३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

माईतीघर- नयाँबानेश्वर रूट खुला गर्न सार्वजनिक यातायात केन्द्रीय महासंघको अल्टिमेटम


१५ बैशाख २०८२, सोमबार  


शिक्षक महासंघले करिब एक महिनादेखि माइतीघर–बबरमहल–नयाँ बानेश्वर क्षेत्रमा निरन्तर सडक अवरुद्ध गर्दै आ एका छन् ।

सरकारसंग आ फ्ना माग पूरा गर्न भन्दै सडकमा रहेका उनीहरूले यातायात ठप्प पारेका छन् ।शिक्षक आन्दोलनबाट यश क्षेत्र हुँदै ओहोरदोहोर गर्ने सवारीसाधन प्रभावित भएका छन् ।

लामो समय देखि सडक अवरुद्ध हुँदा यातायात व्यवसायी र यातायात मदजुरहरूको रोजीरोटी ठप्प भएको भन्दै शिक्षकलाई सडक खुला गर्न अल्टिमेटम दिएका छन् । यही हप्ताको बिहीबारभित्र यस रुट खाली नभए आफूहरू पनि सशक्त आन्दोलनमा उत्रने चेतावनी यातायात व्यवासायीहरूले दिएका हुन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालका अनुसार यातायात व्यवासायीहरूले गएको शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसँग सम्पर्क गरी तत्काल माइतीघर–बबरमहल–नयाँ बानेश्वर रुट खुला गर्न माग राखेका थिए। उनीहरूले चार दिनभित्र पनि यश रुट खाली नगरे आफूहरूले सवारीसाधन ग्यारेजमा थन्काउने चेतावनी समेत दिएका छन्।

‘यस रुटमा दैनिक चार हजार गाडी गुड्छन्। यो रुट रुट बन्द हुँदा यातायात व्यवसायीहरूलाई कम्तीमा एक अर्ब ५६ करोड घाटा भएको अनुमान छ। भने सर्वसाधारणले हैरानी खेप्न परेको छ।

महासंघका अनुसार यस रुटमा यातायात बन्द हुँदा करिब १२ हजार यातायात मजदुरहरूको रोजीरोटी नै ठप्प भएको छ। नेपालका अनुसार उक्त क्षेत्र ठप्प हुँदा उक्त रुटमा मात्र नभई उपत्यकाभरि नै यातायात प्रभावित मात्र भएको छ।

शिक्षक आन्दोलन १७औं दिन पुगेका बेला उक्त महासंघले जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको थियो।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ८ : १५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित