१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025

विमानस्थलबाट प्राधिकरणलाई १४ अर्ब६५ करोड रूपैयाँ आम्दानी,अधिकांश विमानस्थल शून्य !


१९ पुस २०८१, शुक्रबार  


संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नागरिक उड्डयन प्राधिकरणले गएको आर्थिक वर्षमा देशभरका विमानस्थलबाट १४ अर्ब ६५ करोड रुपैयाँ आम्दानी गरेको छ।

यी मध्ये सबैभन्दा कम आम्दानी लामिडाँडा विमानस्थलले ४ सय ७४ रूपैयाँ गरेको छ भने सबैभन्दा बढी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सबैभन्दा बढी कमाइ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यश अवधिमा झण्डै १३ अर्ब आम्दानी गरेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आम्दानी १२ अर्ब ८६ करोड ६६ लाख छ । यो नेपालमा सञ्चालनमा रहेका विमानस्थलमध्ये सबैभन्दा व्यस्त विमानस्थल पनि हो ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै आम्दानी गर्ने दोश्रो विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ।यश विमानस्थलले ३४ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुचारु हुन नसकेपनि आन्तरिक उडान संख्या बढ्दा आम्दानीमा सुधार भएको हो ।

तेस्रो स्थानमा भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ । यो विमानस्थलको वार्षिक आम्दानी २१ करोड १३ लाख रुपैयाँ रहेको छ । चौथो स्थानमा विराटनगर विमानस्थल छ । यस विमानस्थलको आम्दानी १७ करोड ५६ लाख रुपैयाँ बराबर छ।

त्यसै गरि विराटनगर विमानस्थलले१७ करोड ५६ लाख,नेपालगञ्ज विमानस्थल १३ करोड ११ लाख,चन्द्रगढी विमानस्थल ८ करोड १७ लाख,धनगढी विमानस्थल ६ करोड ५६ लाख,भरतपुर विमानस्थल ६ करोड ३९ लाख,लुक्ला विमानस्थल ६ करोड २३ लाख,जनकपुर विमानस्थल ६ करोड १२ लाख रहेको छ। देशभर ५६ विमानस्थल भएपनि अधिकांश विमानस्थल घाटामा मात्रै होईन शून्यमा छन् ।

कतिपय विमानस्थलबाट भने प्राधिकरणले ज्यादै न्यून आम्दानी गर्ने गरेको छ । प्राधिकरणले एक वर्षमा विभिन्न कार्यालयबाट गरेको १४ अर्ब ६५ करोड रुपैयाँमध्ये सबैभन्दा कम आम्दानी लामिडाँडा विमानस्थल कार्यालयको छ । यो विमानस्थलबाट एक वर्षमा ४ सय ७४ रुपैयाँमात्र आम्दानी भएको हो।

त्यस्तै डोटीस्थित प्राधिकरण कार्यालयको आम्दानी ९ हजार ४ सय ७५ रुपैयाँ रहेको छ । रुम्जाटार विमानस्थल कार्यालयले १० हजार ६ सय ७८ रुपैयाँ आम्दानी गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : १७ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित