३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

सागर ग्रुपबाट राजधानीमा ‘आईटी एक्स्पो’को आयोजना


२१ माघ २०८१, सोमबार  


सूचना प्रविधिको क्षेत्रमा लगातार तीन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले यही माघद्द २३ गते देखि माघ २९ गतेसम्म आइटी एक्सपोको आयोजना गरेको छ। ग्रुुपले राजधानीको कलंकीमामा रहेको आफ्नो कर्पोरेट हाउसको परिसरमा एक विशेष प्रविधि मेलाको आयोजना गर्ने भएको हो ।

बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाईफस्टायल नाउँ दिएर सागर ग्रुपले आयोजना गर्ने यो प्रविधि मेलाको तेश्रो संस्करण हो ।सागर ग्रुपले मेलामा आफ्ना आम ग्राहक, विक्रेता तथा , शुभेच्छुक सबैको उपस्थितिमा सूचना प्रविधिका ज्ञान सीमसंगै , नयाँ उत्पादन र बजारका बारेमा वान टु वान छलफल गर्ने भएको छ ।

ग्रुपले हरेक वर्ष यस्ता मेलाको आयोजना गर्दै आएको छ। यस मेलाले ब्राण्ड र ग्राहक बीचको सामिप्यता अझ गहिरो बनाउने सागर ग्रुपका भाईस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरले बताए ।यस मेलामा सागर ग्रुपका विभिन्न ब्राण्ड तथा उत्पादनका बारेमा थप विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ । यस मेलामा विभिन्न ब्राण्डका प्रतिनिधि,सेल्स रिप्रिजेन्टेटीभ र टेक्निसियनहरुका समेत उपस्थिति रहनेछ । मेला स्थलमा उत्पादन तथा सेवाका बारेमा विस्तृत जानकारी पनि उपलब्ध हुनेछ ।

सागर ग्रुपले आयोजना गरेको यस प्रविधि मेलामा ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनइसी, माईक्रोप्याक, एक्स ल्याब, सिमी भोग, आईडीपी, जेबेक्स, टोटोलिङ्क, हनिवेल, सिओ लगायतका ब्राण्डहरु रहनेछन् । सम्बन्धित ब्राण्डका प्रतिनिधिहरुले हरेक मेला अवलोकनकर्तालाई थप जानकारी पनि दिने भएका छन्।


यस मेलामा उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरुले अतिरिक्त छुट तथा सेवा समेत प्राप्त गर्नेछन् भने मेला लक्षित गरि ब्रदर तथा कोनिका मिनोल्टाको नयाँ उत्पादनहरु समेत लन्च हुनेछन्।हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मेला संचालन हुने छ यस एक्स्पो अपलोकन गर्ने दर्शकलाई हाईटी तथा गिफ्ट ह्याम्पर प्रदान गरिने छ भने उपस्थित मध्यबाट एक जनालाई लक्कि ड्र को माध्यमबाट एक्स ल्याव ल्यापटप उपहार प्रदान गरिने पनि आयोजकले बताएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ६ : २२ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित