४ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025

मधेश फकाउँदै ‘प्रचण्ड’


१९ फाल्गुन २०८१, सोमबार  



२०६४ को पहिलो संविधानसभाको नतिजा अनुसार तत्कालीन माओवादीको जनाधार बलियो थियोे ।तर, २०७० को दोश्रो संविधान सभा हुदै २०७९ को आम निर्वाचनसम्म आइपु्ग्दा माओवादीले आफ्ना धेरै जनाधार गुमाइसकेको थियोे ।

विशेष गरि मधेस जस्ता उत्पीडित र उपेक्षित क्षेत्र ,वर्ग र समुदायको भरोसा थियोे र हो , माओवादी । तर, सत्ताको झिनाझाम्टीमा करिब १७ वर्ष रन्थिनियो ।गठबन्धनका नाममा जनयुद्धले उठाएका धेरै मुद्दालाई सिरानीमा राखेर सत्ता सकुनीमा रमाउन थालेपछि एमाले कांग्रेस र माओवादीमा खासै भिन्नता देखिएन।

यी तीन दललाई जनताले सहोदर तीन भाइ झै देख्न थाले। लोकतन्त्रको स्थापना हुनुपूर्व राष्ट्रिय उद्योग बेचेर लाखौं युवा लखेटेर शासन गर्दै आएका एमाले कांग्रेसको सातो खान्थ्यो, माओवादी। एउटा माओवादी मिलिसिया काफि हुन्थ्यो भ्रष्ट नेताका लागि ।

किनकि त्यतिबेला माओवादी लाल झुपडीमा थियोे ,मधेसमा थियोे ,गाउँमा थियोे ,जनतासंग संगसंगै थियोे ।जब २०६३ माघ १ गते माओवादी लालझुपडीबाट सत्तातिर हात पसार्दै गयो,तबदेखि माओवादी जनविश्वासमा खिईदै गयो। जतिपटक सत्तामा पुगेपनि जनयुद्धका उठान गरेका मुद्दा कार्यान्वयन गर्न सकेन।जनताबाट टाढिदै माओवादी माफिया ,विचौलिया र तस्करसँग संगत गर्न थाल्यो ।

सुन काण्ड र सेरा दरबार यसैको उपज हुन्।यद्यपि एमाले कांग्रेस जति भ्रष्ट पार्टी भने होईन , अहिलेसम्म बाहिर आएको काण्डलाई मूल्यांकन गर्ने हो भने।तर, माओवादी पनि एमाले कांग्रेस जस्तै जस्तै हुदै गएको कुरा स्वंय प्रचण्डले पनि स्विकारिसकेका छन् ।

असार १५ को दही च्यूराले झस्किएका प्रचण्ड यतिबेला मधेसमा छन् । यही फागुन १२ देखि पूर्वबाट पश्चिम यात्रा सिंगो माओवादी छ। हिजो विरासत फर्काउन प्रचण्ड सहितका नेता जनताको घर घरमा पुगेका छन् ।चरेस थालमा मार्सी भातमा बहकिएका प्रचण्ड यतिबेला मधेसी जनासंग केराको पातमा मधेसी डिनर गर्दै छन् ।उनै हिजोका भरोसा उत्पीडित मधेसलाई बौराउन सक्रिय छन् ।

सत्तामा पुगेर गरिएका कमजोरी जनतासंग माफी माग्दै छन् प्रचण्ड । गठबन्धनका अप्राकृतिक सम्बन्धले विग्रिएको माओवादीको शुद्धीकरणमा उनी छन् । मुद्दाका हिसाबले पनि माओवादीका लागि अनुकुल समय छ। मधेस केन्द्रित दल अस्तित्व जोगाउन नसक्ने अवस्थामा छन् भने एमाले कांग्रेसको सत्ता गठबन्धन सत्ता दोहन, भ्रष्टाचार , अपराधका श्रृङखलाले बदनामी छ। जनता चौतर्फी निराशामा छन् ।एमाले कांग्रेसले यो देश खोक्रो बनाइसके ।उनीहरू भ्रष्टाचार गर्नु,महल उभ्याउनु ,भोट किन्नु,मान्छे बेच्नु, सुन तस्करी गर्नु,सरकारी जग्गा खानु, रातोपासपोर्ट दुरुपयोग गर्नु,सहकारी ठग्नु र यौन दुराचार का कुरा सामान्य ठान्छन् र मान्छन्।उनीहरू यसैलाई राजनीतिक उदेश्य सम्झिन्छन्।

यी यस्ता अपराधको आहालमा माओवादी अझै पुगेको छैन। मधेसको स्वाभिमान र अस्तित्वको लागि माओवादीको सबैभन्दा बढी देन छ। यो वास्तविकता मधेसले बुझेको छ।यद्यपि प्रचण्ड फेरि एमाले कांग्रेसको भ्रष्ट सत्तामा फुत्त जालान् भन्ने भयसहित जनताको विश्वास माओवादीतिर फर्किन थालेको मधेसका जानकारहरू बताउँछन् । उनीहरू भन्छन् ” माओवादी पूर्णरूपमा एमाले कांग्रेस जस्तो विग्रिनसकेकोले प्रचण्ड मधेस झर्दा जन लहर ह्वात्तै बढेको हो।यो जनलहर प्रचण्डले दीगो बनाउन सक्नुपर्छ।”


एमाले कांग्रेसले न्यायालयदेखि निजामती क्षेत्र , सरकार र संसदसम्म पूरै कब्जा गरेका छन् । फरक मत राख्ने जोकोहीलाई पनि सत्ताकै बलमा गिरफ्तारी गर्न र आफ्ना सहजै बचाउन सक्छन् । जुन कुरा सहकारी प्रकरणमा देखिएको छ। सरकारको टिप्पणी गरे जोकोहीलाई हत्कडी लाग्न सक्छ ।सत्ता स्वेच्छाचारीता यति भयानक हुँदै गएको छ।यसले जतिबेला जे पनि गर्न सक्छ।जनताको विश्वास गुमाउँदै गएको सरकार बेश्रमहरूलाई बोकेर हिडिरहेको छ।

यीनीहरूले यस्तै अपराधलाई सामान्य मान्छन् र ठान्छन् । बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी काण्डमा छुटे, आरजु राणा त्यो अपराध बोकेर परराष्ट्र मन्त्री छिन् । प्रकाशमानसिंहरूले लज्जाविहिन छन् । विष्णु पौडेल बालुवाटार जग्गामा डामिएका छन्। प्रधानमन्त्री केपी ओली स्वंय गिरिबन्धुदेखि कम्बोडिया प्रकरणमा बदनाम छन् ।

शेरबहादुर देउवा वाइडबडी,मोहनबहादुर बस्नेत ,ज्ञानेन्द्र कार्की ,गगन थापा आदि नेता कुनै न कुनै काण्डमा चोप्लिएका छन्। भने उता मधेस केन्द्रित दल आफू -आफूमा टाउको ठोकेर सिद्धिएका छन् । यी यस्तै राजनीतिक घटनाक्रम र प्रवृत्तिको गोलचक्करमा माओवादीका नेताहरू पनि सुन र सेरा दरबारमा मुछिए ।यद्यपि सुन काण्डमा तत्कालीन प्रचण्ड सरकारले आफ्नै नेतालाई गिरफ्तार गरेका थिए, भने प्रकरणमा संलग्नलाई बचाउ गरेको देखिएन। १८ महिना सरकारमा रहदा भ्रष्टहरूको दोहोलो काढ्ने कोशीस गरे।तर, बैशाखी उनै भ्रष्टहरू थिए। अन्तः २०८१ असार १५ को दही च्यूराले माओवादी नेतृत्वको बैशाखी सरकार ढल्यो।

३५ वर्षदेखि सत्तामा राइँदाइ गर्दै आएका एमाले कांग्रेसहरूको सत्ता हालीमुहाली चलिरहेको बेला प्रचण्ड भरोसा खोज्दै मधेस झरेका छन् ।मधेसी जनताले शंकासंगै पुनः विश्वास गरिरहेका छन् ।

यो विश्वासलाई राजनीतिक पुँजी बनाउन र विगतका दाग मेटाउन सके २०८४ मा माओवादी पुनः शक्तिका साथ बलियो भएर फर्कन सक्छ ।जसको संकेत गएको मंसिर १६ उप निर्वाचनले छनक देखाएको छ।यसर्थ प्रचण्डले सत्ताको ललीपपमा फेरि मुख मिठाउनु अब माओवादी सधैंका लागि सकिनु हो।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ९ : २५ बजे


©2025 Sarajuonline सर्वाधिकार सुरक्षित