२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

कांग्रेस महामन्त्रीद्वय गगन र विश्वप्रकाशको सञ्जालमा दुई जिब्रे चरित्र !


११ चैत्र २०८१, मंगलबार  


नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ ४ महिनापछि स्वतः जादै थिए।तर, कांग्रेस एमाले गठबन्धन सरकारले उनलाई सोमबार पदमुक्त गर्यो।

सरकार यो रवैयाको चौतर्फि विरोध भइरहेको बेलामा कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध जनाएका छन् । आ फ्नै सरकारको सल्लाहमा कुलमान हटाउने अनि सञ्जालमा गरिएको यो रूवाबासी आफैमा महागलत छ।

आशा लाग्दा युवा नेताको यस्तो चरित्रले लाज शर्माएको छ। तैपनि उनीहरू सञ्जालमा ठूला ठूलाठूला शब्द पोस्ट गरेर साधु बन्न खोजिरहेका छन् । डीप स्टेटको गर्भमा बसेर देश बर्बाद पार्न लागि परेको दोष खेपिरहेका उनीहरूले सरकारले गर्न हुन्न थियोे यस्तो निर्णय भन्दै स्याल हुँईया गरिरहेका छन् ।

उनीहरूको दोग्ला चरित्र जनताले प्रष्टसंग बुझिसकेका छन् । आगामी २०८४ को निर्वाचन यिनीहरूका लागि सर्वथा महंगो हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ७ : २१ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित