मन्त्री पद सम्हालेदेखि कुलमान हटाउन लागि परेका उर्जा मन्त्री दीपक खड्का एक्लिदै गएका छन् । शुरूमा प्रधानमन्त्री ओ लीको साथ पाएका उनी पछिल्लो समय उनकै दलबाट उर्जा राज्यमन्त्री भएका पूर्ण बहादुर तामाङले कडा टिप्पणी गर्न थालेका छन् ।
उनले मन्त्री खड्काको कुलमानले भाँडा माझिदिनुपर्ने हो भन्दै टिप्पणी गरेका हुन्।यश अघि कांग्रेस नेता शेखर कोईरालाले काम गरिरहेका कुलमानलाई नचलाउन भनेका थिए। तैपनि देउवाका साथ पाएका उनी सोमबार मन्त्रिपरिषद्को नियमित बैठकमा कुलमान हटाउने लिखित प्रस्ताव लिएर गएका थिए। सोमबारको बैठकबाट कुलमान हटाउने निर्णय हुने धेरैको अनुमान थियो । उर्जामन्त्री खड्काले लिखितै प्रस्ताव बोकेर सिंहदरबारस्थित मन्त्रालयबाट बालुवाटार हिँडेका थिए । तर, मन्त्रिपरिषद् बैठकमा भने उनले प्रस्ताव खल्तीबाटै निकालेनन् ।
मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार ऊर्जामन्त्री खड्काले कुलमान हटाउने प्रस्ताव पेस गरेनन् । प्रस्ताव नै नआएपछि प्रधानमन्त्री ओलीले पनि त्यस विषयमा कुनै चासो व्यक्त नगरेको उनले बताए । मन्त्रिपरिषद् बैठकअघि नै प्रधानमन्त्री र ऊर्जामन्त्रीबिच त्यस विषयमा छलफल भएकाले प्रस्ताव नआएको हुन सक्ने उनले बताए ।
बैठकमा सहभागी एक मन्त्रीले भने–कुलमानलाई हटाउने प्रस्ताव आउँछ भन्नेबारे हामी मन्त्रीहरूबिच पनि कुराकानी चलेको थियो, तर कुनै प्रस्ताव आएन । सायद सत्तारूढ दुवै दलको नेतृत्वबिच छलफल भएर रोकिएको हो कि ।
कुलमान हटाउन ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेको थाहा पाएपछि ऊर्जाराज्यमन्त्री पूर्णबहादुर ९कान्छाराम० तामाङले दिउँसै सचेत गराएका थिए । राम्रो काम गर्ने कर्मचारीमाथि सत्ताले शक्ति देखाउन नहुने भन्दै उनी मन्त्रीको प्रतिवादमा विगतदेखि उभिँदै आएका छन् । सोमबार दिउँसो पनि आफूले कुलमानमाथि कारबाही नगर्न सम्झाएको तामाङले बताए ।
ऊर्जा राज्यमन्त्री तामाङका अनुसार कुलमान हटाउने कि राख्ने भन्ने विषय आफ्नो अधीनमा नभएर प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तहमा पुगेको मन्त्री खड्काले जवाफ दिएका थिए। खड्का र ऊर्जा राज्यमन्त्री तामाङ दुवै एउटै पार्टी कांग्रेसका हुन् ।
देश चरम लोडसेडिङमा रहेका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् उपभोग गरेका उद्योगीहरूले १० वर्षअघि प्रिमियम महसुल नबुझाएपछि उद्योगमा लाइन काटेर भए पनि बक्यौता उठाउने कसरतमा कुलमान छन् । तर, प्रधानमन्त्री ओली र ऊर्जामन्त्री खड्का बक्यौता तिर्न अटेर गर्ने उद्योगीको पक्षमा खुलेरै लागेका छन् । उद्योगीको चाहनाबमोजिम उनीहरू कुलमानलाई पदबाटै हटाउन निरन्तर कोसिस गर्दै आएका छन् । तर, लोडसेडिङ अन्त्य मात्रै होइन, विगतमा घाटामा चलेको प्राधिकरणलाई आफ्नो नेतृत्वमा देशकै बढी नाफा कमाउने संस्थानमा पुर्याएका उनलाई आमसर्वसाधारणको अपार साथ छ । कुलमान हटाउँदा राजनीतिक रूपमा ठुलो क्षति खेप्नुपर्ने डर कांग्रेस–एमालेलाई छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रस्तावसमेत राख्न नसकेपछि ऊर्जामन्त्री खड्का ‘आज पनि कुलमानलाई हटाउन सकिनँ’ भन्दै निराश भएर फर्किएका थिए। अब कुलमान हटाउने विषय आफ्नो अधीनमा नरहेको उनले निकटस्थहरूलाई समेत बताएका छन् ।
मन्त्रिपरिषद्मा जानुअघि राज्यमन्त्री तामाङले मन्त्री खड्कालाई सचेत गराउँदै भनेका थिए– कुलमान असल मान्छे हो, राम्रो काम गरिरहेको कर्मचारीलाई गल्तीविना हटाउँदा राम्रो सन्देश जाँदैन, त्यसैले प्रस्ताव नलैजानूस्
कुलमान हटाउन ऊर्जामन्त्री खड्काले मन्त्रिपरिषद्मा प्रस्ताव लैजान लागेको थाहा पाएपछि ऊर्जा राज्यमन्त्री पूर्णबहादुर ९कान्छाराम० तामाङले दिउँसै सचेत गराएका थिए । राम्रो काम गर्ने कर्मचारीमाथि सत्ताले शक्ति देखाउन नहुने भन्दै उनले प्रतिवाद गर्दै आएका छन् । सोमबार दिउँसो पनि आफूले कुलमानमाथि कारबाही नगर्न सम्झाएको तामाङले बताए ।
ऊर्जा राज्यमन्त्री तामाङका अनुसार कुलमान हटाउने कि राख्ने भन्ने विषय आफ्नो अधीनमा नभएर प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तहमा पुगेको जवाफ मन्त्री खड्काले दिएका थिए ।
कुलमान हटाउने अभियानमा कांग्रेस भन्दा एमालेको जोड छ। एमाले कांग्रेसको काँधमा बन्दुक राखेर उदेश्य पूरा गर्न चाहान्छ।पछिल्लो समय कंग्रेस वृत्तमा अनुभव हुन थालेको छ।कांग्रेस महामन्त्री गगन थापाले एमालेले समान व्यवहार नगरे सरकार ढल्न संकेत गरिसकेका छन् ।यद्यपि देउवाले सरकारको प्रशंसा गर्दै आ एका छन् ।सरकारको सर्वत्र आलोचना हुँदा उनी तारिखमा व्यस्त छन् । वेटिङ प्राइमिनिस्टरको रूपमा रहेका उनी एमालेलाई नचिढाइ बालुवाटार छिर्न चाहन्छन् ।