प्रधानमन्त्री केपी ओली र विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’अप्रत्याशित तर, सौहार्दपूर्ण जम्का भेट भएको छ।
सोमबारदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ। संसद भित्र दुई शीर्ष नेताबीच भएको यो सौहार्दताले संयोग नभएर सत्ता हलचलको संकेत भएको चर्चा चुलिएको छ।
सत्ता गठबन्धनबीच गभर्नर नियुक्तिको विषय अल्झिरहेको बेला यो भेटलाई अर्थपूर्ण रूपले हेरिएको छ।

प्रधानमन्त्रीले टीआरसीको विषयमा प्रचण्डसंग एक्लै संवाद गरेका थिए।त्यसपछिको दुई नेता भेटलाई थप अर्थपूर्ण बनाएको विश्लेषण भइरहेको छ।