पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पर्यटकलाई सहजै घुम्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।नेपाल भ्रमण गर्ने पर्यटक ९ बजे सुत्न नआएको भन्दै उनले सुरक्षाका नाममा प्रहरीले दुःख दिन नहुने बताएका छन्।।शनिबारदेखि काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री पाण्डेले बताएका हुन् ।
एमाले उपाध्यक्ष समेत रहेका पाण्डेले पर्यटन क्षेत्र व्यवस्थित गर्नुपर्ने बताएका छन् ।उनले सुरक्षाको नाममा राति ९ बजेपछि पर्यटन क्षेत्र बन्द गर्दा पर्यटकको आकर्षण घट्ने गरेको बताए।
पाण्डेले पर्यटन क्षेत्र २४ सै घण्टा खुला गर्नुपर्ने बताएका छन् ।
उनले ठमेल, पोखरा, सौराहा लगायतका पर्यटकहरू लोभिने क्षेत्र राति ९ बजेपछि बन्द गर्नुले पर्यटकहरूको आकर्षण घट्ने बताए । पर्यटकहरू विदेशबाट राति ९ बजेदेखि सुत्नका लागि नआउने भन्दै पर्यटकहरूका लागि पर्यटन क्षेत्रहरू २४ सै घण्टा खुला गर्नुपर्ने बताए । यसले रोजगारी, व्यवसाय बढ्ने बताए ।
उनले भने, ‘९ बजे होटल बन्द गर्छन् । ९ बजे सुत्नको लागि विदेशी त नेपाल आएको हुँदैनन् । सुत्न नपाएर नेपाल आएको पनि होइन । पुलिस जान्छ सेक्युरिटी छैन भन्छ । त्यो स्पेसल पुलिस राख्नुपर्छ । किन ९ बजे नै बन्द गर्ने रु त्यसलाई विस्तार गर्नुपर्छ । मजदुरले काम पाउँछन् । व्यवसायीको बिक्री हुन्थ्यो, समग्र अर्थतन्त्रमा सहयोग पुग्छ । भारतबाट नेपालमा विवाह गर्न आउनेहरूको ठुलो सम्भावना छ । तर व्यवस्थापन राम्रोसँग गर्नुपर्छ ।’
उपाध्यक्ष पाण्डेले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई अघि बढाउने ठूुलो पुलको काम गर्ने उल्लेख गरेका छन् ।








