कांग्रेस माओवादी र एमाले हुदै कट्टर जावादी कहलिएका मानिस हुन् दुर्गा प्रसाईं। सम्पत्तिको धक्कु लगाउँदै आएका उनी ओली प्रचण्ड देखाइदिन्छु भन्दै राजावादी बनेका छन् ।
धर्म संस्कृति र नागरिक बचाउ अभियानको व्यानर लिएर सडकमा झरेका उनी एक विवेकहीन र विचारविहिन पात्र हुन्।संस्कृति र धर्मको वकालत गर्ने उनी संस्कृति र संस्कारविहिन छन् । आफूलाई दुर्गा माताको अनुयायी ठान्ने प्रसाईं दुनियाँकै अराजक छन् ।बोलीमा कुनै तमिज नभएका उनले हिन्दुराज्य र राजसंस्था फर्काउने भन्दै युट्बर बोकेर सडकमा झर्छन्।
मेडिकल कलेजको सम्बन्धन नपाएको झोकमा डाक्टर गोबिन्द केसी विरूद्ध विषवमन गरेर चर्चामा आ एका हुन्। एकताका ओली मात्रै असल नेता भएको हुँकार गर्ने उनी एकदिन उनै प्रधानमन्त्री ओलीलाई निराधार आरोप र गाली गलौज नगरी निदाउन्नन्। मानसिक रूपले पनि विक्षिप्त देखिने आफूलाई राजै ठान्छन् ।
राप्रपा सहितको राजावादी आन्दोलनमा चैत १५ को सडक आन्दोलनको व्यानरमा ज्ञानेन्द्र शाहसंगै आफ्नो तस्बिर अंकित व्यानर लिएर सडकमा पुगेका थिए। डाक्टर जगमान गुरूङ, लिङ्देन, मिश्र, धवल शमशेर कसैलाई पनि उनी पत्याउन्न्न् ।केही दिन अघि एक कार्यक्रममा धवल शमशेरलाई १० करोड खर्च गर्न चुनाति नै दिए। राजावादी समूहका संयोजक नवराज सुवेदीले चैत १५ को आन्दोलनको कमान्डर बनाए।तर, सडकमा पुगेको केही समयमै प्रहरीमाथि ढुंगामुढा हुन थाल्यो।क्षण भरमै कोटेश्रवरको निजी घरमा आगो लाग्यो। अरू घरहरूमा राजावादी कार्यकर्ताले तोडफोड गरे। करिब डेढ वर्षदेखि राजा ल्याउन हिडेका उनले राजा ल्याउन त परैको कुरा एउटा चोकको भीडलाई सम्हाल्न सकेनन्।
भीड भड्काउनु र उत्तेजना फैलाउनुलाई विजय ठान्ने उनी तारन्तर प्रहरी खोरमा पुगेका छन् । शुरूमा लघुवित्तका विरू्द्ध आन्दोलन थालेका उनी यतिबेला चिहानमा पुगेको राजा फर्काउने भगिरथ प्रयत्नमा छन् ।स्वंय ज्ञानेन्द्र समेत विश्वस्त नभएको बेला उनी भीडकै भरमा उदेश्य पूरा गर्नेमा देखिन्छन् ।
यस्तै भीडको पछिल्लो श्रृङखला थियोे ,कोटेश्वरमा भएको आगजनी र तोडफोड राजावादी अन्य नेता घरै बसे, दुर्गा प्रसाईंले तीनकुनेमा भाँडभैलो मच्चाए।चिनिएका राजावादी नेताहरु दुर्गा प्रसाईंजस्ता विवादित व्यवसायीलाई कमान्डर मान्न अस्वीकार गर्दै घरै बसे । तीनकुनेमा राजसंस्था फर्काउने आन्दोलनको नेतृत्व गरेका प्रसाईंले भीडलाई प्रहरी र आम नागरिकविरुद्ध अराजक र उत्तेजक बन्न उक्साए।
राजधानीको तीनकुनेमा शुक्रबार सभा गर्नुभन्दा सर्वसाधारणका घरमा ढुंगा हान्नुमा, अनि प्रहरीमाथि जाइलाग्नुमा दुर्गा प्रसाईंले बढ्ता प्रभावकारिता देखे । उत्तेजक सूचनाहरुमा स्वतः खिचिने आम मानिसको आँखा, कान र ध्यान भृकुटीमण्डतर्फ कम, तीनकुनेतर्फ बढ्ता आकृष्ट भयो ।
सुरुमा राजसंस्था पुनस्र्थापनाको मागमा नाराजुलुस चलिरहेको थियो । जब कमान्डर दुर्गा प्रसाईं आए, तब स्थिति बिथोलियो । ढुंगा हान्न नपुगेर व्यक्तिका घरमा आगो लगाउन थालियो ।
राजावादी नाममा जुलुस सुरु हुँदा राजेन्द्र लिङ्देन, कमल थापा, बुद्धिमान तामाङ, रोशन कार्की, ध्रुवबहादुर प्रधान, उद्धव पौडेल, ज्ञानेन्द्र शाही लगायत नेता भने घरै बसे । कोही संसदतिर पनि थिए ।
उनीहरु प्रसाईंको विगत तथा वर्तमानप्रति आपत्ति मात्रै जनाउँदैनन्, पूर्वराजा ज्ञानेन्द्रले अति विश्वास गर्न थालेकामा क्षुब्ध पनि छन् ।
माओवादी, एमाले हुँदै पूर्वराजा ज्ञानेन्द्रका विश्वासपात्र बन्न पुगेका प्रसाईंमा यो अतिआत्मविश्वास त्यसै बढेको होइन । बैंकका खराब ऋणीमध्ये एक प्रसाईं किन सामाजिक भड्काउको कोसिसमा छन्, अनि पूर्वराजा ज्ञानेन्द्रको धाप पाइरहेका छन्।
२०४६ को परिवर्तनयता पूर्वपञ्च धारको नेतृत्व गर्दै आएको राप्रपालाई पूर्वराजा ज्ञानेन्द्र शाहले खासै भाउ दिँदैनन् । प्रसाईले पनि राप्रपाका नेताहरूले संसदबाट राजिनामा दिएर सडकमा झर्न चुनौति दिईरहृका छन् ।राप्रपाले राजा फिर्ताको कुरा गरिरहे पनि राजसंस्था पुनस्र्थापनाका लागि जोडतोड नलगाएको उनको गुनासो छ । चलाख दुर्गा प्रसाईंलाई जब यो जानकारी हुन आयो, उनले राप्रपालाई उपेक्षामात्रै गरेनन् । सार्वजनिक रुपमा ललकार्न थाले ।
हिजो बिहीबार पनि यस्तै भयो । चाबहिलमा प्रेसमिट गर्नुअघि नवराज सुवेदी र प्रसाईंले पूर्वराजा शाहलाई निर्मल निवासमा भेटेका थिए । चैत ४ मा राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजक तोकिएका ८६ वर्षे सुवेदीप्रति राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, अनि कमल थापा नेतृत्वको राप्रपा नेपाल दुवै असन्तुष्ट थिए ।
२०४६ को परिवर्तनपछि आफूहरू सधैं राजाको पक्षमा बोलिरहे पनि सुवेदी सम्पूर्णतः निस्क्रिय बसेको भन्दै उनीहरूको आपत्ति थियो । सुवेदी र करिब ८० वर्षको हाराहारीमा रहेका नेताहरूलाई अघि सारेर राजा फर्काउने आन्दोलनले गति लिन नसक्ने निर्मल निवासको बुझाई थियो ।
यस्तैमा बिहीबार सुवेदी नेतृत्वको राजसंस्था पुनर्सथापनाका लागि संयुक्त जनआन्दोलन समिति अन्तर्गत शुक्रबार हुने प्रदर्शनको कमान्डर तोकिएका थिए, दुर्गा प्रसाईं ।
लिङ्देन र थापालाई मज्जैले उपेक्षा गर्दै हिँडेका प्रसाईंले जब आफू प्रदर्शनको कमान्डर तोकिए, त्यसपछि आफ्नो मूल समिति अर्थात राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति र यसका संयोजकलाई समेत उपेक्षा गर्न थाले ।
तीनकुनेमा शुक्रबार राखिएको मूल ब्यानरमा पूर्वराजा ज्ञानेन्द्र र प्रसाईंको उत्रै साइजको तस्बिर छ, तर संयोजक सुवेदीको भने कुनै तस्बिर छैन । भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको समेत तस्बिर राखेका उनीहरुले पृथ्वीनारायण शाह र योगी आदित्यनाथको तस्बिर राखेका छन् ।
तर जुलुसले शान्तिपूर्ण हुने घोषणालाई कत्ति पनि कार्यान्वयन गरेन । विवादित धर्मगुरु आचार्य श्रीनिवास लगायत सहभागी जुलुसले प्रहरीमाथि ढुंगा हान्न थाल्यो । अनि निहत्था नागरिकका घर जलाउन सुरु गर्यो ।
तीनकुने जुलुसका प्रत्यक्षदर्शीहरूका अनुसार दुर्गा प्रसाईं जब कार्यक्रम स्थल पुगे तब प्रहरीमाथि आक्रमण सुरु भयो । अनि अश्रुग्यास र तितरबितर चल्यो ।घर माथि तोडफोड र आगजनी भयो ।
विवादास्पद विगत भएका प्रसाईं अति महत्वाकांक्षी व्यवसायी हुन्, जसले मारवाडी लगायत समुदायविरुद्ध साम्प्रदायिक भड्काउ अभिव्यक्ति खुलमखुला दिन्छन् । व्यक्तिको चरित्रहत्या गर्नुमा कुनै जवाफदेहिता राख्दैनन्।
तर यिनै प्रसाईंलाई हिजोआज पूर्वराजा ज्ञानेन्द्रले बढ्ता महत्व दिन थालेका छन् । केही महिनाअघि मेची किनारबाट राजसंस्था समर्थनमा मोटरसाइकल र्यालीको उद्घाटनमा स्वयं ज्ञानेन्द्र पुगेका थिए ।
ज्ञानेन्द्रको अति निकट टिममा रहेका केही सदस्यको भनाईमा, राप्रपा र त्यसबाट फुटेको राप्रपा नेपाल दुर्वतर्फका नेताहरू राजाका बारेमा उति गम्भीर छैनन् । उनीहरूलाई राजसंस्था र हिन्दूराष्ट्रको ब्रान्ड देखाएर मन्त्री, सांसद बन्नेभन्दा ठूलो ध्याउन्न नभएको दोष प्रसाईं समूहको छ।
यसबीचमा ज्ञानेन्द्र आफूसँग भेट्न आउने राप्रपा नेताहरूसँग दूरीमा बस्न थालेका छन् । नपत्याए राप्रपा वा राप्रपा नेपालको कुनै पनि नेतालाई सोधौं । उनीहरूले पूर्वराजासँग भेट नभएको ६ महिनाभन्दा बढी भएको भन्ने गरेका छन् । कसैले पनि दशैंमा टिका लगाएको बाहेक ठ्याक्कै समय बताउन सक्दैनन् ।
यसो भन्नेमा दुवै राप्रपाका अध्यक्ष अर्थात् राजेन्द्र लिङ्देन र कमल थापासमेत छन् । अनौपचारिक गफगाफका क्रममा राप्रपा नेताहरूमा पूर्व राजाको रेस्पोन्सलाई लिएर चिढचिढाहट उत्पन्न भएको प्रष्ट बुझ्न सकिन्छ ।
डिल्लीबजारको भोजनगृहमा दुई साताअघि आयोजित एक कार्यक्रममा त्यसको प्रत्यक्ष अनुभूति भयो । पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी लगायत राजावादी नेता उपस्थित कार्यक्रममा नवराज सुवेदी बोलिसकेपछि राणा र लोहनीले बोले । दुर्गा प्रसाईंले बोल्नुभन्दा पहिले तिनीहरूले मन्च छाडे । ‘दुर्गा प्रसाईंजस्तो अविश्वसनीय र उद्दण्ड व्यक्तिलाई अघि लगाएर हाम्रो राजसंस्था पुनस्र्थापना अभियान बढ्न सक्दैन,’ नेताहरूले अनौपचारिक रुपमा भनेका थिए ।
नेता लोहनीले दुर्गा प्रसाईं लगायत पात्रहरूको नियतमाथि प्रश्न उठाउँदै भने, ‘दिज् पिपुल क्यान नट बि ट्रस्टेड ।’ अर्थात् लोहनीको भनाईमा यी पात्रहरू राजसंस्थाको गरिमा फिर्ता गराउँदै आन्दोलन हाँक्न योग्य, अनि पत्यारलाग्दा पात्र होइनन् । लोहनी लगायत नेताहरूले सुझबुझपूर्ण दलीय नेतृत्वबाट मात्रै राजसंस्था फिर्ताको आन्दोलन अघि बढ्न सक्ने बताए । यद्यपि लोहनी स्वयंले निर्दलीय व्यक्तिहरूलाई उक्साइरहेको आरोप लगाउँछन् राप्रपाका उच्च नेताहरू ।
लोहनीले भनेजस्तै जब दुर्गा प्रसाईं बोल्न मन्चमा चढे, उनले गणतन्त्रवादी नेतामात्रै होइन, राजसंस्थावादी नेतालाई समेत तथानाम भने । उनले आफू सिधै राजासँग संवाद गर्ने, बीचमा हलीहरू नराख्ने भन्दै लिङ्देनलगायत नेताको मानमर्दन गरे ।
लोहनी र राणाले भोजनगृह छाडिसक्दा पनि राणा, रवीन्द्र मिश्र तथा कुन्तीकुमारी शाहीलगायत नेता भने अन्तिमसम्मै रहे । भोजनगृहमा रवीन्द्र मिश्र, धवलशमशेर राणा लगायत राप्रपा वरिष्ठ नेताहरूको सहभागितालाई लिएर राप्रपा अध्यक्ष लिङ्देनले आपत्ति जनाए । उनले आफूले पठाएका प्रतिनिधिलाई अघि बढाउनु साटो आफैं सक्रिय देखिएको भन्दै मिश्र र राणाप्रति आपत्ति समेत जनाए ।