर्ष ४ प्रतिशत बढीले धान उत्पादनमा वृद्धि भएको हो। मन्त्रालयका अनुसार गएको आर्थिक वर्ष २०८०÷८१ को तुलनामा यश चालू वर्षमा मा ४.०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको हो ।यश वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको छ। गएको वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । धानमा आत्मनिर्भर बनाउन अहिलेको माग अनुसार ७ लाख मेट्रिक टन धान थप उत्पादन बढाउनु पर्ने देखिन्छ ।
कृषि विज्ञका अनुसार ६७ लाख मेट्रिक टन धानबाट ४० लाख मेट्रिक टन चामल उत्पादन हुने गर्दछ।यश वर्ष वर्ष तीन लाख सात हजार मेट्रिक टन चामल अपु्ग्दो हुने भएको छ।
नेपालीले प्रमुख खान्कीको रुपमा चामल प्रयोग गर्दैआएका छन् । पछिल्लो समयमा नेपालमा रेमिट्यान्सको प्रभाव, बढ्दो सहरीकरण र खानेबानीमा भएको परिवर्तनका कारण मोटा चामलको साटो मिठो मसिनो र वास्नादार चामलको प्रयोग अत्यधिक बढेको छ ।
धानको औसत मूल्य प्रतिकिलो ३२ रुपैयाँको दरले हिसाब गर्दा यो वर्ष १ खर्ब ९० अर्ब ५७ करोड ५२ लाख ३२ हजार रुपैयाँबराबरको धान नेपालमा फलेको छ ।
सरकारले यो वर्ष मोटा धानको तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा प्रतिक्वीन्टल समर्थन मूल्य तोकेको छ ।
बाढी पहिरोले सबैभन्दा बढी कृषिक्षेत्रको धानवाली क्षति पुर्याएको अवस्थामा मन्त्रालयले धानवालीतर्फ उल्लेख्य उत्पादन वृद्धि भएको दाबी गरेको हो । मन्त्रालयले यो वर्षको धान उत्पादनको वस्तुस्थिति बारेमा हालसम्म औपचारिक तथ्यांक सार्वजनिक गरेको छैन ।
गएको असोजमा परेको अबिरल बर्षाका कारण आएको भीषण बाढी पहिरोका कारण देशभर ५८ हजार ४ सय ७६ हेक्टरमा लगाइएको धानवाली नष्ट भएको थियो ।
मन्त्रालयले धानबाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आए पनि उत्पादकत्व वृद्धि भएर उत्पादन बढेको औंल्याएको छ ।धानको औषध उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको दाबी गर्दै मन्त्रालयले यो उत्पादकत्व हालसम्मकै उच्च विन्दुमा पुगेको बताएको हो ।
मन्त्रालयले ईसीमोडको स्याटेलाइट प्रविधिको सहयोगमा देशभर गरेको अध्ययनअनुसार यो परिमाणमा धानको उत्पादन भएको हो ।
यो वर्ष कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा धानको उल्लेख्य उत्पादन वद्धि भएको मन्त्रालयको भनाइ छ ।
यो वर्ष २१ जिल्लाको १३ लाख ७८ हजार ६ सय ११ हेक्टरमा धानवालीको रोपाई भएको थियो । देशभर समग्र ९८.५ प्रतिशत धानको रोपाई भएको थियो ।
गएको आर्थिक वर्षमा २०८०÷८१ मा अघिल्लो वर्षको तुलनामा ४।३३ प्रतिशतका दरले उत्पादनमा वद्धि भएर ५७ लाख २४ हजार २ सय ३४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा ९४.६ प्रतिशत धानबाली रोपाइ भएको थियो ।
तत्कालीन समयमा मन्त्रालयले तयार पारेको प्रतिवेदनअनुसार बाढीपहिरोका कारण रौतहट, बारा, पर्सा, नवलपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेमा गरी धानवालीतर्फ मात्रै ३ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।
यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरेर डेढ महिना अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार कृषितर्फ धानवालीमा सबैभन्दा बढी क्षति भएको थियो ।
प्राधिकरणले पनि मेची, मधेश, गण्डकी, वागमती र सुदूरपश्चिमको २० जिल्लाको ५८ हजार ४ सय ७६ हेक्टरको ३ अर्ब ५० करोड रुपैयाँबराबरको धानवाली नष्ट भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १०० प्रतिशतका दरले १ लाख ७४ हजार ५ सय १ हेक्टरमा बर्षेधान वालीको रोपाइ भएको थियो ।
दोस्रोमा कोशी प्रदेशमा ९९.६ प्रतिशतका दरले २ लाख ७५ हजार २ सय ६७ हेक्टरमा धानवालीको रोपाइ भएको थियो ।
यस्तै सबैभन्दा कम मधेश प्रदेशमा ९७.३ प्रतिशतका दरले ३ लाख ७५ हजार ६ सय १४ हेक्टरमा धान रोपाइ भएको थियो ।
बाग्मती प्रदेशमा ९९।२ प्रतिशतका दरले १ लाख ११ हजार ३ सय ५१ हेक्टर, गण्डकी प्रदेशमा ९७.८ प्रतिशतका दरले ९३ हजार ९ सय २१ हेक्टर, लुम्बिनी प्रदेशमा ९८.३ प्रतिशतका दरले ३ लाख ६ हजार ३ सय ७७ हेक्टर र कर्णाली प्रदेशमा ९९.२ प्रतिशतका दरले ४१ हजार ५ सय ७८ हेक्टरमा धानवालीको रोपाई भएको थियो ।
मन्त्रालयले यो वर्ष रासायनिक मल, उन्नत जातको वीउ र मनसुन पानीका कारण उत्पादनमा बृद्धि भएको जनाएको छ ।
त्यसैगरी,नेपालको हकमा सामान्य किसानको जनजीविकादेखि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन धानबालीले महत्वपूर्ण भूमिका खेल्छ । धानबालीलाई मुलुकको मूल अर्थतन्त्रको मेरुदण्डसँग जोडिन्छ । यो अर्थमा मुलुकको अर्थतन्त्र र खाद्य सुरक्षाको प्रमुख आधार हो धानबाली ।
धान उत्पादन बढ्दा कुल ग्राहस्थ उत्पादन (जीडीपी) तथा आर्थिक वृद्धिदर बढ्ने र धान उत्पादन घट्दा यी सूचकहरु घट्ने हुन्छ । धान उत्पादनमा १० प्रतिशतले तलमाथि हुँदा जीडीपीमा एक प्रतिशतले घटबढ हुन्छ ।
जीडीपीमा धानको योगदान करिब ५ प्रतिशत छ । कृषिको कूल गार्हस्थ उत्पादन(एजीडीपी )मा धानको योगदान करिब १५ प्रतिशत छ ।
पछिल्लो समयमा कृषि पेशा आकर्षित हुन नसक्दा यो पेशामा आवद्ध संख्या पनि घट्दो क्रममा छ । सन् २००८ मा भएको श्रम शक्ति सर्वेक्षणअनुसार कृषिमा त्यो वेला ७३.९ प्रतिशत जनसंख्या आवद्ध थिए ।
पछिल्लो सन् २०१८ मा भएको श्रमशक्ति सर्वेक्षणअनुसार कृषिमा आवद्ध हुने जनसंख्या घटेर ६०.४ प्रतिशतमा सिमित भएको छ।
त्यसैगरी,नेपालमा वार्षिक धानको माग ६७ लाख मेट्रिक टन छ । चामलको कुरा गर्ने हो भने ४० लाख टन हो । अहिले उत्पादन भएको धानको तथ्यांकअनुसार देशभरका सबै नेपालीलाई दुई छाक भात खुवाउन अझै ७ लाख ४४ हजार ५ सय २४ मेट्रिक टन धान अपुग छ ।
एक सय किलो धानबाट ६२ किलो चामल तयार हुन्छ । यसरी हेर्दा अहिले उत्पादन भएको ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन धानबाट ३६ लाख ९२ हजार ३ सय ९५ मेट्रिक टन चामल तयार हुन्छ ।
यसरी हेर्दा यो वर्ष सारा नेपालीलाई दुई छाकको खान्कीको रुपमा भात खुवाउन ३ लाख ७ हजार ६ सय ५ मेट्रिक टन चामल अभाव देखिएको छ । पोषणको हिसावले सरकारले प्रतिव्यक्ति प्रतिवर्ष १३८ किलो चामल उपभोग गर्नुपर्ने मापदण्ड तोकेको छ ।
मागअनुसार उत्पादन नहुँदा आयात त्यतिकै छ।मागअनुसार नेपालमा धानको उत्पादन नहुँदा बर्षेनी अर्बौ रुपैयाँबराबरको धान चामल भारतलगायतका विभिन्न मुलुकबाट आयात हुँदै आएको छ ।
मसिनो र बास्नादार चामलको बढ्दो प्रयोगका कारण राज्यले उक्त जातको धान विकास र खेतिमा जोड नदिएका कारण धान र चामलको आयात दर बढ्दै गएको छ ।
पछिल्लो १० वर्षयता विभिन्न सरकारले धानमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेपनि व्यवहारमा कार्यान्वयन नहुँदा आत्मनिर्भरको नारा कागजमै सिमित बनेको छ ।
चालु आर्थिक वर्षको पहिलो ५ महिनामा मात्रै विभिन्न मुलुकबाट धान ६ अर्ब ५ करोड र चामल ६ अर्ब ७३ करोड रुपैयाँबराबरको नेपालमा आयात भएको छ ।
गएको आर्थिक बर्ष २०८०÷८१ मा भने धान १२ अर्ब ९४ करोड र चामल ९ अर्ब २८ करोड रुपैयाँबराबरको आयात भएको थियो ।अघिल्लो आर्थिक बर्ष २०८०÷८१ मा धान २० अर्ब ७५ करोड र चामल १५ अर्ब ९१ करोड रुपैयाँबराबरको आयात भएको थियो ।