३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

नेपाल स्टक एक्सचेञ्ज, नियमन र पूँजी बजार !


१७ पुस २०८१, बुधबार  



विशेषगरी नेपालमा प्रजातन्त्रको पुनर्स्थापनापछि मुलुक निजीकरण तथा उदारीकरणकाे बाटोमा गयाे। खुला बजारको अवधारणा व्यवहारतः लागू हुदै गएपछि निजी क्षेत्र प्रतिस्पर्धाीकाे रूपमा छ।
सरकारले पुँजी बजारलाई प्रतिस्पर्धी बनाउन र बजारको नियमन गर्न भन्दै नेपाल धितोपत्र बाेर्डकाे नामकाे स्वायत्त संस्था स्थापना गरेको छ। याे प्रजातन्त्रकाे पुनःस्थापनपछिकाे कुरा भयाे। तर,नेपालकाे पुँजी बजारलाई बुझ्न इतिहासको पानाे नपल्टाई अधुराे हुन्छ ,स्टकएक्सचेन्जकाे विषय ।

विक्रम सम्वत १९९४ सालतिरकाे कुरा हाे। त्यतिबेला पनि धितोपत्र निष्काशन भएको थियोे । तत्कालीन विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले प्रथम पटक धितोपत्र निष्काशन गरेका थिए। उनीहरूले सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपछि अनौपचारिक रुपमा धितोपत्र बजारको शुरुवात भएको थाहा हुन्छ ।

लामो समयकाे अन्तरालपछिकाे कुरा हाे। जतिबेला सक्युरिटी खरिदबिक्री केन्द्रकाे स्थापना गरिएको थियाे। यसकाे स्थापना भएको तिथिमिति विक्रम सम्वत २०३३ तिर।यसै तिथिमितिमा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना भएपछि सरकारी ऋणपत्रको दैनिक खरिद बिक्रीको शुरूवात भएको पाईन्छ ।यही व्यवस्थाबाट धितोपत्र बजारको संस्थागत विकासको शुरुवात भएको हो,भन्न सकिन्छ । 

सरकारले जारी गरेका धितोपत्रहरु खरिद बिक्री गर्ने /गराउने व्यवस्थाका लागि आवश्यक कानूनी व्यवस्था गर्न भने धेरै समय लागेको थियोे ।सरकारले विक्रम सम्वत २०४० तिर पहिलोपटक एउटा ऐन जारी गर्याे। यसलाई धितोपत्र कारोवार ऐन २०४० भनियाे ।

विक्रम सम्वत २०४६ सालपछिकाे राजनीतिक उलपुलटपछि मुलुकले आर्थिक उदारीकरणकाे गाेरेटाे समायाे।नेपालले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीति पश्चात पुँजी बजारमा निजी क्षेत्रको प्रवेश भयो ।जसले गर्दा सेक्युरिटी खरिद विक्री केन्द्र आफैले बजार व्यवस्थापन र नियमनको कार्य गर्दा स्वार्थ बाझिन सक्ने निश्कर्ष निकालियाे। यही विषयलाई ध्यानमा राखी विक्रम सम्वत २०४९ सालमा धितोपत्र कारोवार ऐन, २०४० लाई संशोधन गरीयाे। जसलाई धितोपत्र बजारको स्वायत्त नियमनकारी निकाय स्थापना गर्न सक्ने व्यवस्था गरियो । 

धितोपत्र कारोवार ऐन, २०४०विक्रम सम्वत २०४९ सालमा संशोधन भए पछि सर्वसाधारण जनताको आर्थिक हित कायम राख्न, देशको आर्थिक विकासमा योगदान पुर्याउन, लगानीकर्ताको हक हित संरक्षण गर्न, उद्योग धन्दाको स्वामित्वमा जनसहभागिता बढाउन, संस्थागत सुशासन कायम गर्न, धितोपत्र कारोवारलाई व्यवस्थित र नियमित गर्न भन्दै विक्रम सम्वत २०५० साल जेष्ठ महिनाकाे २५ गते नेपाल धितोपत्र बोर्डको स्थापना भएको हाे। यस बोर्डलाई अंग्रेजीमा (SEBON) भनिन्छ । 

धितोपत्र काराेबार ऐन २०४० बदलिँदो परिस्थिति अनुसार नभएको भन्दै सरकारले विक्रम सम्वत २०६३ सालमा यसलाई खारेज गर्याे।


देशको आर्थिक विकासका लागि पुँजीबजारको विकास गरी धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्न धितोपत्रको निष्कासन, खरिद, विक्री, वितरण तथा विनिमयलाई व्यवस्थित बनाउने गरि नयाँ व्यवस्था भयो ।
धितोपत्र बजार र धितोपत्र व्यवसायमा संलग्न व्यक्तिहरुको काम कारवाहीलाई नियमित तथा व्यवस्थित गर्नको लागि वृहत उद्देश्यसहित धितोपत्र सम्वन्धी ऐन, २०६३ जारी गरिएकाे हाे।

धितोपत्र सम्वन्धी ऐन, २०६३ बमोजिम नेपाल धितोपत्र बोर्डले स्वशासित र संगठित संस्थाको रुपमा समग्र पुँजीबजारको नियमन र सुपरिवेक्षण गर्दै आएकाे छ,अहिलेसम्म ।


अहिलेसम्म नेपाल स्टक एक्सचेन्ज मात्रै छ।यसलाई संक्षेपमा नेप्से भनिन्छ ।याे स्टक एक्सचेन्जमा भएको कारोबारको स्थिति बताउने सूचक हाे। समग्रमा बजार घटेको छ वा बढेको छ, कतातिर गइरहेको छ भन्ने संकेत बजार यही परिसूचकले गर्छ ।

प्राविधिक रुपमा यो एउटा औसत अंक हो । सामान्यतया बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घट्दा सेयर परिसूचक घट्छ, बढ्दा बढ्छ ।
नेपाली पुँजी बजारमा नेपाल स्टक एक्सचेन्ज मात्रै छ। यसले बजारको चाल बताउने यस्तै परिसूचक २०५० सालदेखि प्रकाशनमा ल्याएको हो । यो परिसूचकलाई नेप्से नाम दिइएको छ ।

भारतको बम्बई स्टक एक्सचेन्जको यस्तै परिसूचकलाई सेन्सेक्स, नेसनल स्टक एक्सचेन्जको परिसूचकलाई निफ्टी भन्छन् । लन्डनको फुट्सी, जापानको निक्की, अमेरिकाको एसएन्डपी अरु चर्चित बजार परिसूचकहरू पनि छन्

नेपाल स्टक एक्सचेञ्जले नियमन गर्ने सूचिकृत धितोपत्रहरूकाे संख्या २४४ काे हाराहारीमा छन् ।नेपालकाे पूजी बजारमा सरदार वार्षिक सवा खर्बकाे वरिपरि काराेबार हुने गर्दछ। शेयर बजारमा सबैभन्दा उच्च मूल्य २०७८ भदौ २ गते पुगेको थियोे ।जतिबेला औसत मूल्य ३२ सय पुगेको थियोे । याे इतिहासमा अहिलेसम्मकै उच्च मूल्य हाे।पछिल्लो समय शेयर बजारमा सर्वसाधारणको पनि पहुँँच विस्तार हुदैछ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ६ : २४ बजे


©2026 Sarajuonline सर्वाधिकार सुरक्षित