तनहुँको आबुँखैरेनीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव निकालिएको छ । ४१ यात्रुमध्ये अन्य घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।पोखराबाट शुक्रबार बिहान काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको युपीएफटी ७६२३ नम्बरको बस ऐना पहरामा दुर्घटना हुँदा मर्स्याङ्दी नदीमा खस्न पुगेको थियो ।
बसका सबै यात्रु भारतीय नागरिक रहेका छन् । उनीहरू पोखरा भ्रमणका लागि यही भदौ ५ गते गोरखपुरबाट हिडेका थिए । उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा २ दिन बसेर काठमाडौँ फर्कने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा भएको बस दुर्घटना भएको हो । शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ४१ जना भारतीय पर्यटक रहेका थिए । दुर्घटनास्थलमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । बस मर्स्याङ्दी नदी किनारमा पल्टिएको अवस्थामा छ ।दघर्टनाको कारण अझै खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।