२ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025

साेलुखुम्बुमा भीषण बाढी ,हिमताल फुटेको आशंका


३२ श्रावण २०८१, शुक्रबार  


साेलुखुम्बुमा भीषण बाढी आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेका तीनवटा घर बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन् । अरु ५ वटा घर पनि जोखिममा रहेको र एउटा होटल पनि बगाएको छ ,उनले भने।

नाम्चे बजारबाट केही तलका अर्को घर पनि बगाएको छ । बाढीबाट मानवीय हताहत भए/नभएको बुझ्न र खोज तथा उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए ।

प्रहरी नायव उपरीक्षक घिमिरेले बाढी दुधकोशीको सहायक नदी ‘भोटेकोशी’मा आएको र यो दुधकोशीमा मिसिएर बग्ने भएकोले तल्लो तटीय क्षेत्रका किनारा जोखिममा रहेको बताए । त्यसको जोखिमबाट बच्न दुधकोशीको तल्लो तटीय क्षेत्रका मानिसलाई सुरक्षित ठाउमा जान आग्रह गरिएको बताए ।

हिमताल फुटेको हल्ला आएपनि त्यसको पुष्टि भइनसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन् । उनका अनुसार घटनास्थल क्षेत्रमा पानी परिरहेको छ । जसकारण बाढी आएको हुन सक्ने अनुमान छ । बाढीले तीन वटा घर र एउटा होस्टेल बगाएको छ भने अन्य पाँच वटा घर उच्च जोखिममा रहेको यकिन भएको प्रजिअ पाण्डेले जानकारी दिइन् । बाढीले गरेको क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

माथिबाट आएको बाढीको असर दुधकोशी नदीसँग जोडिएका खुम्बुपासाङ गाउपालिका, माप्यदुधकोशी र थुलुङ दुधकोशी गाउँपालिकाका नदी तटीय क्षेत्र उच्च जोखिममा परेका छन् । दुधकोशी नदी तीनवटा पालिका पछि खोटाङ र खोखलढुंगाका वारिपारिका तटीय बस्ती पनि उ जोखिममा परेका छन् । दुधकोशी खोटाङ र उदयपुर हुँदै सप्तकोशीमा मिसिन्छ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ४ : १७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित