२१ फाल्गुन २०८२, बिहिबार | Fri Mar 6 2026

चितवनमा ३ महिना यता ६ गैडा मारिए


२८ आश्विन २०८१, सोमबार  



चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन्। साउन महिनायता ती गैँडा मृत भेटिएका हुन्।

एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०र८१ मा २१ वटा गैँडा मरेका थिए। जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उनले बताए।

पछिल्लो गणनाअनुसार नेपालमा एकसिंगे गैँडाको संख्या सात सय ५२ रहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९४ गैँडा रहेका छन्।

प्रकाशित मिति : २८ आश्विन २०८१, सोमबार  ६ : २४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित