नेपाल र चीनबीच अन्तत: बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा बुधबार नेपाली र चिनियाँ अधिकारीबीच बेल्ट एन्ड रोड सहकार्यको ‘फ्रेमवर्क’मा हस्ताक्षर भएको हो ।
गएकाे सोमबार चार दिने चीन भ्रमणमा गएका प्रधानमन्त्री ओलीले बीआरआई कार्यान्वय अघि बढाउने कुरामा सहमति जनाउने नजाउने विषयमा द्विविधा थियो।
बीआरआई कार्यान्वयनमा लैजाने कुरामा नेपालसहित छिमेकी र अन्य शक्ति राष्ट्रले पनि चासोसाथ हेरिरहेका बेला हस्ताक्षर भएको हो ।