हुन त पृथ्वीनारायण शाहपछि दरबारभित्रका खेल डरलाग्दा छन् ।प्रतापसिंह शाहदेखि अन्तिम तत्कालीन राजा ज्ञानेन्द्र शाहसम्मको इतिहास हेरियो भने जालझेल,मारकाट,षड्यन्त्र,हत्या र जेलनेलका कथा धेरै छन् ।
राजेन्द्र लक्ष्मी पराइ सम्बन्धदेखि महाराजको जुठोलाई भगवान विष्णुको प्रसाद भन्नेसमम्मका कथाकहानी छन् ।दरबारको भोगविलासका कारण नेपाली भूमि गुमाएका कुरा होउन्, या भीमसेन थापा सेरिनु परेका निर्लज्ज घटनाले रंगिएको छ, शाह वंश । पृथ्वीनारायण शाह र महेन्द्र बाहेक सबै राजा सुख सयल र मोजमस्तीमै राजकाज चलाए।
२०५८ जेष्ठ १९ को दरबार हत्या काण्डपछि शाहवंशीय शासनको औपचारिकरूपमा विदाइ भएको पनि १७ वर्ष भैसक्यो।१७ वर्षपछि फेरि सत्तामा फर्किने रूमानी सपना देखिरहेका छन् ज्ञानेन्द्र शाहले। राजतन्त्र फर्किने नफर्किनेमा स्वयं विश्वस्त नभए पनि राजावादी समूहले आन्दोलन गर्न भन्दै सोमबार एउटा समूह बनाएको छ।
लिङ्देन जस्ता राजावादी र प्रसाईं जस्ता आफूलाई राष्ट्रवादी भन्नेहरूलाई किनारा लगाएर ८६ वर्षे पुराना शाही भारदारका रूपमा रहेका नवराज सुवेदी कमान्डरको रूपमा सारिएका छन् । यश समूहभित्र केशरबहादुर विष्टदेखि ज्ञानबहादुर शाहीहरू पनि छैनन् ।संसद र सडकमा सबैभन्दा बढी राजावादीको पक्षमा उभिने शाही कतै गणना भएनन् भने लिङ्देन र केशरबहादुरहरूले अस्विकार गरे।
राजा ल्याउने ज्योतिष हेरेर बसिरहेका डाक्टर जगमान गुरूङ सल्लाहकारमा थन्काइए। जस जसलाई जनताले थोरै पत्याउँछन् र विश्वास गर्छन् ।उनै पात्रलाई साईजमा राखेर रवीन्द्र मिश्रलाई सदस्य सचिव बनाइएको छ। हुन त मिश्र र शाही राजावादी होईनन्। उनीहरूको तीन वर्ष अघिका अभिव्यक्ति हेरे मात्रै प्रष्ट हुन्छ ।यद्यपि पछिल्लो पटक माहोल बनाउनमा लिङ्देन, शाही र प्रसाइ अग्रभागमा छन् ।तर, शाहले उनीहरूलाई विश्वास गरेनन् र राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्षलाई राजा फर्काउने आन्दोलनको कमान्डर बनाइयो।
कमान्डर बनाइएका यी सुवेदी त्यस्ता पात्र हुन् ।जसले व्यापारी ज्ञानेन्द्र शाह तत्कालीन अधिराजकुमार भएको बखत उनले व्यापार कमिसनमा देखाएका घटना आफ्नै पुस्तकमा लेखेका छन् ।
ज्ञानेन्द्र शाह दरबार फर्किने त्यस्तो कुनै भरपर्दो आधार देखिन्न। सडकबाट गणतन्त्र ढलिहाल्ने देखिन्न ।शीर्ष नेताप्रति जनताको आक्रोश जति धेरै भए पनि गणतन्त्रको पक्षमा जनता छ, भन्ने तथ्य गएको उपनिर्वाचनबाट थाहा हुन्छ ।जहाँ राजावादीले एउटा वडा पनि जित्न सकेन।सडकमा देखिएका मानिसको टाउको गनेर त्यो जनमत ठहर्दैन।
सडक देखि संसद र सरकारमा गणतन्त्रवादीको ९० प्रतिशत जनमत छ।यद्यपि दक्षिण एशियाली मतदाता स्थिर भने छैनन् । यथार्थ भन्दा पनि भीडको लहडमा कुद्ने प्रवृत्ति भएकोले राजतन्त्र फर्किने भ्रममा राजावादी देखिन्छन् ।तर,घरेलु तथा अन्तर्राष्ट्रिय वस्तुगत परिस्थिति निकै प्रतिकुल छ। भारतीय जोगीका भरमा राजावादी आन्दोलनले उदेश्य पूरा गर्ने देखिन्न ।यत्ति कुरा राजावादीहरूलाई पनि राम्रोसँग थाहा छ। सडक, सञ्जाल र संसदमा चिच्याएकै भरमा गणतन्त्र ढल्दैन भन्ने कुरा।
पछाडि फर्किने स्थितिमा छैन,राजावादी समूहलाई। न त अघि बढ्न सक्छ। तर, पनि राजावादीहरूले समिति बनाए। त्यसको कमान्डर पञ्चमन्त्री सुवेदी तोकिए। पहिलो दिनमै खटपट भएको यो समूह अघि बढ्छ या थन्किन्छ। त्यो भन्न सकिन्न ।
तर, मुल प्रश्न के हो भने, लिङदेन , उमेर पुगेका र राजसंस्थाप्रति वफादार केशरबहादुर विष्ट तथा डा जगमान गुरूङलाई साईजमा राखेर राजा विरोधी नवराज सुवेदिलाई देउता बनाइएको छ। यो कुरा शाहकै निगाहमा हो या, दरबारको पहरियाहरूको योजना हो रु यो विषय अझै गर्भमा छ। नवराज सुवेदी राजा विरोधी हुन् भन्ने कुरा उनकै पुस्तकका वाक्यांशले प्रमाणिात गरेका छन् ।
उनैले लेखेको पुस्तक इतिहासको एक कालखण्डबाट यो एक अंश तल दिइएको छ ।उनको आफ्नो पुस्तकमा यस्तो लेखेका छन् ।
अब यो हेरौ,”श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध शुरुदेखि नै राम्रो भएन । पछि श्री ५ होइबक्सँदा पनि मसँग राम्रो व्यवहार हुन सकेन । यसका मुख्य दुई कारण छन्– प्रथमतः २०३८ सालमा सूर्यबहादुरजीको विरोधमा प्रधानमन्त्रीको उम्मेदवार नहुनु र दोस्रोमा ओमेगा ९घडी० कारखाना थियो ।
ओमेगा (ओमेगा वाच)ले नेपालमा एक कारखाना खोल्न पाऊँ भनी प्रस्ताव पठायो । कुरा राम्रो थियो। अतः विश्व बैंकको वार्षिक साधारण सभाको मिटिङबाट फर्कंदा जेनेभा गई ओमेगा फ्याक्ट्री हेर्ने र कुरा पनि गर्ने भन्ने श्री ५ महेन्द्रबाट निर्देशन बक्स्यो। वाशिङ्टनबाट फर्कँदा म, भेषबहादुरजी र डा।पुष्करनाथ पन्त हामी तीन जनाले ओमेगा फ्याक्ट्री पनि हेर्यौं र नेपालमा फ्याक्ट्री खोल्नेबारे कुरा पनि गर्यौं ।
उनीहरूको एउटै मात्र शर्त,हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्दैनौं भन्ने थियो । यो शर्त मन्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालु गछौं भन्ने उनीहरूको भनाइ थियो । हामीहरूले ओमेगा जस्तो कम्पनी आउँछ भने किन नदिने भनी मन्जुर दियौं ।
तर, काठमाडौं आएपछि अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा शेयर (अंश) चाहियो, जुन कुरा मैले ठाडै इन्कार गरें । यसैकारण नेपालमा ओमेगा पनि आउन सकेन । ज्ञानेन्द्र सरकार पनि मसँग रिसाइबक्स्यो । जे होस्, दरबारमा प्रधानमन्त्री र मेरो बीचमा सरकारबाट बक्सेको निर्देशनले मलाई काम गर्न सजिलो भयो ।”
राजा ल्याउने आन्दोलनका लागि गठित समिति संयोजक राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीद्वारा लिखित ‘इतिहासको एक कालखण्ड’ बाट सारिएको अंश हो ,यो।
अब,यीनै ज्ञानेन्द्र शाहको ओमेगा घडी कारखानाको शेयर बार्गेनिङको लेखेरै पोल खोलिदिएका सुवेदीले राजा फर्काउलान् त ? राजावादी समूह भित्र यो विषय निकै रहस्यमय बनेको छ। राजा विरोधी मानिसलाई कसले कमान्डर बनायो, कस्को स्वार्थले काम गर्यो ? स्वंय शाहको निगाह हो या होईन ?वास्तविक राजावादीहरू बिलखबन्दमा परेका छन् ।खाँटी राजावादीलाई किनार लगाएर राजा विरोधी सुवेदीलाई कमान्डर बनाइएपछि यश समूह भित्र एकले अर्कोको उछितो काढ्दैछन्।